झापाको दक्षीणी क्षेत्रमा जंगली हात्तीको आतंक



भद्रपुर (ने.स) । केहि वर्ष यता देखि झापाको दक्षीणी क्षेत्रमा जंगली हात्तीले जनधनको क्षति तिब्र बनाउन थालेपछि स्थानीय स्तरमा चासोको विषय वनेको छ । झापाको उत्तर वाहुण्डाँगी लगायत आसपासका क्षेत्रलाइ हात्ती प्रभावित क्षेत्र मानिदै आएपनि पछिल्लो समय भद्रपुर,हल्दिवारी, केचना लगायतका नगरपालकिा तथा गाँउपालिकामा हात्तीको उपद्रो बढ्दै गएपछि सो क्षेत्रका निर्वाचित जनप्रतिनिधीले गम्भिर रुपमा चासो लिएका हुन् ।

भद्रपुर नगरपालकिा,हलिदवारी र कचनकवल गाउपालकिाको संयोजन तथा जिल्ला वन कार्यालयको सहजीकरणमा शुक्रवार विहान नगरपालिकाको सभाहलमा हात्ती समस्या र समाधानको सम्भावना विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

वाहुण्डागी क्षेत्रमा विद्युतिय तारवार सञ्चालनमा आएपछि भारत पर्किननसकेका जंगली हात्तीले हाल आएर जलथल, भेलागढी,चारआली लगायतको जंगलमा हात्तीले आफ्नो वासस्थान बनाई रातभर मानव वस्तीमा गएर जनधनको नोक्सान पुर्याउने गरेको जिल्ला वन कार्यालयका प्रमुख वोधराज सुवेदीले बृत्तचित्र मार्फत जानकारी गराएका थिए ।

कार्यक्रममा झापामा मानव द्धन्द र व्यवस्थापन,मानव हात्ती द्धन्दका चुनौतिहरु,न्युनिकरणका प्रयास, सम्भाव्य र उपायहरु लगायतको विषयमा अधिकृत सुवेदीले प्रष्ट्याएका थिए । हात्ती वासस्थानलाई मध्यनजर गर्दै १ सय ५० किलोमिटर तारवार साथै जलथल भेलागढी हुदै चारआली सम्म ९ किलोमिटर,प्रगति सामुदायीक वन देखि कालिका वन सम्म ३ किलोमिटर र नवज्याति सामुदायीक देखि थोप्लेविरान वनसम्म १ किलामिटर गरि १३ किलोमिटरको जैविक मार्ग निर्माण गराउन सकेमा हात्तीको न्यनिकरण हुनसक्ने सुवेदीले अवधारणा प्रस्तुत् गरेका थिए ।

केहिदिन अघि झापाका सांसद कृष्ण प्रसाद सिटौला मार्फत स्थानीय तथा हात्ती पीडितवासीले प्रधानमन्त्रीलाई हात्तीको समस्याको बारेमा ज्ञापन पत्र बुझाएपछि र यसअघि पनि विभागलाई वारम्बार जानकारी गराएको विषयलाई चासो लिएर मन्त्रालयको आदेशमा सहसचिव प्रेम कडेललाई विहिवार राती योजनासहितको करिब ९ करोड बरावरको लागत अनुमानको विवरण पठाएको समेत उनले जानकारी गराएका थिए ।

प्रभावित क्षेत्रमा रैथाने ७ देखि ११ ओटा रहेका हात्तीले प्राय धान र मकैको समयमा देखिने गरेको र हाल रैथानेले नै क्षति पुर्याइरहेको उनले जनाए । हालसम्म २८ जना मानिसको ज्यान गएको छ भने ८ ओटा हात्ती मरेको जनाइएको । ज्यान गुमाउनेलाई २ करोड भन्दा बढी राहत रकम वितरण गरिसकिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

कार्यक्रमको वारेमा हल्दिवारीका उपाध्यक्ष डम्बर गिरीले प्रष्ट पारेका थिए । कार्यक्रममा कचनकवल गाउपालिका र हात्ती पीडितको भने उपस्थिती थिएन । नगर प्रमुख जीवन कुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सामुदायीक वनका कर्मचारी,कार्यकारी अधिकृत काजीमान राई,नगर कार्यपालिका सदस्य,वडा अध्यक्ष, वन कर्मचारी पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन कर्मचारी मनकुमार डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्