सयौं वर्ष पुरानो बक्सिंग डे अझै लोकप्रिय



लन्डन,(एजेन्सी)
प्रत्येक वर्ष क्रिशमशको भोलिपल्ट अर्थात २६ डिसेम्वरमा बक्सिंग डे मनाइन्छ । संयुक्त अधिराज्य र आयरल्यान्डमा यो दिन रााष्ट्रिय बिदा दिइने गरिन्छ । यदि त्यो दिन शनि वा आइतवार परेको खण्डमा भोलिपल्ट अर्थात सोमवार सार्वजनिक सरकारी बिदा दिइन्छ ।

यो वर्ष सोमवार बक्सिंग डे परेको थियो । डिसेम्वर २६ लाई घोडाहरुको संरक्षक सन्त स्टेफनको रात्रि भोजको रुपमा मनाइन्छ । त्यसैले पनि यो पर्व घोडचढी र ब्वाँसोको शिकारसंग सम्बन्धित छ ।

बक्सिंग डेको इतिहास भिक्टोरियन युगसम्म जोडिएको बताइन्छ । त्तिवेला चर्चहरुमा राखिएको एउटा बक्समा भक्तजनहरुले चन्दा खसाल्ने गर्दथे । वेलायतमा पनि धनी वर्गले क्रिशमशको भोलिपल्ट आफ्ना नोकर चाकरलाई छुटी दिएर तिनीहरका परिवारसंग भेट्न पठाउँथे ।

यसरी घर जाने नोकर चाकरलाई उपहार , वोनस र बचेखेचेको खाना राखिएको एउटा एउटा बक्स दिएर पठाउने चलन थियो । वर्षभरि राम्रो सेवा गरेवापत क्रिशमश पछिको पहिलो सातामा उपहार तथा पैसा राखिएका क्रिशमश बक्सहर संकलन गर्ने व्यापारीहरुको परम्परा पनि थियो ।

यस परम्पराबारे स्याम्युयल पेपिस नामक एक व्यक्तिले सन् १६६३ को १९ डिसेम्वरमा आफ्नो डायरमिा यस्तो लेखेका रहेछन् , ‘ त्यसपछि कोचबाट मेरो जुत्ता बनाउने मान्छेको घरमा पुगें । उनलाई पैसा तिरें । उनका छोराहरुलाई क्रिशमश बक्स दिएं । ’ त्यसको पाँचवर्ष पछि २८ डिसेम्वर १६६८ मा पेपिसले पुन डायरीले यस्तो लेखे , ‘ ड्रम र ट्रम्पेट बजाउनेहरुलाई बालाइयो , यि चिज र बक्सहरुका लागि यसपालिको क्रिशमशमा धेरै खर्च भयो । ’ बक्सिंग डे वेलायत लगायत , क्यानाडा , हंगकंग , अष्ट्रेलिया , न्युजिल्यान्ड , दक्षिण अफ्रिका र अन्य केहि कमनवेलथ राष्ट्रहरुमा मनाइने गरिन्छ ।

आयरल्यान्डमा बक्सिंग डे लाई ‘ सेन्ट स्टेफन्स डे ’ को नामले मनाइन्छ । सन्त स्टेफनलाई जिसस प्रति आस्था राखेकै कारण ढुंगाले हानेर मारिएको थियो । सन् २००४ मा भने वेलायतमा ब्वाँसोको शिकार माथि प्रतिवन्ध लगाइएको थियो । तर यसको वावजुद सन् २०१४ सम्म आइपुग्दा पनि ब्वाँसोको शिकारका लागि झण्डै २ लाख ५० हजार मानिस जम्मा हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्