कला, संगीत र सञ्चारकर्मदेखि सौन्दर्यसम्म ग्लोबल स्टार अवार्ड


दक्ष ईन्टरनेशनलको आयोजना तथा राष्ट्रखबरको सहकार्यमा कला, संगीत, पत्रकारिता, सौन्दर्यजस्ता क्षेत्रमा सक्रिय व्यक्तित्वलाई एउटै मञ्चमा सम्मान गर्दै राजधानीमा ग्लोबल स्टार अवार्ड–२०२६ हालै सम्पन्न भएको छ।


ख्यातिप्राप्त अभिनेत्री बसुन्धरा भुसाललाई फिल्म इतिहासकी अमर प्रेरणा तथा दिग्गज अभिनेत्री सम्मान–२०२६ बाट सम्मानित गरिएको कार्यक्रममा लोकगायक तथा सञ्चारकर्मी रामप्रसाद खनाललाई लोकसंगीत, सञ्चार र साहित्यका जीवित दिग्गज अति विशिष्ट सम्मान–२०२६ बाट सम्मानित गरिएको थियो। ख्यातिप्राप्त फिल्कर्मी निर शाहको प्रमुख अतिथि तथा हास्यव्यंग्यकार एवं गायक मदनकृष्ण श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायिका सुनिता लुईंटेल, सञ्चारकर्मीहरु अखण्ड भण्डारी, उदयराज शर्मा, वीरेन्द्र जैरु, खेमबहादुर बम र कल्पना शर्मालाई ग्लोबल स्टार विशेष सम्मानबाट सम्मानित गरिएको थियो।


कार्यक्रममा संगीत, मोडलिङ, अभिनय, सौन्दर्य, फेसन, आध्यात्मिकता, सामाजिक योगदान तथा उद्यमशीलतास“ग सम्बन्धित विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। संगीत तथा गायनतर्फ यम बरालले लेगेसी एचिभमेन्ट अवार्ड प्राप्त गर्दा मोडलिङ तथा अभिनयतर्फ अभिनेता पल शाहले ग्लोबल स्टार अफ द डिकेड (मोडल) अवार्ड प्राप्त गरे भने देवकुमार तामाङ, बाबु क्षेत्री र सपु खत्री क्रमशः राइजिङ स्टार भोकल ट्यालेन्ट, राइजिङ भोकल ट्यालेन्ट रिकग्निसन तथा भोकल आइकन रिकग्निसन अवार्डबाट पुरस्कृत भए। ध्रुवराज खड्का, रामचन्द्र चन्द र अमित सापकोटाले लोक गायन तथा लोक संगीत विधाका अवार्ड प्राप्त गरे भने टेक तामाङ, कमल शर्मा आचार्य र लोकेन्द्र सापकोटाले गीत तथा सिर्जनासम्बन्धी अवार्ड पाए। अनुप अर्याल क्रिटिक्स च्वाइस एक्टिङ अवार्डबाट अवार्डेड हु“दा अम्बिका तामाङ, कुमारी गुरुङ, मञ्जु राना, सपना जनक, सरिता तामाङ, प्रिज्वल भण्डारी र राधाकृष्ण बसौलाले मोडलिङस“ग सम्बन्धित विभिन्न अवार्ड प्राप्त गरे। उषा उप्रेती म्युजिक भिडियो मोडलिङ अवार्डबाट अवार्डेड भइन्।


फेसन, मेकअप तथा ब्युटी क्षेत्रतर्फ उमा बस्नेत, राजेश्वरी शिल्पकार, विद्या श्रेष्ठ, सन्तोषी पराजुली, दीपा शाही, अमित्रा ढेके, अस्मिता थापा, निर्मला फुया“ल बोहोरा, ललिता जोशी श्रेष्ठ, टीका पुन गुरुङ र रोशना राजथलालगायत व्यक्तित्व सम्मानित भए। सिनेमेटोग्राफी, निर्देशन तथा प्राविधिक विधातर्फ रुपेश थापा, देवेन्द्र पाण्डे, डिजे युवा (युवराज भण्डारी) र आलिस खनाल पुरस्कृत भए भने अश्विनीकान्त झाले पेजेन्ट कोरियोग्राफी अवार्ड पाए।

आयोजक संस्थाका अध्यक्ष तथा मेकअप आर्टिस्ट टेकराज पाण्डेले विभिन्न क्षेत्रमा योगदान पु¥याइरहेका प्रतिभालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रम निर्देशक राजेन्द्र लुइटेलले आगामी संस्करणलाई अझ व्यापक बनाइने जानकारी बताए।