कमलबाट आएको आम्दानी गाँउपालिकामा



धनवीर दाहाल, रुकुम पुर्व । जथाभावी रुपमा कमलको डाँठ तथा फल निकाल्ने परम्परालाई सिस्ने गाँउपालिका रुकुम पुर्वले नियन्त्रण गरेको छ । बिगतका बर्षहरुमा रुकुम पुर्वको सिस्ने गाँउपालिका स्थित कमल दहबाट जथाभावी कमलको डाँठ तथा फल निकाल्ने गरिन्थ्यो । तर यस बर्षदेखी गाँउपालिकाले नियन्त्रण गरेपछि स्थानीयहरुमा पनि खुसी छाएको छ ।

कमलको डाँठ तथा फलको आम्दानी अब राज्य कोषमा आउने भएको छ । सिस्ने गाउ“पालिकाले कमलबाट हुने आम्दानीलाई अब गाउ“पालिका मातहत ल्याउन प्रक्रिया थालेको छ । यस अघि मनपरी ढंगले कमलको डा“ठ तथा त्यसको गेडा निकाल्ने र विक्री वितरण हुने गरेकामा अब भने त्यसलाई व्यवस्थित गर्न थालिएको छ ।

सिस्ने गाउ“ कार्यपालिकाको बैठकले कमल दहमा रहेका मलको डा“ठ र कमलको गेडा निकाल्ने र विक्रीलाई व्यवस्थित गर्ने भन्दै टेन्डर आह्वान समेत गरेको छ । न्युनतम एक लाख ५० हजारमा कमलको डा“ठ र गेडा निकाल्ने र विक्री गर्नको लागि टेन्डर आह्वान गरिएको सिस्ने गाउ“पालिकाका प्रवक्ता जीवन केसीले बताए ।

मूल्य बढाबढका आधारमा त्यो तोकिएको भन्दा बढीमा पनि कसैले ठेक्का लिन सक्ने केसीले बताए । मनपरी रुपमा कमलको डा“ठ निकालिने र विक्री वितरण हुने भएकाले यस अघि नै कमल दहबाट कमल निकाल्न बन्द गरिएको थियो ।

यस अघि स्थानीयले आफुखुशी कमल निकाल्ने खाफू खाने तथा विक्री वितरण गर्ने भएकाले त्यसबाट कति आम्दानी हुन्छ भन्ने एकीन नभएपनि त्यसबाट राम्रो आम्दानी हुने अनुमान गरिएको प्रवक्ता केसीको भनाई छ ।

गाउ“पालिकाको अग्रसरतामा यो बर्ष हालसम्म पनि दहबाट कमल निकाल्न दिइएको छैन । यस अघि माघ महिनाबाटै कमल निकाल्न थालिहाल्ने चलन थियो । माघ महिनाबाट चैत्र महिना सम्म कमल निकाल्ने गरिन्छ । कमलको डा“ठ, त्यसबाट बनाइएको चाना र गेडा सेवन गर्नाले जण्डिस रोग निको हुन्छ भन्ने विश्वास छ ।

जण्डिस उपचारको लागि भन्दै दाङ, नेपालगञ्ज, काठमाण्डौं सम्मबाट कमलको काचो डा“ठ, चाना र गेडा किन्न आउने तथा तथा मगाउने गर्दछन् । कमलको काचो डा“ठ र त्यसको चाना खानका लागि पनि स्वादिष्ट हुन्छ । यसबाट जण्डिस रोग निको हुन्छ भन्ने प्रचार भएस“गै यसको माग बढेपछि मूल्य पनि बढ्दै गएको छ ।

स्थानीय भरत गौतमका अनुसार गत बर्ष कमलको काचो डा“ठ प्रतिकिलो ४ सय, त्यसको चाना प्रति माना ६ सय र प्रति गेडा १० रुपैया“मा विक्री वितरण भएको थियो । यस बर्ष कमल निकाल्न नथालिएकाले त्यसको मूल्य पनि निर्धारण नगरिएको हुन सक्ने उनले बताए । कमलको आम्दानी गाउ“पालिका मातहत ल्याउन थालिएपछि स्थानीय पनि खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्