श्रीलंका राजनितिक विवाद: राष्ट्रिय सरकार बनाउने सरकारको कदम राष्टपतिका लागि अस्विकार्य



कोलोम्बो (एजेन्सी)
श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्री रानिल विक्रमसिंघेसँगको आफनो टकराव अन्त्य नहुने संकेत दिँदै सोमबार आफु क्याबिनेट मन्त्रीको संख्या बढाउनका लागि मात्र राष्ट्रिय सरकार बनाउने पक्षमा नभएको बताए ।
प्रधानमन्त्री विक्रमसिंघ मातहतको सरकारले शुक्रबार संसदका अध्यक्षसँग ‘राष्ट्रिय सरकार‘ गठन गर्न अनुमति मागेका थिए ।

प्रधानमन्त्रीको उक्त कदमलाई २ सय २५ सदस्यिय सदनमा बहुमत हासिल गर्ने चालका रुपमा हेरिएको छ । देशको ७१ औं स्वतन्त्रता दिवका अवसरमा राष्ट्रको नाममा संवोधन गर्दै सिरिसेनाले प्रस्तावित राष्ट्रिय सरकार क्याबिनेट मन्त्रीको संख्या बढाउने र जनताको पैसामा मन्त्रीहरुलाई विशेषाधिकार दिने प्रयास मात्र भएको बताए । उक्त कदमलाई अनैतिक संज्ञा दिँदै जनताको इच्छा क्याबिनेट मन्त्रीको संख्या २५ सम्म सिमित गर्ने रहेको राष्ट्रपतिले बताए ।

विक्रमसिंघेको नितिका सन्दर्भमा सिरिसेनाले भने– मैले राष्ट्रिय सरकार बनाउने प्रयाससँग सम्बन्धित समाचार हेरेँ । म यो कदमको विरोधमा छु , किनभने यो क्याबिनेट मन्त्रीको संख्या बढाउने र धेरै विशेषाधिकार हासिल गर्ने एक चाल मात्र हो ।

सिरिसेनाले गत बर्ष अक्टोबर विक्रमसिंघेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेका थिए र पुर्व राष्टपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर राजपाक्षे संसदमा दुई पटक आफनो बहुमत प्रमाणित गर्न असफर भएका थिए । त्यसपछि विक्रमसिंघे संसदमा बिना बहुमत काम गरिरहेका छन् । सदनमा बहुमतको संख्या १ सय १३ रहेको छ । यसबीच सिरिसेनाले संसद भंग गरि मध्यावधि चुनाव गराउने प्रयास पनि गरेका थिए । तर उनको यो प्रयासलाई पनि सर्वोच्च अदालतले तुहाइदिए ।

श्रीलंकाका प्रधानमन्त्री विक्रमसिंघेलाई भारतको समर्थन रहेको छ भने राष्ट्रपति सिरिसेना चीन निकट मानिन्छ । श्रीलंकामा चीनको लगानी तथा प्रभावलाई लिएर नयाँदिल्लीको चिन्ता बढिरहेको बेला आम निर्वाचनमा विक्रमसिंघेको उदयले भारतलाई केही राहत मिलेको थियो । तर राष्ट्रपतिसँगको सक्ती संघर्षका कारण श्रीलंकामा विगत केही महिनादेखि राजनितिक संकट गहिरिँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्