काभ्रेको ठूलीचौरमा आन्तरिक विमानस्थल निर्माणको तयारी



दिपेन्द्र थापा, काठमाडौं

देशको एक मात्र अन्तर्रािष्र्ट«य विमानस्थमा रहेको चाप न्युन गर्नेे उद्दश्यले साना र आन्तरिक उडानका जहाजका लागि सरकारले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको विकल्पमा छुट्टै आन्तरिक विमानस्थल निर्माणको प्रक्रिया अघि बढाएको छ। काभ्रे जिल्लाको ठुलीचौरमा ७ सय ३० रोपनी क्षेत्रफल जग्गामा ८ सय मिटर लम्बाई र २० मीटर चौडाईको रनवे भएको विमानस्थल निर्माणका लागि नागरिक उड्ययन प्राधिकरणले आन्तरिक तयारी थालेको हो।

विमानस्थल निर्माणका लागि सन् २०१० मा नै जोशी एसोशिएसनले अध्ययन प्रतिवेदन तयार पारेपनि विमानस्थल निर्माणको काम अगाडि बढ्न सकेको थिएन। तत्कालीन समयमा भकुन्डेवेसी चोभार डाडाको समेत प्रारम्भिक अध्ययन गरेको थियो। उच्च भागमा कुहिरो नलाग्ने भएर सो क्षेत्रहरूलाई छनोट गरिएको प्राधिकरणका प्रबक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। सो अध्ययन समितिले विमानस्थल निर्माणकालागि गुरुयोजना समेत बनाएको थियो।

सन् २०१० मा तयार पारिएको अध्ययन प्रतिवेदनले रनवे बढाउन जंगल भएकाले वातावरण मन्त्रालयको स्विकृति लिनु पर्ने, निर्माणस्थलमा बस्ती भएकाले स्थानीयको सर्मथन हुनुपर्ने, जियो टेक्नोलोजीको थप अध्ययन गर्नु पर्ने, चट्टान ठुलो मात्रामा रहेकाले उक्त चट्टानको विस्फोट गर्नु पर्ने, चट्टान माथि र तल बस्ती भएकाले स्थानान्तरण नगरी बिस्फोट गर्न नमिल्ने, ठुला विमान उडाउन नसकिने जस्ता समस्याहरू औल्याइएको थियो। यिनै समस्याका कारण ठुलीचौरमा विमानस्थल निर्माणका लागि अनुपयुक्त रहेको प्रतिवेदनमा उल्लेख छ।

महानिर्देशक सञ्जिव गौतमले ठुलीचौरमा आन्तरिक रनवे निर्माणका लागि क्रमिक अध्ययन गरिरहेको भएपनि बीचमा त्रिभुवन विमानस्थल, पोखरा, भैरहवा लगायत विमानस्थल र्निमाणमा बढी चाँसो दिएकोले ठुलीचौर विमानस्थल ओझेलमा परेको बताउनुभयो। यद्यपी पोखरा, भैरहवा र निजगढ विमानस्थलले पनि अहिले गति लिन सकेको छैन। प्राधिकरणले अबको दुई– तीन महिना भित्रमा डिएसएसको प्रक्रियामा अगाडि बढाउने गरी आन्तरिक रूपमा तयारी गरिरहेको छ। सात वर्ष अघिदेखि योजना तयारी भएपनि लगानीको अभावमा काम हुन सकेको थिएन। सो योजना १२ सय मिटरको रनवे र ३० मिटरको चौडाईमा निर्माण हुने तयारी भएको छ।

८ सय मिटरको रनवे र २० मिटरको चौडाई भएको विमानस्थल निर्माणका लागि अवधारणापत्र तयारी थालेको महानिर्देशक गौतमले बताउनुभयो। निर्माणपछि ठुलीचौर विमानस्थलबाट पहाडी क्षेत्रमा मात्र उडान भर्नेछन। जसले गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा न्युन भार पर्नेछ।

स्थानीय तहको निर्वाचनपछि नगरपालिकासंग कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भनेर छलफल गर्ने गौतमको धारणा थियो। भिएसआर फ्लाईटमात्र राख्ने गरी विमानस्थलको निर्माण हुनेछ। पोखरा, भरतपुर, जनकपुर, लुक्ला विमानस्थलहरू अहिले पनि भिएसआर प्रविधिमै संचालन भईरहेका छन। यसका लागि पूर्व सम्भाब्यता अध्ययन (प्रिफिजिबिलिटी स्टडी) गरिसकेको प्राधिकरणले जनाएको छ। अब विस्तृत सम्भाब्यता अध्ययनका लागि प्राधिकरणले केही हप्ताभित्रै टेण्डर आह्वान गर्ने तयारी गरेको छ। यसमार्फत परामर्शदाता छनौट गरी ठूलीचौरमा डोमेस्टिक एयरपोर्ट निर्माणका लागि काम सुरु गर्ने योजना प्राधिकरणको छ। स्थानीय सरकार गठन हुनासाथ स्थानीय रूपमा लिनुपर्ने अनुमति र समन्वयको काम टुंग्याउँने गौतमले बताउनुभयो।

ठूलीचौरमा ८ सय मिटरको मात्रै रनवे बन्ने अध्ययन सर्वेक्षणले देखाएपछि साना विमानका लागि मात्र उपयुक्त हुनेछ। तर आन्तरिक उडान भर्ने ठूला विमानलाई भने काठमाडौं बाटै उडाइनेछ। त्रिभुवन विमानस्थलबाट हाल आन्तरिकतर्फ दैनिक ३ सय १९ र अन्तराषर््िट्रयतर्फ सय उडान हुँदै आएको छ। नेपालमा हाल आन्तरिकतर्फका ८९ वटा जहाजमध्ये अधिकांश जहाज त्रिभुवन विमानस्थलमा पार्किङ हुने गरेका छन्। आन्तरिक उडान गर्नका निम्ति २०७३ सालमा मात्रै १६ वटा जहाज नेपाल भित्रिएका छन्। २०७४ सालको शुरूआतमै ३ वटा जहाज भित्रिसकेका छन्। ८६ जहाजमध्ये ११ वटा जहाज ग्राउन्डेड छन् भने ७८ जहाजले नियमित उडान प्राधिकरणले जनाएको छ। करिब ३५ प्रतिशत उडान साना विमानहरूले पहाडी क्षेत्रमा केन्द्रित गर्दै आएका छन्। साना विमानका लागि उपयाग गर्ने योजना बनाइएको छ। ट्विनअटर, ड्रोनियर, लगायत विमान लाई ठूलीचौरबाट उडाउने योजना बनेको छ।

आन्तरिक उडान गर्ने वायु सेवा कम्पनीहरूले उडान स्वीकृति लिँदा उपत्यका बाहिरका पार्किङ गर्ने भने पनि पछि त्रिभुवन विमानस्थलमै पार्किङ गर्दै आएकाले थप चाप बढेको प्रवक्ता श्रेष्ठको भनाइ छ। उहाले भन्नुभयो–‘हवाई कम्पनीहरूले बाह्य विमानस्थलमा पार्किङको स्वीकृति लिएर त्रिभुवन विमास्थलमानै पार्किङ गर्ने परम्परा बढेको छ, यसलाई कडाईका साथ लागू गर्न प्राधिकरण लागिपरेको छ।’

प्रतिक्रिया दिनुहोस्