लगातारको हिमपातले यार्सा संकलनमा प्रभावित, सयौंमा स्थानिय आंखा पाक्ने रोगको संक्रमण



ललित सिहं, बझाङ्ग ।
जिल्लाको यार्सा संकलन गर्ने हिमाली क्षेत्रमा लगातार हिमपात सुरु भए पछि यार्सा संकलनमा प्रभाब परेको छ ।

यार्सा संकलन क्षेत्र हिउले ढाके पछि यार्सा टिप्न भनेर पाटन उक्लिएका संकलकहरु बेसी तिर झर्न थालेका छन ।

यार्सा संकलन क्षेत्रमा ‘डेढ दुइ फिट हिउं जमेको छ । यार्सा टिप्ने ठांउ सबै तिर हिउंले ढाकेको छ’ कांडाका गाउपालिकाका एकजना संकलक रुन्छे बोहराले टेलिफोन माफर्त भने ‘हिउं पग्लेला र किरा टिपौला भनेर बसेको एक महिना हुन लागी सक्यो । अझै हिम दैनिक पर्ने भएकाले पग्लिनुको साटो हिउं थपिरहेको छ ।

हिमपातले गर्दा काडां गांउपालिकामा पर्ने माझा, फरालखेत, कालापानी, राइढुगी स्याङवन लगायतका यार्सा संकलन क्षेत्र सेताम्मे भएका छन । यस्तै सुर्मा गांउपालिका अन्र्तगतका जलजला, डांफेचुली, तपोवन, डांडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुङ्गा लगायतका क्षेत्रमा पनि बाक्लो हिउं जमिरहेको स्थानियले बताएका छन ।

यार्सा संकलन क्षेत्रमा मोटो चामल प्रति किलो २ सय रुपैया पर्छ भने एक पोका चाउचाउको १ सय रुपैया पर्ने गरेको कांडाका बसन्त बोहराले बताए ।

बाक्लो हिउंले जमिन ढाकेपछि धेरै संकलकहरुमा आंखा पाक्ने रोगको संक्रमण देखिएको उनले बताए ।
यो संक्रमणबाट केटाकेटीहरु बढी प्रभावित भएको उनको भनाई छ । कांडाका कालापानी, माझा र राइढुङ्गी क्षेत्रमा मात्र ७÷८ सय मानिसहरु आंखा पाक्ने रोगले संक्रमित भएको बसन्त बोहराले बताए ।

लगातार भैरहेको हिमपातका कारण यार्सा संकलन अन्य बर्षको भन्दा यो बर्ष कम हुने उनको अनुमान छ । ‘किरा टिप्ने सिजन भनेकै बैसाख र जेठ महिना हो’ उनले भने ‘हिउं परेका कारण बैसाखमा संकलन नै भएन । हिमपात रोकियो भने जेठको एक महिना मात्र टिप्न पाइने हो ।

यो वर्ष पहिला भन्दा निकै कम संकलन हुने देखिन्छ’ असारमा जमिनमा घांस पलाउन सुरु हुने र यार्सा नदेखिने बताउने उनले जेठमा हुने चुनावका कारण पनि यो वर्ष अघिल्लो वर्ष भन्दा कम यार्सा संकलन हुने दावी गरेका छन् । ।

प्रतिक्रिया दिनुहोस्