ट्रम्पद्वारा इरानी आणविक सम्झौता त्याग, इरानी संसद्मा अमेरिकी झन्डा जलाइयो



तेहरान, (एजेन्सी)
इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ को विश्वका छ वटा शक्ति राष्ट्र र इरानबीचको आणविक सम्झौताबाट पछि हट्न गरेको निर्णयको कडा आलोचना गरेका छन्।

यसै गरी इरानी विधायकहरूले संसद् भवनभित्रै ‘अमेरिका मुर्दावाद ’ भनी चर्को नारा लगाउँदै अमेरिकी सरकारको कदमको विरोधमा अमेरिकी राष्ट्रिय झण्डा जलाएका छन्। ट्रम्पको उक्त ऐतिहासिक सम्झौता तोड्ने यस निणृय विरुद्ध जनतामा पनि आत्रक्रोशको लहर फैलिएको छ।
साथै इरानी सरकारी अधिकारी र संसदका सभामुखले अझैपनि युरोपले यस सम्झौतालाई जिवितै राख्ने प्रयास गर्नेबारे आफुहरू आशावादी रहेको बताएका छन्। विद्यालयका शिक्षकहरूलाई सम्बोधन गर्ने क्रममा इरानका सम्पूर्ण मामिलामा अन्तिम निर्णय दिने हंैसियत राख्ने खामेनीले इरान विदेशी दबाब वा हस्तक्षेपको प्रतिकार गर्न सक्षम रहेको बताएका छन्।

खामेनीले ट्रम्पको भाषणमा दस वटा झुठ भएको र उनको यस बदमबाट इरानी जनता र त्यसको धर्ममा आधारित सरकारलाई खतरा भएके प्रतिक्रिया दिएका छन्। बुधवार बिहान सवरै एकजना सिया धार्मिक गुरुले संसद भवनभित्र अमेरिकी झण्डा जलाएका थिए।
इरानले रसिया , चीन , फ्रान्स , अमेरिका , वेलायत र जर्मनीसंग भएको सो आणविक सम्झोैतामा हस्ताक्षर गरेको थियो। सो सम्झौता अनुसार इरानले आफ्नो विवादास्पद आणविक हतिया कार्यक्रममाथि नियन्त्रण गरेको खण्डमा यानमाथि लगाइादे आएके नाकावन्दि खुकुलो पारिने बताइएको थियो।

तर सो समझौताको वावजुद पनि इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम नरोकेको र सिरियालगायतका अन्य क्षेत्रीय नीतिहरूमा परिवर्तन नल्याएको बताइएको थियो। ट्रम्प शुरू देखि नै यस सम्झौताको कडा आलोचक रहँदै आएका थिए।फ्रान्स, जर्मनी र बेलायतले भने ट्रम्पलाई अन्तिम क्षणसम्म पनि यस सम्झौताबाट पछि नहट्न आग्रह गरिरहेका थिए।
तिनीहरूले इरानलाई आणविक कार्यक्रम रोकन लगाउन यसै सम्झौता उपयुक्त रहेको बताउँदै आएक थिए। मंगलबार राति इरानी राष्ट्रपति हसन रुहानीले आफूले अझै यस सम्झौतासंग आवद्ध रहेका राष्ट्रहरूमा समस्या समाधान विषयमा छलफल गर्न विदेशमन्त्री मोहमद जावाद जारिफलाई पठाउने बताएका थिए।

त्यसअघि नै रुहानीले यदि अमेरिकाले यस सम्झोतालाई अस्वीकार गरेको खण्डमा इरानले दुई तिन महिनासम्म केहि समस्या झेल्नुपर्ने चेतावनी पनि दिएका थिए। अहिले आएर रुहानीले अब इरानले जुनसुकैेबला पनि आफ्नो आणविक कार्यक्र पुन ब्युँताउनसक्ने पनि संकेत दिएका छन्। तर फ्रान्सका विदेशमन्त्री जिन भेस ले ड्रियानले अमेरिकापछि हट्दैमा इरानी आणविक सम्झौता मरिनसकेको हिजो बताएका छन्।

प्रतिक्रिया दिनुहोस्