१. राष्ट्रिय जनगणनाको सामुदायिक प्रतिवेदनका अनुसार नेपालमा रहेका टोल, बस्ती तथा गाउँको संख्या कति रहेको छ ?
– १७ हजार ५ सय ९३
२. नेपालका कूल वडामध्ये कति प्रतिशत वडामा सार्वजनिक शौचालय रहेको छ ?
– ३१ दशमलव ७ प्रतिशत
३. बैंक तथा वित्तीय संस्थाहरुको पहुँच भएका वडाहरु कति वटा रहेका छन् ?
– २ हजार ७ सय २२ वटा
४. वागमती प्रदेशमा उपजलाधार प्रणालीहरु कति वटा रहेका छन् ?
– १० वटा
५. सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल कुन हो ?
– अपि
६. नेपालमा खाना पकाउन विद्युत्को प्रयोग गर्ने परिवार संख्या कति प्रतिशत रहेको छ ?
– ० दशमलव ५ प्रतिशत
७. शौचालयको पहुँच नभएको परिवार संख्या कति रहेको छ ?
– ४ दशमलव ५ प्रतिशत
८. नेपालको लैंगिक अनुपात कति रहेको छ ?
– ९५ दशमलव ५९
९. नेपालमा सहरोन्मुख जनसंख्या कति रहेको छ ?
– ३९ दशमलव ७५ प्रतिशत
१०. एक हजारमुनि जनसंख्या रहेका जातजातिको संख्या कति रहेको छ ?
– ११ वटा
११. नेपालीको पहिलो विवाह गर्दाको औषत उमेर कति रहेको छ ? – १९ वर्ष
१२. राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुसार कोरा जन्मदर कति रहेको छ ?
– १४ दशमलव २१ प्रतिहजार
१३. भित्री बसाइसराइ दर सबैभन्दा बढी भएको प्रदेश कुन हो ?
– लुम्बिनी
१४. अल्बर्ट आइस्टाइन फाउन्डेसनले तयार पारेको सूचीमा विश्वव्यापी दूरदृष्टि राख्ने संसारका एक सय व्यक्तिमा पर्ने नेपाली को हुन् ?
– डा. सन्दुक रुइत
१५. नेपालको कोरा मृत्युदर कति रहेको छ ?
– ६ दशमलव ८१
१६. भारतमा चुनाव जितेर लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुने पहिलो प्रधानमन्त्री को हुन् ?
– जवाहरलाल नेहरू
१७. पछिल्लो जनगणना अनुसार नेपालको आप्रवासन दर र प्रवासन दर कति–कति रहेको छ ?
– आप्रवासन दर ७ सय ७० प्रतिलाख र प्रवासन दर ४ हजार ५ सय ६२ प्रतिलाख
१८. आर्थिक रूपले सक्रिय जनसंख्या कति प्रतिशत रहेको छ ?
– ६५ दशमलव ४९ प्रतिशत
१९. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ?
– निर्मल पुर्जा
२०. अन्तरिक्षमा पुग्ने पहिलो महिला को हुन् ?
– भालेन्तिना तेरेस्कोभा
२१. नेपालको पुनरुत्पादन दर कति रहेको छ ?
– ० दशमलव ७३
२२. राष्ट्रिय जनगणना–२०७८ अनुसार कूल प्रजननदर कति रहेको छ ?
– १ दशमलव ९४
२३. राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालीको औषत आयु कति रहेको छ ?
– ७१ दशमलव ३ वर्ष
२४. मधेस प्रदेशको पहिलो बालमैत्री घोषित नगरपालिका कुन हो ?
– कञ्चनरूप नगरपालिका (सप्तरी)
२५. कम्तीमा एक जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएको परिवार संख्या कति प्रतिशत रहेको छ ?
– १२ दशमलव ५५ प्रतिशत
२६. ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग कति रनले पराजित भएको हो ?
– एक रन
२७. कोशी प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो ?
– ताप्लेजुङ
२८. आधा घण्टाको दूरीमा प्राथमिक विद्यालयको पहुँचमा रहेको जनसंख्या कति रहेको छ ?
– ९० दशमलव ८ प्रतिशत
२९. जलवायु क्लब कार्यान्वयनमा ल्याउने अन्तर्राष्ट्रिय निकाय कुन हो ?
– जी–७
३०. शिक्षा क्षेत्रमा हुने वार्षिक खर्च प्रतिव्यक्ति कति रहेको छ ?
– २९ हजार ७ सय ४२ रुपियाँ
३१. भी–२० अर्थात् भल्नरेबल–२० भन्नाले के बुझिन्छ ?
– जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको समूह
प्रतिक्रिया