मारुनी नाच संरक्षणमा यसरी लागे धौलागिरीका मगर



दुर्गाप्रसाद शर्मा, पर्वत । नेपालका मौलिक संस्कति र परम्पराहरु संरक्षणको अभावमा आजभोली लोप हुँदै गैरहेका छन । धेरै कला र संस्कृति हराउँदै गरेको हाम्रो देशमा मारुनी नृत्य पनि लोप हुने हो की भन्ने चिन्ता बढीरहेको बेला धौलागिरी अञ्चलका मगर समुदाय भने मारुनी संरक्षणको प्रयासमा छन ।
पुरुषलाई महिलाको कपडा पहिराएर मादलको तालमा पौराणिक कथाहरूमा भन्दै नाचिने मारुनी नाच नेपालका मगर, गुरुङ, तामाङ र लिम्बू जातीको मुख्य संस्कृति हो । दशैँ, तिहार, देउसी, भैलो, न्वारन लगायतका अन्य पूजामा नाचिने मारुनी नाच लोप हुने अवस्थामा छ ।
तर, धौलागिरीका म्याग्दी, बागलुङ र पर्वतका मगर समुदायले भने बिभिन्न तरीकाले मारुनी नृत्यको संरक्षणमा लागि परेका छन । मारुनी संरक्षणमा यूवाहरुको प्रयास उदाहरणीय भएको नेपाल मगर संघ पर्वतका अध्यक्ष सोम पुन बताउँछन् । उनी भन्छन, “हामीहरु हाम्रो पुर्खाको कला संरक्षणमा एकजुट छौं । धौलागिरीका सबै जिल्लाका हरेक कार्यक्रमहरुमा हामीले मारुनी देखाउँछौ, जसले गर्दा नयाँ पुस्ताले पनि मारुनी नृत्य सिकेका छन ।” पुरानो पुस्ताले हरेक कार्यक्रममा मारुनी नृत्य प्रदर्शन गर्नाले नयाँ पुस्तामा कला रुपान्तरण त भएको नै छ, यस बाहेक आप्mनो पुख्र्यौली परम्परा सिक्न र धान्न पाउँदा अहिलेको यूवा पुस्ता पनि मख्ख छन । मारुनी नृत्य नाच्दा यस्तै आनन्दको महशुस गर्छन पर्वतकै क्याङका यूवा अमबहादुर पुर्जा ।
पेशाले शिक्षक समेत रहेका पुर्जा आँपूm पनि मारुनीमा नाच्छन र अरुलाई पनि नाच्न प्रेरणा दिन्छन । उनी भन्छन, “आप्mनोपनको आभाष हुन्छ, यसमा हेर्नेलाई त नछोडु जस्तो लाग्छ अब नाच्नेलाई त के भन्नु ? बाजे बज्यैको परम्परा धान्न हामी नै सक्रिय नहुने हो भने मारुनी बचाईदिने कसले ?” आफ्नो जातीय पहिचानलाई संरक्षण गर्नकै लागि उनीहरुले मेलापर्वदेखि सभासम्मेलनसम्म पनि अनिवार्य रुपमा यो नृत्य देखाउने गरेका छन । म्याग्दी, पर्वत र बागलुङका उत्तरी भेगमा बसोबास गर्ने मगर जातीले यो नृत्य व्यावसायिक रूपमा प्रस्तुत गर्ने संस्कारको विकास भएका कारण पनि मारुनी संरक्षणमा धौलागिरीका मगरहरुको योगदान महत्वपूर्ण छ भन्छन नेपाली लोक संस्कृतिका अध्येता डा. कुशुमाकर न्यौपाने । मारुनी संरक्षणमा जाति बिशेषले मात्रै नभएर राज्यका तर्पmबाट पनि आवश्यक प्रोत्सहान र बजेट बिनियोजन भएमा सजिलो हुने बताउँदै डा. न्यौपानेले थपे, “मारुनीको संरक्षणमा धौलागिरीका मगर समुदायको सक्रियताबारे सुन्न पाउँदा खुसी लाग्यो । अब जाति बिशेषले मात्र होईन अन्य सबै जातीले पनि मारुनी सिक्नुपर्छ । यसको संरक्षणमा राज्य र स्थानीय तहले पनि आवश्यक योजना र बजेट बिनियोजन गर्नु आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्