सर्वोच्चको न्यायाधीशमा दुई जनाको नाम सिफारिस


काठमाडौं ।

न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ । 

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडुभाइ हुन् । उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दवाद दिँदै विरोध गरिरहेका बेला परिषदले न्यायाधीश सिफारिस गरेको छ ।