चुनाव खारेज गर्न बिप्लवको प्रशिक्षण



काठमाडौं (नेस) ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाबमा उम्मेद्धार कब्जा गर्ने रणनीति अगाँल्दै तालीम अघि बढाएको छ । तालीम देशभर सञ्चालन गरीने सो पार्टीले बताएको छ ।

चुनाब जनताको पक्षमा नभएको भन्दै चुनाब बिराधी अभियानलाई जागरणात्मक रुपमा अघि बढाइएको पार्टी निकट बिद्यार्थी संगठनका केन्द्रिय सदस्य कलम बढुवालले जानकारी दिनुभयो ।

तालीममा चुनाव खारेजको अभियान प्रभावकारीता, उम्मेद्धार कव्जाका उपाय लगायतका बिषयमा छलफल व्यापक भएको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

पार्टीले निर्धारण गरेका १४ वटै व्यूरोमा पदाधीकारी सहितको टोलीले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्