अमेरिका–तालिवान वार्ता: अफगानिस्तानलाई आतंकवादी अखडा बन्न नदिने अमेरिकी चाहना



वासिङ्टन (एजेन्सी)
अमेरिकाले गृहयुद्धबाट बर्बाद भएको देश अफगानिस्तानलाई फेरि आतंकवादीको अखडा बन्न नदिन सुनिश्चित गर्न चाहेको बताएका छन्। ट्रम्प प्रशासनको प्राथमिकता युद्ध अन्त्य गर्ने र उक्त देशलाई कट्टरपन्थीको अखडा बन्न नदिनु रहेको वासिङ्टनले जनाएको छ।

≈वाइट हाउसका प्रवक्ता सारा सेन्डर्सले यसका लागि वार्ता जारी रहेको जानकारी दिइन्। यसअघि न्युयोर्क टाइम्सले अमेरिका र तालिवान अफगानिस्तानमा शान्तिका लागि सैद्धान्तिकरूपमा सम्झौतामा पुगेको जनाएको थियो।

अमेरिकाका कार्यवाहक रक्षामन्त्री प्याट्रिक सेनहानले तालिवानसँग भएको अमेरिकाको विशेष प्रतिनिधि जालमय खलिलजादको वार्ता उत्साहजनक रहेको पत्रकारहरुलाई बताए। पेन्टागनलाई अफगानिस्तानबाट पूर्णरूपमा सबै सैनिक फिर्ता गर्नका लागि नभनेको उनले बताए। नेटोका महासचिव स्टोलनवर्गले नेटो अफगानिस्तानमा अमेरिकाको साथमा रहेको पेन्टागनलाई बताएका थिए।

उनले भने– ‘हामी तालिवानसँगको वार्ता स्वागत गर्छौं।’ खलिलजादले केही हप्ताअगाडि यस विषयमा सबै गठबन्धन घटकलाई अवगत गराएको उनले जानकारी दिए।

यसअघि अमेरिका र तालिवानका वार्ताकार अफगानिस्तानमा शान्तिका लागि महŒवपूर्ण मुद्दामा सैद्धान्तिकरूपमा सम्झौतामा पुगेको एक वरिष्ठ दूतले जानकारी दिएका थिए।

अमेरिकी विशेष दूत खलिलजादले गत हप्ता कतारमा तालिवानसँगको ६ दिन लामो वार्तापछि उक्त उपलब्धिका बारेमा बताएका थिए। उनले विद्रोहीहरुलाई अफगान राष्ट्रपति असरफ घानीको सरकारसँग प्रत्यक्ष वार्ता गर्न तालिवान विद्रोहीलाई आग्रह गरेका थिए।

तालिवानसँग शान्ति सम्झौताको रूपरेखालाई लिएर सैद्धान्तिकरूपमा सम्झौता भइसकको र त्यसलाई अन्तिम रूपमा दिन बाँकी रहेको उनले न्युयोर्क टाइम्ससँगको साक्षात्कारमा बताएका थिए।

उक्त सम्झौतामा विद्रोहीलाई अफगानिस्तानको भूमि अन्तर्राष्ट्रिय आतंकवादी समूह वा व्यक्तिलाई अखडाका रूपमा प्रयोग गर्न नदिनेमा ग्यारेन्टी दिन प्रतिबद्ध गराइनेछ। उक्त सम्झौताअन्तर्गत संघर्ष विराम लागू भएपछि त्यसको बदलामा अमेरिकी सैनिकको पूर्ण फिर्ता हुने र तालिवान र अफगान सरकारबीच वार्ताको मार्ग खुल्ने उनले बताए।

अमेरिकी दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा खलिलजानले भने– ‘हामीले आफ्नोतर्फको छलफलमा महŒवपूर्ण मुद्दामा प्रगति गरेका छौं र केही अहम् मुद्दामा सम्झौतालाई लिएर सैद्धान्तिक सहमति बनेको छ।

प्रतिक्रिया दिनुहोस्