भारतद्वारा पहिलो भुउपग्रह भेदी क्षेप्यास्त्रको सफल परीक्षण



नयाँदिल्ली (एजेन्सी)
भारतले बुधबार आडिशा तट नजिकै एपीजे अब्दुल कलाम द्विप स्थित प्रक्षेपण केन्द्रबाट भुउपग्रह भेदी क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणका क्रममा पृथ्वीको तल्ला कक्षमा करिब ३ सय किलोमिटरको दुरीमा रहेको भारतको एक भुउपग्रहलाई निसाना बनाइएको थियो ।

अमेरिका, रुस र चीनपछि यो क्षमता हासिल गर्ने भारत चौथो देश भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अन्तरिक्षमा एन्टी स्याटलाई मिसाइल प्रक्षेपण गर्ने देशको सुचीमा समावेश भएको घोषणा गरेका छन् । यो भारतको पहिलो भुउपग्रह भेदी हतियारको पहिलो प्रयोग हो र यसलाई ठुलो सफलताका रुपमा लिएको छ ।

सन् २०१९ जनवरी २४ मा भारतको अन्तरिक्ष एजेन्सी इसरोले माइक्रो सेट आर नाम कृतिम उपग्रहलाई पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गरेको थियो । उक्त उपग्रह भारतको रक्षा अनुसन्धान संगठन (डिआरडीओ)का लागि पठाइएको इसरोका अध्यक्ष डा. के. सिवनले बताएका थिए ।

यो भुउपग्रह २ सय ७७ किलोमिटरको उचाइमा छोडिएको थियो । भारतले यति कम उचाईमा कहिले पनि कुनै भुउग्रह प्रक्षेपण गरेको थिएन ।
सोही भुउपग्रह विरुद्ध भारतले आफनो परीक्षण गरेको पल्लव बागलाले बताए । यद्यपी यसको आधिकारीक पुष्टी भने भएको छैन ।

चीनले यसतै प्रकारको क्षेप्यास्त्र परीक्षण गर्दा विश्वका कयौं देशले त्यसको आलोचना गरेको थियो । सामान्यतया यस प्रकारको परीक्षणले अन्तरिक्षमा फोहर फैलिने गर्छ , जुन पछि गएर खतरनाक सावित हुन सक्छ ।
यस परीक्षणले भारत शत्रु देशको भुउपग्रहमा निगरानी राख्न र त्यसलाई ध्वस्त पार्न सक्षम भएको छ । यसले भारतको शक्ति अन्तरिक्षसम्म विस्तार भएको छ ।

यो क्षमता हासिल गर्ने चौथो राष्ट्र

भारतले यो अभियानलाई ‘मिसन शक्ती‘को नाम दिएको छ । यो भारतको सम्पुर्ण स्वदेशी प्रविधिमा आधारित छ अर्थात यस अभियानमा पुर्ण रुपमा भारतमा विकसित एन्टी स्याटलाइट मिसाइलको प्रयोग गरिएको हो । यसमा डिआडिओको ब्यालेस्टिक मिसाइल डिफेन्स स्याटलाइट मिसाइलको प्रयोग गरिएको थियो ।

यस परीक्षणबाट बनेका फोहर अर्थात टुक्राहरु आगामी केही हप्तामा पृथ्वीमा खस्ने र यो अन्तरिक्षमा नफैलिने भारतले दावी गरेको छ । भारतका अर्थमन्त्री अरुण जेटलीले प्रेस सम्मेलनमा ३ हप्तमा यी टुक्राहरु स्वतः सफा हुने बताए । यसले पर्यावरणलाई कुनै नोक्सान नपुर्याउन उनले बताए ।

भारतले लामा समयदेखि अन्तरिक्षमा सफलता हासिल गरिरहेको छ । विगत ५ बर्षमा यसको गति तिब्र भएको छ । मंगलयान मिसनको सफल परिक्षण भएको छ । त्यसपछि सरकारले गगनयान मिसनलाई पनि स्विकृति दिएको छ । भारतले यस परीक्षणको सफलतालाई लिएर पुर्ण विश्वस्त भएपछि मात्र कार्यान्वयन गरेको थियो ।

मोदीको राजनिति
मिसन शक्तीको सफलतामा प्रधानमन्त्री मोदीको घोषणालाई लिएर पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जी त्यसलाई राजनितिक भएको आरोप लगाएकी छिन् । ममताले यसलाई पुर्ण रुपमा चुनाव आचार संहिताको उलंघन भएको र चुनाव आयोगमा त्यसको उजुरी दिने बताएकी छिन् ।

ममता बनर्जीले भनिन्– यो एक राजनितिक घोषणा हो, यसलाई वैज्ञानिकहरुबाट भन्न लगाउनु पथ्र्यो, यो श्रय उनीहरुको हो । मात्र एक स्याटलाई नष्ट गरिएको हो, यसको कुनै आवश्यक थिएन । स्याटलाइट लामो समयदेखि त्यतिकै रहेको थियो । यो वैज्ञानिकहरुको विशेषाधिकार हो, यो कहिले गर्ने हो । हामी यसको उजुरी चुनाव आयोगमा गर्नेछौं ।

मोदीलाई चुनावको बेला आचार संहिता उलंघन गरि क्रेडिट लिन आवश्यक नभएको ममताले बताइन् । यसैबीच प्रमुख प्रतिपक्षी कांग्रेसले पनि यस मामिलामा डीआरडीओलाई बधाइ दिँदै मोदी सरकारको आलोचना गरेको छ ।

चीनको प्रतिक्रिया
चीनले भारतको उपग्रह भेदी क्षेप्यास्त्र परीक्षणलाई लिएर सतर्कतापुर्वक प्रतिक्रिया जनाउँदै सबै देशले बाहिर अन्तरिक्षमा शान्ति बनाइराख्ने अपेक्षा गरेको जनाएको छ ।

चीनले सन् २००७ मा यसतै परीक्षण गरेको थियो । चीनले पनि भुउपग्रह भेदी क्षेप्यास्त्र परीक्षणका क्रममा आफनो एक निस्क्रिय मौसम उपग्रह नस्ट गरेको थियो । मोदीले नयाँ क्षमता हासिल गरेको तर यो कसैको विरुद्ध नभएको बताएका थिए । भारतको विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तीमा भारत बाहिरी अन्तरिक्ष हतियारको कुनै होडमा संलग्न हुने कुनै मनसाय नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्