विश्व बजार: भेदभावलाई अस्त्र बनाएर सफलता



काठमाडौं, (नेस)
स्टिवन एलन स्पिलबर्ग एक अमेरिकी फिल्म निर्माता, निर्देशक तथा पटकथा लेखक हुन् । आफ्नो ६ दशक लामो क्रियाशील जीवनमा स्टिवनले निर्देशन तथा कथा लेखन गरेका फिल्मले अलग–अलग विचारधाराबाट अलग पिँढीलाई फरक ढंगले एक अर्कासँग जोडेका छन् । स्टिवनको जन्म १९४६ डिसेम्बर १८ मा भएको हो ।

उनले लेखन तथा निर्देशन गरेका अधिकांश सिनेमाहरुमा मानव अस्तित्व, स्वतन्त्रतालगायत दार्शनिक तर व्यवहारिक पक्षलाई विषयवस्तु बनाइएको पाइन्छ । सिनेमामा यस्ता विषयवस्तुले प्राथमिकता पाउनुमा स्विवनले आफ्नो जीवनमा घटेका घटनाक्रमलाई आधार मान्ने गरेका छन् ।

स्टिवन एक रुडिवादी यहुदी परिवारमा हुर्किए । जसले उनको बाल्यकाललाई अरु बालबालिकाले भन्दा फरक तरिकाले बाँच्न बाध्य तुल्यायो । उनको परिवार सन् १९४० को दशकमा फोनेक्समा बसाई सरेको थियो । जहाँ अधिकांश व्यक्तिले इसाई तथा हिबु्र धर्म मान्दथे । उनलाई आफ्नो स्कुल जीवनमा नै आफँ फरक भएको तथा अरु बालबालिका जस्तै व्यवहार हुन नसकेको कुराले निकै चिन्तित तुल्याउँथ्यो ।

 

उनले एउटा अन्तर्वार्ताका क्रममा आफँलाई सात, आठ वर्षको उमेर मै भएको फरक व्यवहारले स्कुल नै छोड्ने मनस्थितिमा पुगेको बताएका थिए । ‘म कट्टरवादी यहुदी भएकै कारण म माथि भेदभाव गरिन्थ्यो । जसले गर्दा मलाई निकै हिनताबोध हुन्थ्यो । तर, म आफँ यहुदी भएको कहिल्यै लाज मानिन । कुरा यति मात्र थियो कि मैले समय र परिस्थितिलाई आत्मसाथ गर्न सकिरहेको थिइन ।’ स्टिवनको भनाइ छ ।

‘स्पिलवर्गका तीनवटा फिल्म ‘जास’ (१९७५), ‘ई.टी द एक्स्ट्रा टेरिस्टिरियल’ (१९८२) र ‘जुरासिक पार्क’ (१९९३) ले आफ्नो आफ्नो समयमा बक्स अफिसमा आम्दानीको नयाँ कीर्तिमान राखेका थिए । उनका फिल्महरुमा अधिकांश रुपमा देखिन मानवता, मानव अस्तित्व, स्वतन्त्रता, प्राकृतिक परनिर्भरतालगायतका विषयवस्तुका कारण उनलाई सन् २००९ अक्टोबरमा ‘लिबर्टी मेडल’ पुरस्कार प्रदान गरिएको थियो ।’

धार्मिक भेदभावको असर स्टिवनमा कतिसम्म प¥यो भने उच्च शिक्षा अध्ययनका क्रममा उनलाई स्कुलबाटै निकालियो । त्यसको कारण पनि अनौठो छ । उनकै कक्षाका साथीहरुले उनलाई होच्याउने, जिस्काउने तथा कतिपय अवस्थामा त लात्तिले हान्नेसम्मको व्यवहार गर्ने । स्टिवनले केही घटनालाई सहन्थे । तर, उनलाई स्कुलबाट निकाल्नुको कारण भने धार्मिक भेदभावविरुद्धको प्रतिकार नै कारण बन्यो । एकपटक उनकै कक्षाका २ जना साथीसँग स्टिवनको झगडा प¥यो । उनले अंगालेको धर्मकै विषयमा ।

 

उनले ती दुईजनामध्ये एक जनाको नाक भाँचिने गरी मुक्का हाने । जसका कारण उनलाई स्कुलबाट निकालियो । जुन स्कँलबाट उनलाई निकालिएको थियो सोही स्कँलले अहिले स्टिवन स्पीलबर्गको नामबाट सिनेमा संकाय तथा उक्त संकाय रहेको भवनको नाम पनि राखेको छ ।

फोनेक्समा आर्काडिया हाईस्कुल पास गरेपछि उनको परिवार क्यालिफोर्निया स¥यो । जहाँ उनले नाट्यकला विषयमा साराटोगा हाईस्कुलबाट स्नातक उत्तीर्ण गरे । आर्काडियामा अध्ययन गर्दै गर्दा उनलाई ‘एम्ब्लिन’ नामक सर्टमँभिमा अभिनयको मौका मिल्यो । जुन उनको जीवनको सिनेमा यात्रा तय गर्ने कोशेढुंगा साबित भयो ।

स्पिलवर्गका तीनवटा फिल्म ‘जास’ (१९७५), ‘ई.टी द एक्स्ट्रा टेरिस्टिरियल’ (१९८२) र ‘जुरासिक पार्क’ (१९९३) ले आफ्नो आफ्नो समयमा बक्स अफिसमा आम्दानीको नयाँ कीर्तिमान राखेका थिए । उनका फिल्महरुमा अधिकांश रुपमा देखिन मानवता, मानव अस्तित्व, स्वतन्त्रता, प्राकृतिक परनिर्भरतालगायतका विषयवस्तुका कारण उनलाई सन् २००९ अक्टोबरमा ‘लिबर्टी मेडल’ पुरस्कार प्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सका अनुसार उनको सम्पत्ति ३ दशमलव ६ अर्ब अमेरिकी डलर बराबर रहेको छ । विश्वका अर्बपतिको सँचीमा स्टिवन ६ सय २९औं स्थानमा छन् भने धनी सेलिब्रेटीहरुको सँचीमा ११औं स्थानमा छन् । सन् २००६ मा प्रिमियर पत्रिकाले स्टिवन स्पिलवर्गलाई सिनेमा जगतका सबैभन्दा प्रभावशाली व्यक्तिका रुपमा चित्रित गरेको थियो ।

टाइम्स पत्रिकाका अनुसार उनी यस शताब्दीका ब्रहमान्ड प्रभावशाली व्यक्तिहरुको सँचीमा अटाएका छन् । २०औं शताब्दीको अन्त्यमा उनलाई त्यो पिँढीका सबैभन्दा प्रभावशाली व्यक्तिका रुपमा चिनिथ्यो ।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्