रौतहटमा अपराधिक घटनाहरु बढे, सुरक्षा निकाय मौन



सञ्जय कार्की, रौतहट ।

रौतहटमा सोमबार राती एक दिन तीन वटा घटना घटेको छ । त्यो भन्दा पनि अघिल्लो दिन लाई हेर्ने हो भने पनि दुई वटा अपराधिक घटना भएका छन ।

घटना १ ) मजदुर माथि गोली प्रहार ।
घटना २ ) स्काईभेटरमा आगलागी ।
घटना ३ ) श्रीमान द्धारा श्रीमतीको हत्या ।

माथि उल्लेखित घटना प्रकृतिको रौतहटको शान्ति सुरक्षाको अबस्था नाजुक रहेको देखाउछन । त्यसमाथि पनि कटहरिया नगरपालिका भित्रनै गोलि प्रहार र हत्याको दुई वटा घटना घटेको छ भने अर्को एक आगजनीको घटना भने गरुडा नगरपालिकामा पर्दछ । पछिल्लो समयमा हेर्ने हो भने रौतहटको शान्ति सुरक्षा कायम गर्न प्रहरी असफल भएको छ । भन्सार राजश्व असुली लक्ष्य भन्दा निकै कम रहेको छ ।

उता दुई दिन अघि अर्थात आईतबारको घटना हेर्ने हो भने रौतहटको राजदेबी नगरपालिकाको बाग्मति नदि किनारमा एक महिलाको शब बेवारिसे बनेको छ । चन्द्रपुर नगरपालिका–१ पौराई जङ्गलमा सबारी साधनको ठक्कर बाट महिलाको मृत्यु । यी दुबैको शबको पहिचान हुन सकेको छैन भने ठक्कर दिने सबारी साधनको समेत पहिचान हुन सकेको छैन ।

सोमबार राती कटहरिया नगरपालिका––८ पिप्रापोखरियामा टोलमा रहेको नेम ईटा भट्टमा कार्यरत मजदुुर गरुडा नगरपालिका– ५ का ५० बर्षिय राम असिष यादव माथी गोलि प्रहार भएको हो । कटहरिया नगरपालिका–५ निबासी बिजय साह सोनारले श्रीमती राजकुमारी देवीको हत्या गरेर फरार रहेका छन । यस्तै गरुडा नगरपालिका–५ स्थित झाझपुल कटहरिया सडक खण्डको महम्मदपुर लक्ष्मिपुरमा डिभिजन सडक कार्यालयको स्काईभेटरमा आगजनी भएको हो ।

चोरी, लुटपाट, कुटपिट, महिला हिसा, ठगिका घटना हेर्न हो भने कहालिलाग्दो रहेको छ । शान्ति सुरक्षाको अबस्था मजबुत मानिएको सदरमुकाम गौर , गरुडा र चन्द्रनिगाहपुरमा यस्ता घटना दैनिक जसो हुने गरेको छ । तर पनि प्रहरीको ध्यान यसतर्फ पुग्नु भन्दा पनि अबैध आम्दानी तर्फ मात्रै रहेको पाईन्छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्ने हो भने यो आर्थिक वर्षको हालसम्म २ सय ३६ वटा बिभिन्न घटनाका उजुरी दर्ता भएको छ । जसमध्ये जबरजस्ती करणीको १२ वटा र कर्तव्य ज्यानसम्बन्धी २२ वटा रहेका छन् । यस आर्थिक वर्षमा १ सय ६१ फरार आरोपी मध्ये २४ जना पक्राउ परेको र १ सय ३७ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याकमा उल्लेख रहेको छ ।

उतो चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ५ करोड २२ लाख रुपैयाँ मात्र भन्सार कार्यालय गौरले राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षका लागि १७ करोड ४४ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

तर गएको आर्थीक बर्षमा मधेश आन्दोलन र नाकाबन्दि हुदा समेत लक्ष्य भन्दा बढि गौर भन्सार कार्यालयले राजश्व संकलन गरेको थियो ।

अपराधिक घटनामा बृध्दि र राजश्व असुलीमा कमी आउनुमा यहाका प्रहरी, प्रशासनको असक्षमता स्पष्ट देखिन्छ । ग्रामिणभेगमा शान्ति सुरक्षा कायम गर्न प्रहरी परिचालन हुनु भन्दा पनि ब्यारेकमै सीमित हुने गरेको छ भने प्रहरीकै मिलोमतोमा तस्करीका सामान भित्रिने गरेको भन्सार राजश्व असुलीले पनि साबित गरिदिएको छ ।

जिम्मेबारी लिएकाहरु बाट जिम्मेबारीको बोध गर्न नसक्ने उपर नेपालमा नैतिकता र कानुनी प्रश्न नउठने गरेका कारण यस्ता घटनाले प्रश्रय पाएको देखिन्छ ।

सरकार जस्को बन्छ उसैका नेता र कार्यकर्ताको चाकडीमा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षक लाग्ने गरेका छन । नेपाल प्रहरीमा मुस्कान सहितको प्रहरी सेबा, प्रहरी मेरो साथी, जनता संग प्रहरी कार्यक्रम संचालन भैसकेका छन तर यी कार्यक्रम प्रहरी महानिरिक्षक फेरिएसंगै आएको उनीहरु परिबर्तन भएसंगै हराएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापा, प्रहरी उपरिक्षक यज्ञबिनोद पोखरेल नागरिक मैत्री हुन सकेका छैन ।

नागरिकको गुनासो सुन्ने तर्फ उनीहरुको ध्यान नपुगेको उनीहरु प्रति सामाजिक सञ्जालमा आउने टिकाटिप्पणीले समेत प्रमाणित गरेको छ । नागरिकका फोन उनीहरु उठाउदैनन ।

 

प्रतिक्रिया दिनुहोस्