रेबिजविरुद्ध जनचेतना ¥याली



सेप्टेम्बर २८, विश्व रेबिज दिवस “रेबिज बारे जनचेतना फैलाऔं, अमँल्य जीवन बचाऔं” भन्ने मँल नाराका साथ विश्व रेबिजविरुद्धको दिवस तथा पशुपन्छी अधिकार दिवसको अवसर पारी देशव्यापीरूपमा विविध कार्यक्रम आयोजना गरियो। विश्वव्यापीरूपमा हरेक वर्ष उनन्साठी हजार (५९,०००) व्यक्तिको ज्यान रेबिजले लिने गरेको छ। जसमा आधाजति १५ वर्षमुनिका बालबालिका रहेका छन्।

विश्वभरिमा हुने रेबिजको पन्चानब्बे प्रतिशत समस्या एसिया र अफ्रिकामा मात्रै हुने गरेको छ। नेपालमा विशेषतः तराई र पहाडमा यसको समस्या देखिने गरेको छ। नेपालको आधा जनसंख्या यो रोगको उच्च जोखिममा छन् र एक चौथाइ मध्यम जोखिममा छन्। गत आवमा मात्रै २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको थियो, २ हजार २ सय २ जनालाई कुकुरबाहेकका जनावरले टोकेका थिए। यसरी जम्मा २८ हजार ५ सय १४ जनालाई रेबिज लाग्नसक्ने सम्भावित जनावरहरूले टोक्दा २ लाख ८१ हजार ७ सय १८ भायल रेबिजविरुद्धको खोप खपत भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालै सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

रेविज लाइसा नामक स्नायु नसामा प्रभाव पार्ने आरएनए भाइरसले गर्दा हुने रोग हो। यो भाइरस संक्रमित जनावरको ¥यालबाट घाउको बाटो हुँदै शरीरभित्र छिरेर स्नायु नसाको माध्यमले मस्तिष्कसम्म पुग्दछ। यसको भाइरस शरीरमा प्रवेश गरेपछि शुरूमा ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झम्झमाउने, घोचे, पोलेजस्तो हुने र पछि भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुनसाहरू सुन्निने हुन्छ। प्रभावित व्यक्तिका क्रियाकलापहरू र व्यवहारहरू अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वास–प्रश्वास र रक्त सञ्चारमा समस्या आई मुत्यु हुन्छ।

त्यस्तै काभ्रे जिल्लाको पनौती, बनेपा र धुलिखेल नगरपालिकामा रहेका पशुपक्षी शाखाले रेबिजविरुद्ध जनचेतना जगाउने उद्देश्यले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयोजनमा पनौतीदेखि धुलिखेलसम्म मोटरसाइकल ¥याली आयोजना गरे।

वरिष्ठ पशु सेवा चिकित्सक डा. नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रहरी प्रमुख एसपी रविराज खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल एनिमल एन्ड वेलफेयर रिसर्च सेन्टरका प्रमुख गीताप्रसाद दाहाललगायतले रेबिजविरुद्धको अभियानमा सबै लाग्नुपर्ने बताएका थिए। रेबिज भ्याक्सिन पत्ता लगाउने लुइस पास्चरको निधन भएकै दिन पारेर विश्वभरि रेबिजविरुद्धको दिवस मनाउन थालिएको हो।

सन् २०३० भित्र नेपालबाट रेबिज उल्मँलन गराउने अभियान सञ्चालन गरिएको छ। पनौतीमा आयोजित कार्यक्रममा समन्वय प्रमुख केसी, पनौती नगरपालिका प्रमुख भीमप्रसाद न्यौपाने, उपप्रमुख गीता बन्जारालगायतले मोटरसाइकल ¥यालीको शुभारम्भ गरेका थिए। कुकुर तथा रेबिज लागेका पशुहरुबाट हुने रोग लागेपछि रेबिज रोगले व्यक्तिहरुको निधन हुने गरेको छ। एचआईभी एड्सभन्दा खतरनाक रोग रेबिजबाट बच्न सबैले सजग हुनुपर्ने सरोकारवाला निकायहरुले बताएका छन्। स्थानीय तहमा ७ दिन रेबिजविरुद्ध निःशुल्क भ्याक्सिन लगाउने, शिविर सञ्चालन गर्ने र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएका छन्।

प्रतिक्रिया दिनुहोस्