नेपालकी पहिलो मारवाडी महिला प्रीति राटेरिया अग्रवालद्वारा सगरमाथा आरोहण


काठमाडौँ
नेपालकी प्रीति राटेरिया अग्रवालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्दै ऐतिहासिक सफलता हासिल गर्नुभएको छ । उहाँ नेपालका मारवाडी समुदायबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला बन्नुभएको हो । उहाँले २०२६ मे २१ तारिख बिहान पासाङ शेर्पा र निमा थिन्दुक शेर्पाको साथमा द समिट फोर्स प्रालिको व्यवस्थापनमा सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

यस उपलब्धिसँगै प्रीति विश्वकै पहिलो प्राणिक हिलर तथा अरहाटिक योगीका रूपमा पनि सगरमाथा आरोहण गर्ने व्यक्तित्व बन्नुभएको छ । उहाँको यो सफलताले मारवाडी समुदायसँगै पर्वतारोहण क्षेत्रमा पनि विशेष चर्चा र प्रशंसा बटुलेको छ ।

प्रीति, सुनसरी मारवाडी समाज काठमाडौंका अध्यक्ष कमलेश कुमार राटेरियाको छोरी हुनुहुन्छ । पछिल्ला दुई वर्षयता उनले पर्वतारोहण क्षेत्रमा निरन्तर प्रेरणादायी यात्रा तय गर्दै आउनुभएको छ ।

यसअघि उनले सन् २०२५ सेप्टेम्बर २३ मा विश्वको आठौँ अग्लो हिमाल मनास्लु सफलतापूर्वक आरोहण गर्दै आउनुभएको पहिलो मारवाडी महिला पर्वतारोहीका रूपमा अर्को इतिहास रच्नु भएको थियो । उहाँले आफ्नो आरोहण यात्रा सन् २०२४ मे महिनामा लोबुचे ईस्ट हिमालबाट सुरु गरेकी गर्नुभएको थियो । त्यसपछि उनले अफ्रिकाको सर्वोच्च शिखर किलिमाञ्जारो तथा नेपालको मेरा पिक पनि सफलतापूर्वक आरोहण गरिसक्नुभएको छ ।

उनको यो सफलतालाई नेपालका मारवाडी समुदायका लागि गर्वको क्षणका रूपमा हेरिएको छ । समुदायका अगुवा तथा शुभेच्छुकहरूले प्रीतिको उपलब्धिले देशभरका युवापुस्तालाई ठूलो प्रेरणा दिएको बताएका छन् ।