‘लेवर चोक’ मा पुगेन योगदानमा आधारित पेन्सन



नेपाल समाचारपत्र, हेटौंडा
हेटौंडाको मुख्य बजार क्षेत्र बुद्धचोकमा श्रमिकहरु एकाविहानै जम्मा हुन्छन् । कामको खोजीमा दैनिक चोकमा आउने श्रमिकहरु रोजगारदातासँग बार्गेनिङ गरेरै आफ्नो श्रमको मँल्य लिइरहेका छन् ।

हरेक दिन विहान हेटौंडा बजारको मुख्य चोकमा करिब चारसय मजदुरको भीड लाग्छ । दिनहुँ काम खोज्ने र काम दिने पक्षबीच बजारका रुपमा रहेको उक्त सीमित घेरालाई मजदुरहरु ‘लेवर चोक’ भन्छन् ।

त्यहाँ घर बनाउन ठेक्का लिने पक्ष, घरधनी, सिकर्मीदेखि घर बनाउन आवश्यक कच्चापदार्थ आपँर्तिकर्ताहरु निकै व्यस्त र तनाव अवस्थामा रहन्छन् । करिब एक घण्टाको व्यस्ततापछि उक्त चोक रित्तिन्छ । किनकि, श्रमिकहरु आआफ्नो कार्यस्थलमा जिम्मा लिएको काम गर्न जान्छन् । यो नै हेटौंडा क्षेत्रको सम्भवतः एकमात्र श्रम बजार हो ।

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका मजदुरका कयौं समस्या छन्, जसलाई राज्यको नीतिले सम्बोधन गर्न सकिरहेको छैन । एकाविहानै दैनिक रोजीरोटीका लागि आउने श्रमिकहरु निर्माण व्यवसायीसँग आफ्नो श्रमको मँल्य तोक्छन् र दिनभर काममा खटिन्छन् । कसैले त आफ्नो श्रमको मँल्य कम भन्यो भनेमात्र पनि त्यो दिन उनीहरु घर फर्कनुको विकल्प हँुदैन ।

हेटौंडा बुद्धचोकमा भेटिएका पर्साका राजकुमार साह विहान ४ बजे नै खाना बनाएर टिफिनमा हाल्छन् अनि बुद्धचोकमा कामको खोजीका लागि उपस्थिति हुनुहुन्छ । कामको मँल्य मिले काममा जाने, नमिले डेरामा फर्किन बाध्य हुन्छन् । साह भन्नुहुन्छ–‘हाम्रो पसिना पानी बगेसरह निर्माण व्यवसायीका लागि हुन्छ । पैसा कम भयो भने ठेकेदारले भोलिदेखि काममा नआउन भन्छन् । त्यसैले बाध्य भएर जति दिए पनि काम गर्न बाध्य छौं ।

बाराको कलैयाबाट करिब ४ वर्षअघि हेटौंडा आएर घर बनाउने ठेकेदारी काम गरिरहेका रामलगन यादवले घरधनीसँगको बार्गेनिङअनुसार घर बनाएको ज्याला तय गरिने बताउनुभयो । वर्गफुट वा हचुवाको भरमा भए पनि पैसा लिने गरी आफँहरुले काम गर्ने उहाँले बताउनुभयो ।

उहाँले आफ्नो पकडमा रहेका निर्माण मजदँरलाई अन्यत्र जान नदिन ठँलै मेहनत गर्नुपर्छ ।

ठेकेदार चित्त नबुझे मजदँरहरु अर्को ठेकेदारको खेमातिर पुग्छन् । र उनीहरुले भनेबमोजिम निर्माणको काम गर्छन् । लामो समयदेखि चल्दै आएको यस्तो बजारमा घरधनीलाई आकर्षित गरेर ठेक्का हत्याउन ठेकेदार कम्मर कसेर लागिरहेका देखिन्छन् ।

उनीहरु घर निर्माण गरिदिने ज्याला, ईंट्टा, ढुंगा, बालुवा, रड र सिमेन्टलगायत निर्माण सामग्री निर्माणस्थलमा ल्याउन घरधनीले कुनै प्रकारको दुःख गर्नु नपर्ने आश्वासन बाँड्छन् र कामको ठेक्का लिन्छन् ।

श्रमका लागि पुरुषमात्र होइन, महिलाको पनि उत्तिकै सहभागिता छ । महिला पनि पुरुष सरह दिनभर खटिन्छन् । तर, जति ज्याला पुरुषले पाउँछन्, त्यही काम महिलाले गर्दा कम ज्याला पाउने श्रमिक महिलाको गुनासो छ ।

हेटौंडाकी पार्वती बर्तौला श्रमिक महिला हुन् । उहाँ दैनिक ज्याला/मजदुरी गर्दै घरको दैनिकी चलाउँदै आउनु भएको छ । तर, उहाँले दैनिकरुपमा पाउने ज्याला भने पुरुषको भन्दा कम छ । सँगै र एकै प्रकारका काम गर्ने पुरुषको भन्दा एक सय÷दुई सय रुपियाँ कम ज्याला पाउने गरेको उहाँको गुनासो छ ।
आफँसँगै काम गर्ने पुरुषले सात रुपियाँ पाउँदा आफँले ६ सय रुपियाँमात्र पाउने गरेको बर्तौलाले बताउनुभयो । पुरुषले भन्दा बढी काम गरे पनि महिलाको कामको मँल्यांकन हँुदैन ।

असंगठित क्षेत्रका यी मजदुरहरुले निर्माणस्थलमा हुने दुर्घटनाको क्षतिपँर्तिसमेत पाउँदैनन् । हेटौंडाका श्रमिक राजु आचार्यका अनुसार यदि निर्माणस्थानमा श्रमिकलाई केही भइहाले श्रमिकहरु आफैंले १०÷२० रुपियाँ उठाएर उपचार खर्च निकाल्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्