प्रमुख युरोपेली मुलुकद्वारा भेनेजुयाली नेता गुआइदोको समर्थन



काराकास,(एजेन्सी)
संयुक्त अधिराज्य , जर्मनी , स्पेन , र अन्य युरोपेली मुलुकहरुले अन्तत औपचारिक रुपमा विपक्षी नेता हुवाँ गुआइदोलाई भेनेजुयलाको अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएका छन् । युरोपेली संघले राष्ट्रपति निकोलस माडुरोलाई यथाशिघ्र अर्को चुनाव आब्हान गर्न आइतवार सम्म दिएको म्याद नाघेपछि तिनीहरुले गुआइदोलाई मान्यता दिएका हुन् ।

अमेरिकाको समर्थन प्राप्त गर्न सफल गुआइदाले गत महिना स्वयमले आफुलाई अन्तरिम राष्ट्रपति घोषण गरेका थिए । यता माडुरोको समर्थक राष्ट्र रसियाले भने युरोपेली मुलुकहरुले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको आरोप लगाएको छ ।

आफुलाई सत्ता त्याग्न अत्यधिक दवाव बढ्द ैगएपछि माडुरोले भने अब राष्ट्रमा गृहयुद्ध नकार्न नसकिने बताएका छन् । माडुरोलाई अहिले सम्म सेनाले साथ र समर्थन दिइरहेको छ ।

आइतवार विपक्षी नेता गुआइदोले आफुले पनि सेना र माडुरोका समर्थक चीनसंग सहमतिका लागि कुरा गरिरहेका ेबताएका थिए । सरकारी टेलिभिजनलाई अन्तवार्त दिने क्रममा माडुरोले बताएका छन् , ‘ भेनेजुयलाको आन्तरिक राजनीतिक मामिलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिक हस्तक्षेप गर्न खोजेको खण्डमा व्यहाइट हाउस रगताम्य हुने छ । ’

गृहयुद्ध चर्किने संभाबना बढ्यो: माडुरो

माडुरोको चुनावमा पुन विजयको वैधानिकता माथि नै प्रश्न उठाउँदै विपक्षस् समुह सडकमा विरोध प्रर्दशनका लागि उत्रेका थिए । आइतवार गुआइदोले भेनेजुयाली जनतालाई अत्यावश्यक मानविय उद्धार सहयोगका लागि आफुले अन्तर्राष्ट्रिय संजाल निर्माण गर्ने बताएका थिए ।

उनले भेनेजयुलाको राष्ट्रिय सभाको अध्यक्षको हैसियतले आफुलाई राष्ट्रपति अवधानिक रहेको स्थितीमा अस्थायी रुपमा सत्ता चलाउन संविधानले नै अधिकार प्रदान गरेको पनि बताएका छन् ।

वेलायतका प्रधानमन्त्री टेरिजा मेका आधिकारिक प्रवक्ताले भेनेजुयलामा नाकावन्दी लगायतका थप कदमहरु पनि चाल्नेबार ेविचार विमर्श भइरहेको जानककारी दिएका छन् । तर उनले कस्तो खालको नाकावनिद लगाइने हो भन्ने स्पष्ट पारेको छैन ।

यसैबिच जर्मनीका चान्सलर एन्जेला मर्केलले टोक्योमा आयोजित पत्रकार सम्मेलनमा युरोपेली संघले गुआइदोले चाँडो भन्दा चाँडो चुनावी प्रक्रिया अघि बढाओस् भन्ने चाहेको जानकारी दिएकी छिन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भेनेजयुलाले आफ्नो भाग्य आफैंले कोर्न पाउनु पर्ने बताएका छन् । तर ग्रिस लगायत अन्य युरोपेली मुलुकले भने सार्वजनिक रुपमै माडुरोको समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्