प्रदेशसभा सदस्यको नाम बुझाउँदै दल



सुनील महर्जन, काठमाडौं
राजनीतिक दलले प्रदेशसभाको समानुपातिकतर्फ पाएको सिट संख्याका आधारमा प्रदेशसभा सदस्यको नामावली बुझाउने आज शुक्रबार अन्तिम दिन हो।

निर्वाचन आयोगले सात दिनभित्र प्रदेशसभाको सदस्यको नामावली बुझाउन राजनीतिक दललाई दिएको समयसीमा आज शुक्रबार सकिँदै छ। आयोग प्रवक्ता नवराज ढकालले शुक्रबार कार्यालय समयभित्र दलहरूले प्रदेशसभाको समुनपातिकतर्फको सूची आयोगलाई बुझाइसक्नुपर्ने बताउनुभयो।

समानुपातिकतर्फ १३ दलले प्रदेशसभातर्फका २ सय २० सांसद पठाउनुपर्नेछ। त्यसमा संघीय समाजवादी फोरम, विवेकशील साझा पार्टी र नेमकिपाले नाम बुझाइसकेको आयोगले जनाएको छ। संघीय समाजवादी फोरमले १३ सिट जितेको छ। त्यसै गरी नेमकिपाले प्रदेश ३ मा १ सिट जितेको र विवेकशील साझा पार्टीले ३ सिट जितेको छ। नाम बुझाउनका लागि शुक्रबार ३ बजेसम्म समय तोकिएको छ।

शुक्रबार सूची बुझाउनका लागि भन्दै बाँकी दलको बैठक बिहीबार बसेको थियो। सबैभन्दा धेरै एमालेले ७५, कांग्रेसले ७२, माओवादी केन्द्रले ३५ जनाको सांसद पठाउने छन्। तीनवटा प्रदेशमा यी तीन पार्टीको मात्र सांसद हुनेछन्। राजपाले १२, राप्रपा र विवेकशील साझाले ३⁄३ जनाको नाम पठाउनुपर्नेछ। त्यसै गरी राष्ट्रिय जनमोर्चाले २ र अन्य पाँच दलले १ एक सिट जितेका छन्।

नाम टुंगो लगाउन नेकपा एमाले स्थायी समिति बैठक बिहीबार बसेको थियो। एमालेले प्रदेश एकमा १५, दुईमा ७, तीनमा १६, चारमा १०, पाँचमा १३, छमा ६ र सातमा ८ सिट जितेको छ। कांग्रेसले प्रदेश एकमा १३, दुईमा ११, तीनमा १४, चारमा ९, पाँचमा १२, छमा ५ र सातमा ८ सिट जितेको छ।

नेकपा माओवादी केन्द्रले प्रदेश एकमा ५, दुईमा ५, तीनमा ८, चारमा ३, पाँचमा ६ तथा प्रदेश छ र सातमा ४⁄४ सिट जितेको छ। संघीय समाजवादी फोरमले प्रदेश एकमा २ सिट, दुईमा ९ र पाँचमा २ सिट जितेको छ।

राजपाले प्रदेश दुईमा १० सिट र पाँच र सातमा १⁄१ सिट जितेको छ। त्यस्तै राप्रपाले प्रदेश एक, तीन र छ मा १⁄१ सिट जितेको छ। विवेकशील साझाले प्रदेश तीनमा ३ सिट जितेको छ। राष्ट्रिय जनमोर्चाले प्रदेश चार र पाँचमा १–१ सिट जितेको छ। नयाँ शक्तिले प्रदेश चारमा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश एकमा, नेपाल संघीय समाजवादी पार्टीले प्रदेश दुईमा, नेमकिपाले प्रदेश तीनमा र राप्रपा प्रजातान्त्रिकले पनि प्रदेश तीनमा १⁄१ सिट जितेका छन्।

ती सिटमा राजनीतिक दलले निर्वाचित हुने उम्मेदवारको नाम आयोगलाई सिफारिस गर्नुपर्छ।

आयोगमा दलहरूले बुझाएको बन्दसूचीबाट ३३ प्रतिशतसमेत पुर्याउनुपर्छ। प्रदेश सभा निर्वाचन ऐन दफा ६० को उपदफा ६ मा समानुपातिकतर्फको निर्वाचित हुनेको टुं·ो लगाउँदा यथासम्भव दलित, आदिवासी जनजाति, खस, आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय तथा अपा·ता भएको व्यक्तिको समेत प्रतिनिधित्व हुने गरी गराउनुपर्ने प्रावधान छ।

दलले प्राप्त गरेको सिट संख्याको आधारमा महिला तथा अन्य समावेशी समूह एवं अल्पसंख्यक समुदाय तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्ने संख्या समेत आयोगले निर्धारण गरेको थियो। महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्पmबाट सम्बन्धित प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्पmबाट प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्धारण गरिएको छ।

राजनीतिक दलहरूले प्रदेशसभा सदस्यको नाम बुझाएपछि आयोगले त्यसलाई सच्याउन ३ दिनको समय दिनेछ। दलले पेस गरेको उम्मेदवारको नामावलीको सूची प्राप्त भएपछि आयोगले सो सूचीमा नाम समावेश भएका उम्मेदवार निर्वाचित भएको घोषणा गर्नेछ। निर्देशिकाको दफा ३२ बमोजिमको मत परिणाम विभाजक सूत्रबमोजिम गणना गरी निर्वाचित उम्मेदवार घोषणा गरिनेछ। निर्वाचित भएको उम्मेदवारको नाम आयोगले प्रदेश प्रमुखसमक्ष पठाइ सो नामावली नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने उल्लेख छ। आयोगले विजयी उम्मेदवारको सूची प्रमुखलाई बुझाउने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्