चालू आवको राजस्व संकलन सन्तोषजनक देखिएन



 

नेपाल समाचारपत्र
काठमाडौं
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रबाट विकाशसील राष्ट्रमा र सन् २०३० सम्म मध्यम आय भएको राष्ट्रमा स्तरोन्नतिको लागि ठूलो आन्तरिक स्रोतको परिचालन आवश्यकता हुने बताउनु भएको छ। आन्तरिक राजस्व विभागद्वारा आयोजित व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो।

मुलुकलाई समृद्धितर्फ लानका लागि निजी क्षेत्र, उद्योगी, व्यवसायी र कर प्रशासनबीच समन्वयको आवश्यकता रहेको भन्दै विभागलाई तोकिएका राजस्वलगायत थप राजस्व संकलन गर्न गोष्ठी सफल हुने अपेक्षा गर्नुभयो।नीतिगत सुधारका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै अर्थमन्त्रीले कर कानुनको कडा रूपमा परिपालना र प्रभावकारी अनुगमन गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमसेर राणाले स्थानीय तहको निर्वाचन भइसकेको तथा संघ र प्रादेशिक निर्वाचन हुन लागेकाले आर्थिक भार पर्ने हँुंदा कर प्रशासनलाई जुन लक्ष्य दिइएको छ, त्यो पूरा गर्न निर्देशन दिनुभयो। करदातालाई कर तिर्ने सहज वातावरणको सिर्जना गर्न निर्देशन दिनुहँुंदै करदाताले बिल जारी गर्दा केन्द्रीय सिस्टममा तुरुन्तै देखिने पद्दतिको विकास गर्नुपर्नेमा जोड दिनु भएको थियो।

अर्थसचिव डा. शान्तराज सुवेदीले व्यवसायीले व्यवसायघाटा भयो भन्ने तर उसको रहन सहन र जीवनशैली उच्चस्तरको हुँंदै जांँदा तालमेल हुन नसकेको बताउनुभयो। उहांँले विगतमा गरिएका घोषणापत्रका प्रतिबद्धताहरू कति पूरा भए ? त्यसबाट कति नतिजा प्राप्त भयो ? व्यवस्थापन गोष्ठीमा समीक्षा गर्न निर्देशन दिनुभयो। कर परीक्षण र अनुसन्धान तथा छानविन कार्यलाई गुणस्तरीय बनाउनसमेत निर्देशन दिनुभयो। व्यवसायघाटा हँुंदा कर तिर्न नपर्ने बताउनु हुँंदै व्यवसायीले लुकाउने, छल्ने जस्ता गलत काम गर्न नहुने बताउनुभयो। व्यवसायीबाट उठाइएको करको ठूलो हिस्सा शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिक भत्तालगायतका सामाजिक क्षेत्रमा खर्च गरिरहेको बताउनुभयो।

अर्थसचिव सुवेदीले कर प्रशासनले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनु हँुंदै आर्थिक गतिविधि वृद्धि हुँंदै जाने पर्यटन क्षेत्र, उद्योग व्यवसाय, ठेकेदारले काम गरिरहने तर तदनुसार राजस्व दाखिला नहुने गरेको बताउनुभयो। उहाँंले लामो समय बक्यौता राख्ने करदाताको विवरण सञ्चारमाध्यममार्फत् सार्वजनिक गर्न निर्देशन दिनुभयो।

त्यस्तै राजस्व सचिव शिशिरकुमार ढुंगानाले गत आर्थिक वर्षमा संकलन भएको राजस्वमध्ये कर प्रशासनकै मेहनतले कति संकलन भएको हो समीक्षा गर्न निर्देशन दिनुभयो। चालू आवको साउन र भदौ महिनाको राजस्व संकलनको अवस्था सन्तोषजनक नरहेको बताउनुहँुंदै कसरी लक्ष्यभन्दा बढी संकलन गर्न सकिन्छ भन्नेतर्फ अग्रसर हुन निर्देशन दिनुभयो।

महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपालले व्यवस्थापन गोष्ठीले आगामी कार्ययोजना बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा गर्नुभयो। आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले आन्तरिक राजस्व विभागले प्रत्येक वर्ष आयोजना गर्दै आएको व्यवस्थापन गोष्ठीले राजस्व प्रशासन र कर प्रणालीमा भए गरेका कार्यको विस्तृत रूपमा लेखाजोखा गर्ने, मूल्यांकन तथा समीक्षा गर्ने र आगामी वर्षको लागि कार्य योजना बनाई अगाडि बढ्ने एउटा महत्त्वपूर्ण व्यस्थापकीय औजारको रूपमा प्रयोग गर्दै आएको बताउनुभयो।

स्वेच्छिक कर सहभागिताको माध्यमबाट कर सहभागितामा अभिवृद्धि गर्नका लागि नीतिगत, प्रक्रियागत, संरचनागत र व्यवस्थापकीय एवम् व्यवहारगत सुधार गर्दै करदातामैत्री कर प्रशासनको अवधारणाबाट निर्देशित भई कार्य सम्पादन गरिँदै आएको कार्कीले बताउनुभयो।

महानिर्देशक कार्कीले आर्थिक वर्ष २०७३⁄७४ मा करको दायरा बिस्तार भई १ लाख ९२ हजार ७७६ करदाता थप भई कुल करदाताको संख्या १६ लाख २३ हजार ७८ पुगेको, ८ वटा कार्यालयमा बैंक काउन्टर स्थापना गरिएको, अन्तःशुल्क, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा करको सफ्टवेयर तयार गरी विद्युतीय प्रणालीमा आबद्ध गरिएको जानकारी दिनुभयो।

कार्कीले चालू आर्थिक वर्षको लागि राजस्व संकलनको कुल ७३० अर्बको लक्ष्यमध्ये तीन सय अर्ब विभागको जिम्मेवारीमा परेको, जसलाई हासिल गर्ने कार्य आफैंमा चुनौतिपूर्ण रहेको र सो चुनौति पूरा गर्न सक्ने गरी विभाग तथा मातहत कार्यालयले व्यावसायिक कार्ययोजना निर्माण्ँ गरी कार्य सम्पादन शरु गरिसकिएको समेत जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले करको दायरा वृद्धि भएकाले लक्ष्य पूरा गर्न सफल भएको बताउनुहँुंदै करदाता शिक्षालाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्