दूधको माग धान्न भारतबाट आयात गरिँदै



दीपेन्द्र थापा, काठमाडौं

उपत्यकामा दूधको बढ्दो मागलाई सम्बोधन गर्न दुग्ध विकास संस्थानले भारतबाट दैनिक २० हजार लिटर दूध आयात गर्न थालेको छ। संस्थानले ग्लोबल टेन्टरमार्फत् छनोट भएको भारतको पटना डेरीबाट वैशाख १३ गतेबाट दूध आयात गर्न थालेको हो।

हाल सुख्खा याम भएकाले स्वदेशी दूधले स्थानीय मागलाई धान्न नसकेपछि भारतबाट दूध आयात गर्नु परेको संस्थानले जनाएको छ। फागुनदेखि असारसम्मको सुख्खा याममा स्थानीय दूध संकलन घटेको अनुपातमा दूध तथा दुग्धजन्य पदार्थको खपतमा गिरावट आएको संस्थानले जनाएको छ।

पटनाबाट हेटांैडासम्म पटना डेरीले आफ्नै ट्यांकरमार्फत् दूधको ढुवानी गर्नेछ भने हेटांैडाबाट काठमाडौंसम्म संस्थानकै ट्यांकरमार्फत् ढुवानी गरिनेछ। पटना डेरीबाट दैनिक रूपमा १२ हजार लिटर र ९ हजार लिटरका २ वटा ट्यांकरले दूध ढुवानी गरेर हेटौडा दुग्ध वितरण आयोजनाको डिपोसम्म ढुवानी गर्नेछ।

भारतबाट आयात गर्न लागिएको दूधको मूल्य प्रतिलिटर ५४ रुपियाँमा काठमाडांै आइपुग्नेछ। त्यसलाई संस्थानले पास्चराइज्ड गरेर उपभोक्तामाझ वितरण गरिनेछ।

आयातित दूधको गुणस्तर नेपालमै उत्पादित दूधको बराबर नै हुने दुग्ध विकास संस्थानका व्यापार प्रवद्र्धन अधिकृत सञ्जीव झाले बताउनुभयो। नेपाल समाचारपत्रसँंग कुरा गर्दै उहाँले भन्नुभयो– ‘फागुनदेखि वर्षायाम शुरू नहुन्जेलसम्म सुख्खा मौसम भएकाले पशुको लागि हरियो घाँस उत्पादन नहुने हुँदँ सो समयमा दूधको उत्पादनमा कमि आउने भएकाले हाल भारतबाट दूध आयात गर्नु परेको हो। बजार मागलाई धान्नको लागि हाल भारतबाट आयात गरेर बजारमा पु¥याई रहेका छांै स्वदेशी दूधको उत्पादनमा वृद्धि हुनासाथ आयात बन्द गछौं।’
ग्रामीण क्षेत्रका दुग्ध उत्पादक कृषकलाई उनीहरूले उत्पादन गरेको दूधको उचित मूल्यको साथै निश्चित बजारको व्यवस्था गर्ने काम संस्थानले गर्दै आएको छ। पशुपन्क्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले संस्थानले भारतबाट दूध आयात गरिरहेका विषयमा आफूलाई जानकारी नभएको बताउनभयो। जीसीले भन्नुभयो– ‘दुग्धजन्य वस्तुमा आत्मनिर्भर हुने भनेको १ वर्ष बितिसक्यो।

हामीले आत्मनिर्भर हुने भन्ने सपना सुतेर देखेको होइन उठेरै देखेको हो।’ आत्मनिर्भर हुने भन्ने कुरामा पनि केही आधार छन् उहाँले भन्नुभयो। उन्नत पशु नश्लहरूको वृद्धि गर्ने कृत्रिम गर्भधारणबाट व्यापकता दिने प्राकृतिक गर्भधारणको लागि उन्नत जातको साढे र नश्ललाई सम्भव भएको ठाउँमा लैजाने घाँस र दानालाई ध्यान दिने बजार प्रवद्र्धनमा ध्यान दिने योजना मन्त्रालयको छ। ‘उत्पादन प्रणाली र वितरण प्रणालीलाई सुधार गरेर लाने दुग्ध विकासको संकलन केन्द्रलाई बृहत् बनाउने कृषकलाई पास्चराइजर मेसिन वितरण गर्ने कृषिलाई व्यवसायिकरण गरेर अगाडि बढ्नको लागि बजेट माग गरिरहेका छौं’, उहाँले भन्नुभयो– ‘हाल सिजनमा बढी उत्पादन भएको दूधलाई पाउडर बनाएर ड्राई सिजनमा वितरणलाई प्रभावकारी बनाउने लागेका छौ।’ं

दाना उत्पादनमा पनि दुग्ध विकास संस्थानसँग मन्त्रालयको सहकार्य गरिरहेको बताउनु भएको छ। ‘हाम्रो लक्ष्यमा पुग्नको लागि साधन स्रोत समयअनुसार उपलब्ध पशु वस्तुकरण, आधुनिकीकरण, यान्त्रिकरणको लागि प्रयाप्त बजेट हुने हो भने लक्ष्य सफल हुनेमा विश्वस्त छौं।’ –उहाँले बताउनुभयो।

गाउँ–गाउँमा उत्पादन भएका दूधहरू भने प्रयाप्त मात्रमा संकलनमा नभएको कृषकको गुनासोलाई सम्बोधन गर्न समेत मन्त्रालयले संस्थानलाई निर्देशन दिएरहेको जनाएको छ। हाल नेपालमा १८ लाख ७३ हजार लिटर दूध उत्पादन रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्