फुटबलमा सबैभन्दा बढी महत्व भनेकै गोल हो । गोलमा दर्शक रमाउने, गोल नहुँदा दर्शकको निरास हुनु नै यस खेलको रमाईलो पक्ष हुन् । फिफा वर्ल्डकपको २३ औं संस्करणको मिति पनि नजिकिँदै छ । अब, एक महिना पनि बाँकी छैन । हालसम्म फिफा वर्ल्डकपमा कूल २,७२० गोल भएको छ र १३ सयभन्दा बढी खेलाडीले गोल गरिसके । तर, वर्ल्डकपको इतिहासमा १० गोल वा सोभन्दा बढी गोल गर्ने खेलाडीको संख्या मात्र १६ रहेको छ ।
हालसम्म वर्ल्डकपमा जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोज सर्वाधिक गोलकर्ता हुन् । उनले चार वल्र्डकप खेल्दै २४ म्याचमा १६ गोल गरेका छन् । उनको रेकर्ड तोड्न नजिक दुई खेलाडी छन् । एक अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसी र अर्को फ्रान्सका युवा स्टार खेलाडी क्लियन एम्बाप्पे हुन् । मेसीले आउँदो वर्ल्डकपमा ४ गोल र एम्बाप्पेले ५ गोल गरेमा क्लोजको वर्ल्ड रेकर्ड तोडिनेछ ।
यसपटक ४८ टोलीलाई सामेल गराएको हुँदा क्लोजको रेकर्ड तोडिने संभावना रहेको छ । मेसी र एम्बाप्पेसँगैं समान ८ गोल गरेका इंग्ल्यान्डका कप्तान हेरी केन, पोर्चुगलका स्टार खेलाडी र कप्तान क्रिस्टियानो रोनाल्डो र ब्राजिलका स्टार खेलाडी नेयमारले पनि रेकर्ड बनाउने संभावना छ ।
१० गोल वा १० गोलभन्दा बढी गरेको खेलाडीहरू












प्रतिक्रिया