बझाङमा खुरेत रोगको महामारी, जिल्ला पशुसेवा कार्यालयमै औषधि अभाब



ललित सिहं, बझाङ ।
बझाङमा खुरेत रोगको महामारी भैरहेको छ । जिल्ला पशुसेवा कार्यालय बझाङमा औषधिको अभाब भएको छ । राज्यबाट पशुचौपाया लाई लाग्ने रोगहरु मध्ये ७ प्रकारको औषधि निशुल्क बितरण गर्ने भए पनि यहाँ जिल्ला पशुसेवा कार्यालयमा भने दुई प्रकारको औपधी मात्र न्युन मात्रामा पाईने गरेको छ ।

जिल्लाका बिभिन्न ठाउँगाउँबाट बर्खा यम्मा पशु चौपायालाई रोग लागे पछि  औषधी लिन गाउँबाट आएका स्थानिय बासिन्दा खाली हात घर फर्कनु पर्ने भएको पशु ब्याबसायीहरुको गुनासो छ । कार्यालयमा खुरेत रोगको उपचारका लागी मुख्य मानीने औषधिहरु बिरामी भएका चौपायाहरुका घाउ सफा गर्नेर किरा मार्ने,ज्वरो बिरुद्धको औषधि, बिष नलाग्ने,क्षरौटी, घाउ कम गराउने जस्ता मलम र पाउर र झोल प्रदार्थ चौपायाहरुको रोगको उपचार गर्नलाई पाउने औषधि जिल्ला पशुसेवा कार्यालयमा नपाईने भए पछि जिल्ला भरीका पशु पालक ब्याबसायीहरुको पेसानै  धरापमा परेको छ ।

खप्तड छान्ना गाउपालिका वडानं. ६ बयाना गाउँमा बाखा्र पालन गदै आएका लोकेन्द्र बहादुर थापा भन्छन् गाउँमा ६५ बटा बखा्र पालन ब्याबसायी गदै आएको छु यो बर्खाको यम्मा बाखा्रलाई खुरेत भन्ने रोग लागेकाले सबै बाखा्र बिरामी भएका छन् । यस मध्ये पनि २७ वटा बाखा्र त थला परेको छन् न घाँस खान्छन् नत हिडडुल गर्न सक्छन् ।

बाख्राको औषधी उपचारको लागी नजिकैको छान्ना पशु सेवा कार्यालयमा खुरेतको औषधी लिन जादा सो कार्यालयमा औषधी को औ पनि नपाए पछि जिल्ला पशु सेवा कार्यालमा पाउन्छ भनेर पुरै एक दिन पैदल हिडेर आए तर यहाँ जिल्ला पशु सेवा कार्यालमा भने खुरेत रोग र पशु चौपायालाई लाग्ने कुनै रोगको पनि औषधी सकिएको भन्दै बाहिर एग्रोभेडबाट औषधी किनेर लिनु भन्दै कागजमा लेखेर दिन्छन् । जिल्ला भरीको मुख्य पशु सेवा कार्यालय हुदाँ पनि आफू खाली हात घर फकिनु परेको दुखेसो पोखे । उनले भने पशु चौपाया (बाख्रा) को लागी औषधि बाहिरी एगा्रेभेडमा औषधि किन्ने पैसा नहुँदा आफु रित्तोहात घर र्फकनु परेको बाखा्र पालक लोकेन्द्र बहादुर थापाले बताए ।

बिगत लामो समय देखि गाउँमा भेडा पालन ब्याबसायी गदै आएको छु करिब २ सय भेडा पालिरहेको छु यही साउनको दोसा्े साताबाट भेडालाई खुरेत रोग लागेको छ औषधिको लागी छान्ना पशु सेवा केन्द्र देखि जिल्ला पशु सेवा  कार्यालयमा पनि खुरेत रोगको औषधि अभाब भएकाले गाउँमा भेडा दिनानु दिन मर्दै आएका छन् अहिले सम्म आफ्रनै १५ वटा भेडा खुरेत रोगकै कारण मरिसकेको नवराज सिहंले बताए ।

यति पहल गर्दा गदै जिल्ला पशु सेवा कार्यालममै औषधि नपाईए पछि कति भेडा बाख्रा मर्ने हुन थाहैनै छैन खप्तड छान्ना गाउपालिका वडानं. ७ का भेडापलक नवराज सिहंले बताए । यस्ता कार्यालयहरुलाई पनि के सरकारी कार्यालय भन्नु गाउँमा हामी गरिब जनताका भेडा, बाखा्र, गाई, गोरु , भैसी दिनानु दिन खुरेत रोगका कारण मर्दै गएका छन् । ५ घण्टाको पैदल बाटो हिडेर जिल्ला सम्म पुग्दा पनि अझै औषधि नपाएर खालीहात घर फर्कनु पर्ने भएको छ ।

खुरेत रोगका लक्ष्ण पशु चौपायाहरुका मुख पाक्ने घासँ खान नसक्ने , खुट्टा सुनिने र पाक्ने , ज्वरो आउने जस्ता लक्षण हुन् । खुरेत रोग एकै छान्ना क्षेत्रमा मात्र नभई सदरमुखकाम मै जोडीएको जयपृथ्बी नगरपालिका वडानं. ८ मा पनि खुरेत रोगका कारण एकै घरको चार पाँच बाख्रा र गाई गोरु मर्दै गएको जयपृथ्बी नगरपालिका ८ का वडाध्यक्ष नवराज कोईरालाले बताए । उनले भने सदरमुख काम नजिकैको ठाउँमा त यस्तो समस्याको हल हुन सकेको छैन् भने बिकट ठाउँको समस्यात सहजै थाहा पाउन सकिन्छ  ।

यहाँ दिनको ३ देखि चार पशु चौपायाहरु  खुरेत रोगकै कारण मर्ने गरेको छन् वडा अध्यक्ष कोईरालाले बताए । उनले भने यत्रो जिल्ला पशु सेवा कार्यालय छ तर गाउँबाट गएका ब्याबसायीहरु पशु चौपायहरुको लागी औषधि नपाए रित्तोहात घर फर्कने गरेका छन् ।

यो रोग जिल्लाको मस्टा गाउपालिकामा पहिलो पल्ट देखा परेर पछि अन्य ठाउँमा सदै गएको जिल्ला पशु सेवा प्राबिधिक कर्ण बहादुर खड्काले बताए । उनले भने यो खुरेत रोग जिल्ला भरी महामारी रुपमा फैलिएको छ तर यो रोगलाई न्युनीकरण गर्न खुरेत रोग लाग्नु भन्दा पहिला रोकथामको लागी भ्याक्सिन लगाउनु पने हो तर गाउँमा जादा स्थानीय पशु ब्याबसायी आफ्नो पशुलाई लगाउन मान्दैन् पछि यस रोगको महामारी भैसकेपछि औषधि थरेको पनि औचित्य हुदैन्न खड्काले बताए । यता बरिष्ठ पशु सेवा चिकित्सा जितेन्दमान श्रेष्ठ भन्नु हुन्छ पशु चौपाया रोगको लागी औषधि  उपचारको लागी जम्मा ३ लाख मात्र बाषिक बजेट आउने गर्छ एका तर्फत औषधि खरिदको लागी रकमै कम आउने भए पछि जिल्लामा प्रयाप्त मात्रामा औषधि नपुग्न सक्ने बताए ।

जिल्लामा १२ वटा पशु सेवा केन्द्र र एक पसु सेवा कार्यालय लार्गी जिल्लामा १३ वटा कार्यालयहरु पश चौपायाहरुको उपचार र सुरक्षको लागी लागी रहेका छन्  तर यिनी कार्यालयहरु कामको नभई नामको मात्र हुन गएको नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिहंले बताउनु भएको छ । उहाँले भन्नु भयो जिल्लामा पशु चौपाया उपचारको लागी जिल्लाले माग गरे अनुसारको रकम आउन्छ तर बझाङको एकै पशु कार्यालय मात्र नभई जिल्लाका सबै कार्यालयमा सेवाग्राहिको समस्या यस्तै भएको अगुवा सिहंले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्