विमानस्थल बन्ने चर्चाले खुसीसंगै चिन्ता बढायो



गोकुल घोरसाइने, बारा ।
गाउ“मा ठुला विकास आयोजना संचालन हुन लाग्दा खुसी नहुने को पो होला र । तर दोस्रो अन्तराष्ट्रिय विमानस्थल बन्ने चर्चासंगै रमाएका बारा जितपुरसिमरा उपमहानगरपालिका १६ टा“गियावस्तिका बासिन्दाको खुसी भने हिजोआज हराउदै गएको छ ।

विमानस्थल निर्माणको प्रारम्भिक काम अघि बढेसंगै प्रस्तावित आयोजना स्थलभित्र बसोबास गर्ने १ हजार ४ सय ७६ घरधुरी सुकुम्बासी परिवारमा अहिले एउटै चिन्ता छ– उचित पुर्नबास बिना नै आयोजनाको काम शुरु गर्न लागेर सरकारले कतै बिचल्लीमा पार्न लागेको त होइन ।

बिमानस्थल निर्माणको प्रारम्भिक चरणको कामसंगै नम्बरी जग्गाको मुअब्जा वितरण समेत शुरु गरेको आयोजना फिल्ड कार्यालय सिमराले टा“गियावस्तिको पुर्नबास र मुअब्जा बारे हालम्म पनि चासो नदेखाएपछि स्थानीयमा चिन्ता बढन थालेको हो ।

प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर संयोजकत्वको समितिले आयोजना क्षेत्रभित्र पर्ने साविक करैया गाविस ८ र ककडी १ मा मुअब्जा निर्धारण गरी जग्गा प्राप्ति ऐन ०३४ को दफा ९ र १० अनुसार अधिग्रहरण प्रकृया शुरु गरेको छ । समितिले प्रति कठ्ठा २ लाख ४० हजारदेखि ४ लाख ६० हजार रुपैया मुअब्जा त्ँेकेपछि जिल्ला प्रशासन कार्यालय बाराले ३० दिनभित्र फिल्ड कार्यालय सिमरामार्फत रकम बुझ्न असार ३० गते दोस्रो पटक सार्वजनिक सुचना गरेको छ ।

जिप्रकाले यसअघि गत चैत्र महिनामा पहिलो पटक सार्वजनिक सुचनामार्फत स्थानीयलाई मुअब्जा बुझ्न बोलाएको थियो । १ सय २० परिवारको बसोबास रहेको दुबै गाउ“को करिव १ सय बिगाहा नम्बरी जमिन अधिग्रहरण गर्दैछ । तर समितिले तोकेको मुअब्जा रकम अपुग भन्दै उनीहरु मध्ये ६ जना मात्र सम्पर्कमा आएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए । उनले प्रकृया शुरु भइसकेकाले धनीहरु नआए पनि नियमानुसार अधिग्रहण गरिने जानकारी दिए ।

यसअघि सिमाङ्गक र चार किल्ला निर्धारणको काम पुरा गरिसकेको अयोजना कार्यालय हाल विमानस्थल क्षेत्रको घेराबारा, प्रवेश मार्ग निर्माणको काम र वातावरणीय प्रमाव मुल्याङ्गकन (इआइए) रिपोर्टलाई अन्तिम रुप दिने तयारीमा जुटेको छ । विमानस्थल निर्माण गर्न सरकारले चालु आर्थिक बर्षको बजेटमा १ अर्ब ५० करोड रकम बिनियोजन गरेको छ ।

 

‘विमानस्थलको पुर्वाधार निर्माणको कामसंगै अन्यत्र मुअब्जा वितरण शुरु भइसक्यो, टा“गियावस्ति सरकोकार समितिका संयोजक रमेश सापकोटाले भने, तर हाम्रो बारेमा अहिलेसम्म कुनै टुङ्गो छैन ।’ माग सुनुवाई नगरी सरकारले धमाधम काम अघि बढाएकोले स्थानीयमा शंका र अन्यौल बढेको सापकोटा बताउछन । मुअब्जा र वस्ति व्यवस्थापनको टुङ्गो नलागेसम्म पुर्वाधार लगायतका आयोजनाको अन्य कुनै काम पनि अघि बढाउन नहुने सापकोटाको भनाइ छ ।

स्थानीयले मुअब्जा बापत आयोजना स्थलको ३ किमीभित्र भौतिक पुर्वाधार सहितको प्रति परिवार २ बिगाहा ५ कठ्ठाका दरले जमिन पाउनु पर्ने सहित ७ माग अघि सारेका छन । घरसार खर्च, स्थान्तरणपछिको डेढ बर्षसम्म रासनपानी भरणपोषण र आयोजनामा एक घर एक रोजगारीको ग्यारेन्टी जस्ता माग राखेका छन उनीहरुले ।

संयोजक सापकोटाले पटकपटक जानकारी गराउदा पनि संवन्धित निकायबाट आश्वासन बाहेक अहिलेसम्म केही पनि नपाएको पनि सुनाए ।

 

विमानस्थल क्षेत्रभित्र रहेको मध्ये टा“गिया सबै भन्दा ठुलो वस्ति हो । ८ हजार भन्दा बढी जनसंख्या बसोबास रहेको वस्ति करिव ५० बर्ग किमी क्षेत्रमा फैलिएको छ । तामागढी क्षेत्रको जंगल फडानीपछि रोपिएका विरुवा गोडमेलसंगै बाली समेत लगाउन पाउने गरी वन कर्मचारले ०३१ सालतिर वस्ति बसाएका हुन । बिरुवा हुर्केपछि अन्यत्र सार्ने भनिए पनि तत्काल उचित प्रवन्ध हुन नसक्दा सुकुम्बासीले स्थायी बसोबास थालेका हुन । ‘शुरुमा सरकारले नै बोलाएर राख्योे, टा“गियाका अर्का स्थानीय सुमन थोकर भन्छन, विमानस्थलको लागि खालि गर्नु पर्ने भएपछि अहिले मुअब्जामा आनाकानी गर्दैछन ।’ थोकरले आफुहरु आयोजना विरोध नभएको तर जायज माग पुरा नगरी काम अघि बढाए अवरोध गर्ने पनि सुनाए ।

‘बिमानस्थल बन्नु पर्छ, उनले भने, तर जनतालई बिचल्लीमा पार्नु भएन ।’ आयोजना फिल्ड कार्यालय सिमरा प्रमुख हरी अधिकारी जंगल क्षेत्रमा बसोबास गरेकाको हकमा दिने प्रावधान नभएकाले टा“गियावस्तिको मुअब्जा बारे हालसम्म कुनै निर्णय हुन नसकेको बताउछन । ‘वन क्षेत्रकालाई दिने कुनै कानुनी आधार छैन, अधिकारीले भने, दिने भए पनि सरकारले क्याबिनेटबाट निर्णय गर्नु पर्छ ।’

प्रमुख अधिकारीले इआइए रिपोर्ट फाइनल गर्ने क्रममा मुअब्जा वा क्षेतिपुर्ति बारेमा स्थानीयसंग छलफल गरेर सहमतिमा टुङ्ग्याइने पनि जानकारी दिए । आयोजना स्थलभित्र पर्ने कोल्हवी नपा ५ को वन क्षेत्रमा ४५ घरधुरी सुकुम्बासी परिवारको बसोबास गर्ने इटियाहीको मुअब्जा बारे पनि आयोजना कार्यालय मौन छ ।

 

प्रतिक्रिया दिनुहोस्