लगानी सम्मेलनको तयारी अन्तिमचरणमा



नेपाल समाचारपत्र, काठमाडौं
लगानी सम्मेलनलाई सफल बनाउन सरकार अन्तिम तयारीमा जुटेको छ । शुक्रबार र शनिबार राजधानीमा हुने सो सम्मेलनमा ६ सय बढी विदेशी लगानीकर्ता र ३ सय बढी स्वदेशी लगानीकर्ताको जमघट हुने छ ।
सम्मेलनको प्रमुख उद्देश्य विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीको अवसरलाई नजिकबाट चिनाउने नै हो । साथै स्वदेशी र विदेशी लगानीकर्ताबीच ‘सञ्जालीकरण’ गर्ने लक्ष्य पनि छ । विदेशी लगानीकर्तास“ग सिधै डिल गर्न पाउने मञ्च भएकाले निजी क्षेत्र पनि सम्मेलनप्रति सकारात्मक छ । निजी क्षेत्रका कम्पनी बिजनेस डिलका लागि आन्तरिक गृहकार्यमा छन् ।

यतिबेला विदेशी पाहुनालाई लक्षित गरेर सडकहरु सफा गर्ने र स्वागतद्वारहरु बनाउने काम भइरहेको छ । प्रधानमन्त्री के पी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछ ।‘सबैले विदेशी लगानीकर्तालाई मुस्कानसहित स्वागत गरौं, सुरक्षा निकायले पनि एयरपोर्टदेखि यहाँ रह“दासम्म राम्रो सुरक्षाको प्रवन्ध गर्नेछ’ अर्थमन्त्री डा. युवराज खतिवडाले भन्नुभयो ।

६ सय बढी विदेशी लगानीकर्ताको जमघट हुने

सम्मेलनमा ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुनेछन् । नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैर–आवसीय नेपाली तथा स्वदेशी लगानीकर्ताको सम्मेलनमा सहभागिता रहनेछ ।सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गर्ने गृहकार्य भइरहेको छ ।

सम्मेलनलाई लक्षित गरी सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधन गरिसकेको छ । यस्तै औद्योगिक व्यवसाय ऐन संसदमा विचाराधीन छ भने बौद्धिक सम्पत्तिको अधिकार सम्बन्धी ऐन र कम्पनी ऐनमा संशोधनको तयारी पनि अघि बढाइएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
‘हामी पारित भएका ऐनका नियमावली र कार्यविधि पनि छिटै बनाउ“छौं,’ उहा“ले भन्नुभयो ‘विगतमा जस्तो ढिलाइ गरेर बस्दैनौं । ऐनमा भएका व्यवस्थालाई कार्यान्वयन गरिहाल्ने पक्षमा छौं ।’

म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन र विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा नेपाल आउ“दैछन् ।

यस्तै अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, युनिलिभर लगायतका विश्वप्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रनिनिधिहरुको उपस्थिति रहनेछ ।

सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुती दिइनेछ ।सम्मेलनमा नेपालमा लगानी गरिरहेका विदेशी लगानीकर्ताहरुको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभवसहित सातवटा विषयगत शत्रहरु सञ्चालन हुनेछन् । त्यसैगरी सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी शत्रहरु संचालन हुनेछन् ।

सम्मेलन मार्फत नेपाल लगानीको लागि उत्कृष्ट गन्तव्य रहेको सन्देश दिने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

लगानी सम्मेलनलाई सकारात्मक रुपमा लिन आग्रह
लगानी सम्मेलनलाई सकारात्मक रुपमा लिनु पर्ने उद्योगी, व्यवसायीहरुले बताएका छन् ।सम्मेलनका विषयमा जानकारी दिन बुधबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्मेलनका विषयमा सकारात्मक बन्न आग्रह गर्नुभयो।

अध्यक्ष शर्माले सम्मेलन अवधिभर नकरात्मक समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभयो । विदेशी लगानीलाई झन्झटरहित बनाउन धेरै सुधारको प्रयास भइरहेको भन्दै उहा“ले यो बेला नकारात्मक समाचार लेख्दा विदेशी लगानीकर्ताहरुको मनोबल घट्न सक्ने बताउनुभयो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अहिले नेपालमा लगानीको वातावरण बनेकाले सम्मेलनका लागि निजी क्षेत्र पनि उत्साहित रहेको बताउनुभयो ।उहा“ले पनि निजी क्षेत्रले यसलाई सकारात्मक रुपमा लिएको भन्दै सबैले सफल बनाउन लागि पर्नु पर्ने बताउनुभयो । लगानीका लागि यतिबेला उपयुक्त वातावरण बनेको अध्यक्ष राणाले बताउनुभयो ।
उहा“ले विदेशी र स्वदेशी लगानीकर्ता दुबैलाई प्रवद्र्धन गर्न सरकार तयार हुनुपर्ने बताउनुभयो । धेरै हदसम्म नीतिगत सुधार भएको भन्दै उहा“ले लगानी सम्मेलन उपलब्धीपूर्ण हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्