३ कक्षा पढेका गणेशको मौरी मोह : बार्षिक ६ लाख कमाई



विनोद सिंह विष्ट, बैतडी । सुन्दा अचम्म लाग्न सक्छ पैसा समेत गन्न नजान्ने एक युवाले बार्षिक ६ लाख बढी कमाई गरिरहेको कुरा । कक्षा ३ सम्म मात्रै अध्ययन गरेका दार्चुलाको लेकम गाउँपालिका १ सेजालीका गणेश कार्कीले मौरी पालन व्यवशायवाट बार्षिक ६ लाख कमाउने गरेका छन् । व्यवशायिक रुपमा मौरीपालन व्यवशायमा लागेको गणेश एक उदाहरणिय युवा बनेका छन् । स्नातकोत्तरसम्म पढाई गरेर नेपालमा रोजगारी केही छैन भनेर विदेश गएर दुख भोग्ने तेपाली युवाका लगाी गतिलो झापड समेत दिएका छन् । ५ बर्ष अगाडीदेखि व्यशायिक रुपमा मौरीपालन सुरु गरेका उहाँले मौरीपालन व्यवशायबाटै ८ जनाको परिवार सजिलैसंगै पाल्नुभएको छ । रिड्स नेपाल नामक संस्थाले सुरुमा २ घार मौरीको उपलब्ध गराएको थियो । त्यही २ घार मौरीवाट गणेशले ३०० घार मौरी बनाउनुभयो । ३०० घार मौरी बनाएर व्यवशाय सञ्चालन गरेको भएपनि हाल ५० घार रहेका छ उहाँले भन्नुभयो“३०० घार बनाएको भएपनि हाल अरु घार बिक्री गरेर ५० घार बाँकी रहेका हुन”
सेरेना जातका मौरीका लागि उपयुक्त हावापानी, भौगोलिक वातावरण र चरन आवश्यक हुने भएकाले मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको उहाँको भनाई रहेको छ ।
रोजगारीकै लागी विदेशिने युवाका लागी गणेशले स्वदेशमै मौरीपालन व्यवशाय थालेर एक उदाहरणिय तथा मेहनती युवाका रुपमा परिचित भएका छन् ।
३ कक्षासम्म मात्रै पढाई गरेका गणेशले स्वदेशमै श्रम बेचेर आफ्नो घरधन्दा चलाईरहनुभएको छ । छोराछोरीको पढाई गर्न कुनै समस्या छैन उहाँले भन्नुभयो“ घरधन्दा चलाउन कसैसंग मुख जोड्नुपरेको छैन”
बार्षिक ५० घार जती बिक्री गर्ने गरेको र ४ क्वीन्टल मह बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । स्थानिय बजारमा मह प्रतिकिलो रु ८०० का दरले बिक्री हुने गरेको छ उहाँले भन्नुभयो“मौरी सहित को घार बिक्री गर्दा रु ८ हजार सम्म बिक्री हुन्छ ”
यसरी मौरीपालन ब्यवशायवाट उहाँको बार्षिक ६ लाख बढी आम्दानी हुने गरेको छ ।
मौरीपालन व्यवशाय गर्दा सुरुमा केही अप्ठेरो आएको भएपनि हाल आएर कुनै समस्या नभएको उहाँले बताउनुभयो । हाल रहेका ५० घार मौरीवाट अवको केही दिनभित्रै २०० घार बनाउने लक्ष्य रहेको र आउदो बर्षमा ५ क्वीन्टल मह बिक्री गर्ने उहाँको लक्ष्य रहेको छ । उमेरले ४४ बर्ष भएका गणेशले मौरीपालन गर्ने मोह जागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो“व्यवशाय गर्न उमेर र पढाई नभएर रोकिदैन, काम गर्ने ईच्छा हुनुपर्छ जाँगर आफै आँउछ”
मह बिक्री गर्न पनि कुनै समस्या नरहेको घरमै मह किन्न ग्राहक आउने गरेका छन् । दार्चुला, बैतडी,डडेल्धुरा तथा छिमेकी राष्ट्र भारतवाट समेत मह किन्न ग्राहक आउछन् उहाँले भन्नुभयो“मह तथा मौरी घार बिक्री गर्न कुनै समस्या छैन, घरमै आउने गरेका छन् ग्राहक ”
मौरी अन्य किराहरूमध्ये एक फाइदाजनक र धेरै संख्यामा रहने किरा हो । यो कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो । यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठुलो भूमिका खेलेको हुन्छ । यतिमात्र हैन, मौरीले मानिसको स्वास्थ्य र आर्थिक समृद्धिमा ठूलो योगदान पुर्याएको हुन्छ । यही मौरीलाई व्यवसायिक रुपमा पालेर उहाँले वार्षिक लाखौं आम्दानी गरिरहेका छन् ।
शैक्षिक बेरोजगारको संख्या दिनदिनै बढेर विदेश पलायन भइरहेको अवस्थामा दार्चुलाको लेकम गाउँपालिका १ सेजालीका गणेश कार्कीले मौरी पालन गरी मनग्गे आम्दानी गर्न थालेका छन् । थोरै लगानीमा वर्षभरी आम्दानी हुने भएपछि कृषकहरु मौरीमा लगानी गर्न हौसिएको उहाँले बताउनुभयो । कक्षा ३ सम्म मात्रै अध्ययन गरेको बताउदै उहाँले व्यवशाय सञ्चालन गर्न पढाई आवश्यक नरहेको बताउनुभयो । उहाँले भन्नुभयो“हातमा सिप भयो भने मान्छेले जे पनि सक्दो रहेछ , पढाई नभएनी”
एकान्त ठाँउ मन पराउने मौरीको चरनका लागी चिउरी तथा तोरी आवश्यक पर्ने भएकोले उहाँले तोरीबारी नजिकै मौरीका घारहरु राखेर व्यवशाय सञ्चालन गर्नुभएको छ ।
मौरीले बिरुवाको परागसेचनमा सहयोग पुर्याउने भएकाले वातावरण संरक्षणका लागि पनि फाइदा पुग्ने मौरीपालकहरूको भनाइ छ । यसले किसानको उत्पादन बढाउनसमेत सहयोग गर्छ ।
थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने भएपनि चरन क्षेत्र नहुँदा मौरीपालन व्यवसाय फस्टाउन नसकेको बेला गणेशले भने मनग्य आम्दानी गर्नुभएको छ । रासायनिक विषादीको प्रयोग बढ्नुजस्ता कारणले मौरीको चरन क्षेत्र खुम्चिँदै गएकोले केही समस्या रहेको उहाँको भनाई रहेको छ । उहाँले भन्नुभयो“ चिसो मौसममा चरन क्षेत्र कम हुने भएकोले चिनीको चासनी खुवाउने गरेको छु”
मौरीपालनसंगै गणेश कार्कीले तरकारी खेती र बाख्रापालन समेत गर्नुभएको छ । बाख्रापालन र तरकारी खेतीबाट समेत उहाँले मनग्य आम्दानी गर्नुभएको छ । तरकारी खेतीवाट पनि उहाँले बार्षिक ३ लाख कमाई हुने गरेको छ । भने बाख्रापालनवाट बार्षिक २ लाख कमाई हुने उहाँले बताउनुभयो ।
मौरीपालन गर्नसक्यो भने निकै फाईदा रहेकोले यस व्यवशायमा लाग्न युवालाई उहाँले अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो“कम लगानीमा मनग्य आम्दानी गर्न सकिन्छ , वेरोजगार युवाका लागी मौरीपालन व्यवशायक आम्दानीको स्रोत बन्छ”
गणेश कार्कीले मौरी पालन व्यवशाय निकै उदाहरणिय भएको स्थानिय मान बहादुर कार्कीको भनाई रहेको छ । गणेशले गरेको मौरीपालन व्यवशायवाट विदेशिने युवाले शिको गर्न आवश्यक छ उहाँले भन्नुभयो“रोजगारीकै लागी विदेशिने युवाले स्वदेशमै गर्न सक्यो भने रोजगारीको तथा व्यवशायको थुप्रै अवसर छन्”
मौरी अत्यन्तै अनुशासित, परिश्रमी र नीति पालना गर्ने कीरा हो । यस्तो नीतिवान कीराबारे नेपालमा अहिलेसम्म नीति बनेको छैन ।
किसानले स–सानो लगानीमा थोरै–थोरै मह उत्पादन गरे पनि स्तरीय संकलकले ठूलो लगानी गर्नुपर्छ । त्यसकारण, आधुनिक प्रविधि सहितको मह संकलनमा व्यक्तिगत वा संस्थागत लगानीबाट नेपाली मह उत्पादक कृषकलाई अन्तर्राीष्ट्रय बजारसँग जोडेर मुलुकमा समृद्धि भित्र्याउने राष्ट्रिय नीति आवश्यक छ ।
मेहनतका साथ यसरी व्यवशाय गरिरहेका युवाका लागी सरकार तथा सम्वन्धित निकायले थप सहयोग गर्न सक्यो भने देशमा गरिबीको अन्त्य हुने देखिन्छ । यसका साथै स्वदेशमा रोजगारी नभएर विदेशिने युवाका लागी गणेशले गरेको मौरीपालन व्यवशाय व्यशायवाट सिको गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्