प्रतिशाखाबाट ४४९० जनालाई बैंकिङ सेवा



नेपाल समाचारपत्र, काठमाडौं
७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउने सरकारको लक्ष्य रहे पनि अझै १९७ वटा हालसम्म वाणिज्य बैंकको उपस्थिति पुग्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार असार २४ गतेसम्म ५५६ तहमा वाणिज्य बैंकहरुको उपस्थिति पुगेको नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ ।

त्यस्तै जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या २९१९, विकास बैंकहरुको ९५१, वित्त कम्पनीहरुको १८३ र लघुवित्त संस्थाको २३६५ गरी कुल शाखा संख्या ६४१८ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औसतमा करिव ४४९० जनसंख्याले सेवा प्राप्त गर्न सक्ने राष्ट्र बैंकको तथ्यांक छ । गत वर्षको जेठमा यस्तो संख्या ५८०९ रहेको थियो ।

वैशाख मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या २ करोड २५ लाख तथा कर्जा खाता संख्या १२ लाख ८७ हजार पुगेको छ । एटीएम संख्या २६२४ रहेको छ । त्यसैगरी, मोबाइल बंैकिङका ग्राहकहरुको संख्या ४० लाख, इन्टरनेट बैकिङका ग्राहकहरुको संख्या ७ लाख ८४ हजार, जारी भएका डेबिट कार्डको संख्या ५२ लाख ३५ हजार तथा क्रेडिट कार्डको संख्या ९७ हजार रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न २८ वटा वाणिज्य बैंकमध्ये २५ वटाले तोकिएको चुक्ता पु“जी ८ अर्ब रुपियाँ पु¥याइसकेका छन् । असार मसान्तसम्ममा २ वटा वाणिज्य बैंकहरु चुक्ता पु“जी पु¥याउने प्रक्रियामा छन् । तोकिएको अवधिभित्र एउटा वाणिज्य बैंकको चुक्ता पुँजी तोकिए बमोजिम नपुग्ने राष्ट्र बैंकले जनाएको छ । जेठ मसान्तसम्ममा २८ वटा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी २२७ अर्ब ८९ करोड पुगेको छ ।

त्यस्तै विकास बंैक र वित्त कम्पनीहरु पनि तोकिएको चुक्ता पु“जी पु¥र्याउने प्रक्रियामा रहेको राष्ट्र बैंकको भनाइ छ । केन्द्रीय बैंकका अनुसार ३३ विकास बैंकमध्ये २१ वटाले तोकिएको चुक्ता पु“जी पु¥याएका छन्, ७ वटा विकास बैंक तोकिएको चुक्ता पुँजी पु¥याउने प्रक्रियामा छन्, ४ वटा विकास बैंकको चुक्ता पुँजी पु¥याउने समयावधि थप गरिएको छ र एक विकास बैंक रिजोलुसनको प्रक्रियामा रहेको छ ।

यसैगरी २५ वित्त कम्पनीहरुमध्ये ११ वटाले तोकिएको चुक्ता पु“जी पु¥याएका छन्, ३ वटा वित्त कम्पनी चुक्ता पुँजी पु¥याउने क्रममा रहेका छन्, ५ वटा वित्त कम्पनीको चुक्ता पुँजी पु¥याउने समयावधि थप गरिएको छ भने एउटा कम्पनीको चुक्ता पुँजी नपुग्ने देखिन्छ ।

 

यसबाहेक ४ वटा वित्त कम्पनीहरु रिजोलुसनको प्रक्रियामा र एक वित्त कम्पनी खारेजीको क्रममा रहेका छन्। राष्ट्र बैंकले वित्तीय क्षेत्रको सुदृढीकरणको लागि बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया र चुक्ता पु“जी वृद्धि नीति लिए पश्चात् कुल १६२ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२१ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४१ संस्था कायम भएका छन् ।

२०७२ असारमा वाणिज्य बैंकहरुको संख्या ३० रहेकोमा हाल २८ मा झरेको छ । २०७२ असारमा विकास बैंकहरुको संख्या ७६ रहेकोमा सो संख्या हाल ३३ मा झरेको छ भने वित्त कम्पनीको संख्या ४८ बाट २५ मा झरेको छ । यस बैंकले गाभिने तथा प्राप्ति एवम् चुक्ता पुँजी वृद्धि गर्ने नीति लागू गरे पश्चात् विकास बैंक तथा वित्त कम्पनीहरुको संख्यामा उल्लेख्य कमी आएता पनि वाणिज्य बैंकहरुको संख्यामा अपेक्षाकृत कमी आउन नसकेको राष्ट्र बैंकको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्