दैलेख कारागारका कैदी भन्छन्,“हामीलाई सिपमुलक तालिम चाहियो”



हिक्मत नेपाली, दैलेख ।
मंसिरको पहिलो हप्ता । जाडो मौसम सुरु भएसंगै न्यानो ठाउँमा बस्ने धेरै पहिला देखिको चलन । जिल्ला कारागार दैलेखका कैदी (थुनुवा) को दिनचर्या पनि यसै गरि वितिरहेको छ । कोहि घाम ताप्दै थिए, कोहि आफुले जानेको सिप अनुसारका काम गर्दै थिए त कोहि झुम्म भएर गफ छाटिरहेका थिए ।

प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवार र दलका कार्यकर्ता आमसभा र घरदैलो अभियानमा व्यस्त छन् । जिल्ला सदरमुकामको छेउमै रहेको जिल्ला कारागारका कैदी (थुनुवा) भने आफ्नै ध्याउन्नमा छन् ।

चौतर्फी निर्वाचनले चर्चा र परिचर्चा पाएको भएपनि कैदीहरुले बाहिरको माहोल देख्न र बुझ्न नपाएपनि कारागार भित्रै चुनावका कुरा गर्दै उनिहरुले दिनचर्या काटिरहेका छन् । निर्वाचनको विषयमा धेरै कुरा जानकारी नभएका कैदी (थुनुवाहरु) जुनपार्टीले जितेपनि विकासका काम र आफ्ना लागि काम गरिदिनु पर्ने आशा राखेका छन् । गत बैशाष ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भई स्थानीय तहको काम सम्हालेका जनप्रतिनीधिहरु संग पनि उनिहरुको माग उस्तै थियो ।

जिल्ला कारागार दैलेखमा अहिले १ सय २१ जना कैदी (थुनुवा) छन् । जसमा १ सय ११ जना पूरुष छन् भने १० जना महिला छन् । उनिहरुले सिपमुलक तालिम, खेलकुद सामाग्री, खानेपानी व्यवस्थापन लगाएतका माग राख्दै आएका छन् । जिल्ला कारागार दैलेखकी महिला चौकीदार विन्दकला शाही भन्छिन “यहाँ रहेका कैदीहरुका लागि आवश्यक सिप मुलक तालिमको व्यवस्थापन गरियोस” ।

हामीलाई आवश्यक खानेपानीको व्यवस्थापन पनि हुन सकेको छैन् । शाही भन्छिन् “कारागार भित्र थुप्रै सम्भावना भएका व्यक्तिहरु छन्, उनिहरुका लागि आवश्यक सिप मुलक तालिम पाएमा यहि भित्रै रोजगारी सृजना हुने थियो । कैदीहरुलाई जाने अनुसारको लद्युउद्यमका सामाग्रीहरु निर्माण गरेको भएपनि त्यसको बजारिकरण गर्न समस्या छ । पूरुष चौकीदार जिवन शाहीले भने, ।

जिल्ला कारागार दैलेख भित्र अन्य भौतीक पूर्वाधारले सम्पन्न भएपनि खानेपानीको समस्या भने धेरै छ । शाहीले भने “हामीलाई मनोरञ्जनका लागि खेलकुलका सामाग्रीको पनि धेरै अभाव छ । यसका लागि जिल्लाका स्थानीय तह आषन्न प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनबाट निर्वाचित संसादहरुले पुरा गरिदिनुहुन्छ भन्ने हामीले आशा राखेका छौ । हामीले बाहिरको अवस्था हेर्न पाएका त छैनौ तर जसले जितेपनि हामीलाई अभाव भएका कुराहरु पुरा गरिदिनुहुनेछ भन्ने आशा राखेका छौ । शाहीले भने ।

जिल्ला कारागार दैलेखका प्रमुख जित बहादुर खत्रीले भने दैलेख कारागारलाई प्रदेश नं. ६ कै उत्कृष्ठ कारागारको रुपमा विकास गर्न प्रयास थालिएका बताए । उनका अनुसार विगतको भन्दा जिल्ला कारागार दैलेखमा धरै परिवर्तनहरु भएका छन् । सुचना वोर्डको व्यवस्था, बन्दीहरुले पाउनु पर्ने सबै सेवा सुविधा पाइरहेको खत्रीले बताए ।

कारागारलाई ६ नंं. प्रदेशकै उत्कृष्ठ कारागारको रुपमा विकास गर्न प्रयासमा छौ, खत्रीले भने “यति हुँदा हुँदै पनि कारागार भित्र केहि साना तिना समस्याहरु भने कायमै छन् ।” कारागारमा आवश्यक पानीको उपलब्धता छैन् । उनले भने बाह्य जिल्लाबाट सरुवा भई आएका कैदीहरुको घर परिवार संग भेटघाट कम हुने हुँदा कैदीहरुलाई मनोचिन्ता बढ्ने गरेको पाएका छौ ।

यसबाहेकका कारागार भित्र खेलकुदका सामाग्रीको अभाव छ, उनले भने मनोचिन्तामा परेका कैदीहरुका लागि काउन्सेलीङ गर्ने व्यक्तिको व्यवस्था छैन् ।

कैदीहरुका लागि आवश्यक भौतीक पूर्वाधार प्रयाप्त मात्रामा छन्, कार्यालय व्यवस्थापनका लागि नयाँ भवन बन्दै गरेको खत्रीले बताए । उनका अनुसार कैदीहरुका लागि स्थानीय तहले सिप मुलक तालिमको व्यवस्था गर्न सरोकारवाला निकायहरुले पहल थाल्नु पर्छ ।

कारागारको सुरक्षा नेपाली सेनाले गर्ने

जिल्ला कारागार दैलेखको सुरक्षा जिम्मा नेपाली सेनालाई प्रदान गरिएको छ । कारागार सुरक्षाका लागि खटिएका नेपाल प्रहरी आषन्न प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनमा खटिने भएकाले कारागार कार्यालयको पोष्ट सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको जिल्ला कारागार दैलेखका प्रमुख जित बहादुर खत्रीले जानकारी दिएका छन् । जिल्ला कारागार दैलेखमा रहेका कैदीबन्दीहरु विरामी परेमा अस्पताल लैजान तथा, अदालत लैजानका लागि भने नेपाल पहरीको प्रशासनिक टोली कायमै राखिएकोे खत्रीले जानकारी दिएका छन् ।

निर्वाचन अवधिभर नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइएको दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए । निर्वाचन सकिए लगत्तै नेपाल प्रहरीले नै कारागारको सुरक्षा दिने प्रजिअ न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्