स्थानीयलाई रोजगारी तथा योगदानमा आधारित शेयर दिने केबलकारको तयारी



नेपाल समाचारपत्र, पर्वत
पञ्चासे केबलकार एन्ड टुर्सले प्रभावित क्षेत्रका हजार किसान र मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने कार्यक्रम घोषणा गरेको छ।

पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल पञ्चासेमा केबलकारसहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको कम्पनीले ‘योगदानमा आधारित शेयर वितरण कार्यविधि’ पारित गरेर रोजगारी र शेयर लगानीको अवसर दिने कार्यक्रम अघि सारेको हो। कम्पनीले पोखरादेखि पञ्चासेसम्म करिब ११ अर्बको लागतमा केबलकारसहित पर्यटकीय संरचना निर्माण गरिरहेको छ।

पञ्चासेसंह्ग जोडिएका साविकका गाउह् विकास समितिका स्थायी बासिन्दाका लागि यो सुविधा लागू गरिएको कम्पनीले जनाएको छ। स्थानीय रूपमा बसोबास गर्ने आयस्रोत नभएका र तत्काल कम्पनीले तोकेको न्यूनतम पुह्जी पु¥याउन सक्ने हैसियत नभएका किसान मजदुरलाई मात्र यस कार्यक्रममार्फत सुविधा दिन लागिएको पञ्चासे केबलकार एन्ड टुर्सका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो।

‘कम्पनीमा लगानी गर्न इच्छुक न्यून आय भएका प्रभावित क्षेत्रका बासिन्दाका यो योजना लागू गरेका हांै’ अध्यक्ष शर्माले भन्नुभयो। यो सुविधा लिन चाहने र रोजगारी गर्न चाहने सर्वसाधरणले स्थानीय वडा कार्यालयमार्फत आबेदन संकलन गर्न थालेको छ। आवेदन दिएका मध्येबाट स्थानीय निकायको सहकार्य र सिफारिसमा छनोट गरिने अध्यक्ष शर्माले जानकारी दिनुभयो।

कम्पनीमा लगानी गर्न कम्तीमा १ लाख रुपियाह् लगानी गर्नुपर्छ। एक लाख लगानी गर्न नसक्ने र रोजगारी गरेर त्यसैबाट पनि शेयर सदस्य बनेर मुनाफामा सहभागी हुन सक्ने भएकाले प्रभावित क्षेत्रका लागि अवसर भएको अध्यक्ष शर्माको भनाइ छ। कम्पनीले ९ हजार ७ सय जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिने योजना बनाएको छ। शेयर योजनामा भने १ हजार जतिलाई सहभागी बनाउने योजना रहेको जनाएको छ।

यो सुविधा लिएपछि एकाघर परिवारले अन्य शेयर लिन सक्ने भने बन्देज लगाइएको छ। एकाघर परिवारलाई बढीमा १ लाखसम्मको मात्र सुविधा लिन सक्ने छन्। अंशवण्डा गरेका दाजुभाई, बाबु छोराको हकमा भने यो नियम लागू नहुने कम्पनीका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि शर्मा तिमिल्सिनाले बताउनुभयो। कम्पनीले स्थापना गरेको टुरिज्म इन्भेष्टमेन्ट फन्डमार्फत लगानी योजना बनाएको छ। यसको भुक्तानी ३ वर्षभित्र परियोजनाले उपलब्ध गराएको रोजगारीवापत पाउने पारिश्रामिकको हिस्साबाट किस्ताबन्दीमा भुक्तानी गर्न सकिने छ। यसवापत कुनै ब्याज तिर्न बुझाउनपर्ने छैन। परियोजनाको रोजगारी उपयोग नगरी पनि यो सुविधा लिन सकिने व्यवस्था गरिएको छ। ।वार्षिक ५० हजारभन्दा कम उत्पादन र आम्दानी भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्