यसरी गरे उद्योगी व्यवसायीले मतदान



स्थानीय तहको पहिलो चरणमा उद्योग उद्योगी व्यवसायीहरूले पनि उल्लेख्य सहभागिता जनाएका छन्। केही उद्योगी व्यवसायीहरूले उम्मेदवारी नै दिएका छन् भने केही व्यवसायीहरू विदेश तिर छन्। उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगरका उपाध्यक्ष प्रमोद श्रेष्ठ बेनी नगरपालिकामा मेयरको उम्मेद्वार हुन भन खुद्रा व्यवसायी संघका अध्यक्ष प्रवित्र बर्जाचार्य काठमाडौंमा संघिय समाजवादी र नयाँ शक्तिबाट मेयरका उम्मेदवार बनेका छन्। त्यस्तै व्यवसायीहरूको संस्था राष्ट्रिय व्यवसायी पहल(एनबिआई) निर्वाचनको अनुगमन प्रवेक्षकको रूपमा खटिएकोछ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका र हालको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा विदेशमा छन्।

त्यस्तै ज्योति गु्रपका निर्देशक सौरभ ज्योति पनि विदेश भ्रमणमा छन्। निजी क्षेत्रको उद्योगी व्यवसायीहरूको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले दोस्रो चरणको निर्वाचनमा मात्र सहभागिता जनाउनेछिन। मतदाता नामावली नेपालगन्जमा भएको हुँदा राणाले यो पटकको निर्वाचनमा भोट हाल्न नपाउनुभएको हो। २०६४ सालको संविधानसभाको निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक तर्फ सांसद् रहनुभएका सीजी ग्रुपका अध्यक्ष तथा अर्बपति व्यापारी विनोद चौधरीले नवलपरासी जील्लाबाट मतदान गर्नुभएको छ। कसरी गरे त उद्योगी व्यवसायीले मतदान। यसै विषयको सेरोफेरोमा नेपाल समाचारपत्रका हेमन्त जोशी र दीपेन्द्र थापाले लिएको प्रतिक्रिया।

विनोद चौधरी
अध्यक्ष, चौधरी गु्रप
अर्वपति व्यापारी विनोद चौधरीले नवलपरासीको दुम्कौलीस्थीत सीजी उद्योग पार्कमा रहेको मतदानकेन्द्रबाट मतदान गरे। निर्वाचनले लोकतन्त्र संस्थागत गर्छ र लोकतन्त्र संस्थागत भएपछि विकासको बाटो खुल्छ भन्दै चौधरीले सामाजिक संजालमा मताधिकार गर्नपाउँदा गौरवको अनुभुति गरेको छु भन्दै प्रतिकृया समेत दिनुभएको छ। चौधरी २०६४ सालको संविधानसभाको निर्वाचनमा एमालेको तर्फबाट समानुपातिक सभाषदमा चुनिएका थिए।

चन्द्र ढकाल
एुसोसियट तर्फका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
काठमाडौं महानगरपालिका वडा नंम्बर ४ विशालनगरबाट मतदान गरे। स्थानीय निर्वाचन हुनु नै संविधान कार्यान्वयनको महत्वपूर्ण पाटो हो। निर्वाचित जनप्रतिनिधिहरूले संविधान कार्यान्वयनको पाटोमा सकारात्मक भएर लाग्न जरुरी छ। अधिकारको बाँढफाँटले केन्द्र र स्थानीयस्तरको दुरी घटाउने भएकाले पनि निर्वाचन आवश्यक थियो। समग्रमा पहिलो चरणको निर्वाचन उल्लासपूर्ण सहभागिताका साथ सम्पन्न भएकोमा खुशी लागेको छ।

अनिल केशरी शाह
अध्यक्ष, बैंकर्स एशोसियसन नेपाल
मैले काठमाडौं महानगरपालिका वडा नम्बर १ नक्साल भगवतीबाट मतदान गरे। आजको मतदान र संविधानसभाको चुनावमा के फरक पाँए भने एक दुईदिनमा काठमाडौका सडक खालि भएका छन भने जनसंख्या पनि निकै घटेको छ।

भनेपछि, काठमाडौंँलाई घर भन्ने त हामी थोरै मात्र रहेछाँै। महानगरपालिका र वडामा जसले जितेपनि काठमाडौँबाट उठेको कर काठमाडौंकौ पुर्वाधार निर्माणमा खर्च गर्नु पर्यो। यतातिर चाँहि निर्वाचित प्रतिनिधिहरूले ध्यानपुर्याउन जरुरी छ। काठमाडौंमा पानी कहिले आँउछ, कान्तिपथको निर्माण कहिले हुन्छ भन्ने तिर ध्यान दिन सक्नुपर्छ। रेल कहिले आँउछ र कति मेगावाट विद्युत कहिले बन्छ बनेर बहस गर्नु जरुरी छैन। यसर्थ कुनै एक प्रदेशले बढी कर तिर्छ भने त्यहि प्रदेशमा खर्च हुनपर्यो।

उमेशलाल श्रेष्ठ

वस्तुगत तर्फका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

मैले ललितपुर महानगरपालिका वार्ड नं २१ सानेपाको विकाश स्कुलबाट मतदान गरे। स्थानीय निर्वाचनले राजनितिक स्थायीत्वका साथै स्थानीय निकायको निर्वाचनपछि आर्थिकक्षेत्र चलायमान हुनुका साथै विकाश निर्माणका कामहरूले गति पाउनेछ। स्थानीय निर्वाचनले अधिकार सम्पन्न शक्तिशाली स्थानीय निकाय बनाउने भएकोले स्थानीयस्तरका समस्या स्थानीयतह सुल्झिनेछन्।

शुसील भट्ट

अध्यक्ष, नेपाल व्यवस्थापक संघ

काठमाडौ महानगरपालिकाको वडा नं. ३४ पुरानो बानेश्वरबाट मतदान गरे। नयाँ संघीय संविधानको मर्म अनुरूप स्थानीय निकायलाई अधिकार दिएरको मात्र नभई उत्तरदायी पनि बनाएको छ। विकाशका काममा बढी जिम्मेवार भएर लाग्नुपर्ने बेला आएको छ। यसका लागि निर्वाचित जनप्रतिनिधिहरूको काम गर्ने पुरानै तरिकाले हामीले विकाशको लक्ष हासिल गर्न सक्दैनौ र यसकालागि नयाँ तरिकाको सोच र कार्य तरिका पनि आवश्यक छ।

कमला श्रेष्ठ

अध्यक्ष ब्युटिशियन प्रोफेसनल एशोसियसन नेपाल
मैले ललितपुर महानगरपालिका वडा नंम्बर १ कुपण्डोलबाट मतदान गरे। अहिले हामीसबैको भनाई एउटै हो। हामी सबै एकदमै धेरै उत्साही थियाँै निर्वाचन र मतदानका लागि। हरेक क्षेत्रमा अधिकारको बाँढफाँट भएको र हाम्रा समस्या सुनाउने ठाँउ नै स्थानीय निकाय हो। तहगत रूपमा जनताका कुरालाई सम्वोधन गर्न सक्ने हो। भष्ट्रचार पनि कम हुन्छ कि भन्ने पनि आशा लिएका छाँै। चुनावको प्रकृयामा मतदाता नामावली, चुनाव चिन्ह लगायत अन्य विषयमा अन्योलता देखिएको छ। पिएचडी गरिसेका मानिसलाई पनि यसले अलमलमा पारेको छ भने गाँउतिर र बुढापाका हरूलाई कति गाह्रो भयो होला ? यसकारण पनि मलाई धेरै मत बदर हुन्छ जस्तो लागेको छ। निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रम नै प्रभावकारी भएन। यसले गर्दा पनि हामीले सही उम्मेदवारलाई छनौटमा पनि असर पारेको छ।

विनायक शाह

अध्यक्ष, होटल संघ नेपाल(हान)

काठमाडौ महानगरपालिका वडा नंम्बर ५ सानो गौचरण मतदान केन्द्रबाट मतदान गरे। मतदानका लागि एकदमै उत्साहित थिए भए अब मतदान पछि एकदमै खुशी पनि लागेको छ। अहिलेसम्म हामी राजनितिमै अड्किएर रह्यौ। अब पनि हामीले आर्थिक क्षेत्रलाई अगाडि बढाएनौँ भने विकाशमा झन् पछि पर्छौ। स्थायित्व र विकाशतिर अग्रसर हुन जरुरीछ। संविधान नै लागु हुन्छ कि हुदैन भन्ने अन्योल रहेका बेला स्थानिय तहका निर्वाचनले कार्यान्वयनको पक्षमा झन् उर्जा थपेको छ।

ज्ञानेन्द्रलाल प्रधान

कोषाध्यक्ष नेपाल उद्योगवाणिज्य महासंघ

काठमाडौं महानगरपालिकाको डिल्लीबजार स्थित चारखाल मतदानकेन्द्रबाट मतदान गरे। पहिलो चरणमा सम्पन्न भएको स्थानीय तहको बारेमा भन्नुपर्दा के छ भने, उद्योगी व्यावसायीहरूको लगायत समग्र आर्थिक क्षेत्रले सधैं राजनितीक स्थीरताको आशा राखेको हुन्छ। संविधान पूर्णरूपमा कार्यान्वयन हुन बाँकी नै छ र सबै तहको निर्वाचन संविधान कार्यान्वयनकै एक चरण हो। र स्थानीय निर्वाचनपछि एउटा अंगकै रूपमा विकाश हुने हो। उद्योगी व्यावसायीहरू नै निर्वाचनमा उठेका पनि छन्। अहिलेको राजनितिक अवस्थाबाट वाक्कदिक्क भईसकेका जनताका लागि नयाँ आशा पनि जगाएको छ।

प्रतिक्रिया दिनुहोस्