गोरखाका होमस्टेलाई गण्डकी सरकारको अनुदान



नेपाल समाचारपत्र, गोरखा
गोरखामा सञ्चालित नौवटा होमस्टेले गण्डकी प्रदेश सरकारबाट अनुदान पाउने भएका छन् । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गोरखाका नौ वटा होमस्टे अनुदानका लागि छनोट गरेहो हो । होमस्टेको पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले पु“जीगत अनुदान दिने निर्णय गरेको हो ।

गोरखा नगरपालिकाको पस्लाङ होमस्टे, शहीद लखन गाउ“पालिका २ को बेतिनी सामुदायिक होमस्टे र शहीद लखन गाउ“पालिका ७ को शहीद लखन सामुदायिक होमस्टेले गण्डकी प्रदेश सरकारबाट अनुदान पाउने भएका हुन् । यस्तै, पालुङटार नगरपालिका ३ को पा“च चिहान सामुदायिक होमस्टे, अजिरकोट गाउ“पालिकाको चामे छहरा सामुदायिक होमस्टे, बुद्धनम्की सामुदायिक होमस्टे, प्रगति सामुदायिक होमस्टे र झ्याल्लाभुमे सामुदायिक होमस्टे पनि अनुदानका लागि छनोट भएका छन् ।

जिल्लाकै पुरानो होमस्टेका रुपमा परिचित बारपाक सुलिकोट गाउ“पालिका २ को बारपाक होमस्टेले पनि अनुदान रकम पाउने भएको छ । जिल्लाबाट प्रस्तावित ११ मध्ये नौ वटा प्रस्ताव स्वीकृत भएको डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिनुभयो । अनुदान स्वीकृत भएका होमस्टेले डिभिजन वन कार्यालयमा सम्झौता गरी काम सञ्चालन गर्नुपर्नेछ ।

स्वीकृत कुनैपनि होमस्टेस“ग सम्झौता नभएको प्रमुख पौडेलले बताउनुभयो ।‘सम्झौताका लागि स्थानीय तहले १० प्रतिशत बजेट उपलब्ध गराउनुपर्ने प्रतिबद्धता पत्र आवश्यक पर्छ,’ उहा“ले भन्नुभयो–सम्बन्धित सबै होमस्टेलाई स्थानीय तहको प्रतिबद्धता पत्र ल्याउनु भनेका छौं । अहिलेसम्म कोही पनि सम्पर्कमा आउनुभएको छैन ।’ जतिसक्दो छिटो अनुदान सम्झौता गरेर प्रस्तावना अनुसार काम थाल्न उनले होमस्टे सञ्चालकहरुलाई आग्रह गरेका छन् । ‘असारसम्ममा उहा“हरुले काम सक्नुपर्छ’ उहा“ले भन्नुभयो–‘जति छिटो सम्झौता भयो उति नै छिटो काम शुरु हुन्छ । अब समय पनि धेरै छैन ।’

अनुदान स्वीकृत प्राप्त गरेका होमस्टेले अधिकतम् १० लाख रुपिया“सम्म अनुदान पाउनेछन् । सम्झौतापछि मन्त्रालयले पहिलो किस्तावापत कुल अनुदानको ४० प्रतिशत रकम समितिको खातामा हाल्ने व्यवस्था अनुदान कार्य विधिमा उल्लेख गरिएको छ । सरकारले होमस्टे सञ्चालन गर्न प्रदान गर्ने कुल अनुदानको १० प्रतिशत रकम सम्बन्धित गाउ“पालिका वा होमस्टे व्यवस्थापन समितिले अनिवार्य साझेदारी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अनुदान पाउने समूहले होमस्टे सञ्चालन तथा प्रवद्र्धनस“ग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, प्रदर्शनीस्थलमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने छन् । होमस्टे गाउ“लाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण र पर्यटकीय महŒवका विषयमा अनुदानको रकम खर्च गर्न मिल्ने कार्यविधि छ ।

अनुदानको रकमले सामुदायिक भवन निर्माण गर्ने बेतिनी सामुदायिक होमस्टेका अध्यक्ष लिलबहादुर रानाले बताउनुभयो ।‘पाहुनालाई सांस्कृतिक कार्यक्रम देखाउने भवन बनाउनेछौं ।’ उहा“ले भन्नुभयो–‘७० सालदेखि गाउ“को ११ घरमा पाहुना राख्न थालेका हौं । कार्यक्रम देखाउने भवन नहु“दा झरीमा पाहुनालाई हाम्रो संस्कृति देखाउन सकि“दैनथ्यो । अब सजिलो हुने भो’ मनकामना मन्दिरबाट २० मिनेटको दूरीमा रहेको बेतिनी गाउ“ मगर समुदायको बाहुल्यता रहेको गाउ“ हो । मन्दिर दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटक पनि होमस्टेमा बस्ने गर्नुभएका उहा“ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्