विकसित मुलुकको तुलनामा विकासोन्मुख राष्ट्रहरुमा यस रोगका कारण मर्नेको संख्या ४ गुणा बढी छ। स्कुले उमेरदेखि नै महिलालाई यो रोग लाग्न सक्छ। विकासोन्मुख राष्ट्रमा यो रोग लागेकामध्ये ८० देखि ८५ प्रतिशत रोगीको मृत्यु यसैका कारण हुने गरेको छ। ह्युमन पापिल्लोमा भाइरस (एचपीभी) पाठेघरको मुखको क्यान्सर सजिलै सर्न सक्ने ह्युमन पापिल्लोमा भाइरस (एचपीभी) को कारण हुने गरेको छ। एचपीभी सामान्य यौनक्रियाबाट र्सर्ने संक्रमण -एसटीआई) हो। एचपीभी संक्रमणको खासै उपचार छैन। हाल विश्वमा करिब ६३ करोड व्यक्ति एचपीभी संक्रमित छन्। तीमध्ये पुरुषभन्दा महिलाहरु धेरै छन्। संयुक्त राज्य अमेरिकामा यौनजीवन सुरु गरेका तीन वर्षभित्रै ४० प्रतिशत किशोरीहरु एचपीभीको सिकार हुने गरेको पाइएको छ। विश्वको तथ्यांक केलाउने हो भने यौनकार्यमा संलग्न ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एक पटक एचपीभीले दुःख दिने गरेको पाइन्छ। प्रायः किशोरावस्थाको उत्तरार्धदेखि ३० वर्षको उमेरसम्ममा महिलाहरुलाई एचपीभी संक्रमण हुने गर्छ। यही भाइरसको कारण ४० वर्ष उमेर पुगेपछि र विशेषगरी ४५ वर्षको उमेरमा महिलामा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गर्छ। यसको संक्रमण र क्यान्सरको डरलाग्दो लक्षणबीच लामो अन्तर देखिएको छ।
एचपीभी एक प्रकारको भाइरस हो। अहिलेसम्म एक सयभन्दा बढी प्रकारको एचभीपी पत्ता लागिसकेको छ। केहीमा क्यान्सर निम्त्याउने खतरा धेरै र केहीमा कम खतरा रहेको पाइएको छ। धेरै खतरा निम्त्याउने खाले भाइरसले जननेन्द्रियको भित्री भागमै क्यान्सर गराउँछ भने कम खतरनाक भाइरसले जननेन्द्रियमा गाँठो ल्याउने, पाठेघरको कोषको आकारप्रकार, कार्य र प्याथोलोजीमै असामान्य अवस्था ल्याउने तथा श्वासप्रश्वासमा गडबडी गराउने गर्छ।
कम्तीमा
१३
किसिमका
एचपीभी
अत्यन्तै
खतरनाक
हुन्छन्।
करिब
७०
प्रतिशत
पाठेघरको
मुखको
क्यान्सर
ती
एचपीभीसँग
सम्बन्धित
रहेको
पाइएको
छ।
त्यसैगरी
एचपीभी-१६,
एचपीभी-१८,
एचपीभी-३१
र
एचपीभी-४५
पनि
पाठेघरको
क्यान्सर
निकट
मानिन्छ।
एचपीभीको
संक्रमणसँग
यो
क्यान्सर
सुरु
हुन्छ।
तर
कुनै
संक्रमणको
समस्या,
क्यान्सरको
लक्षण
नदेखाई
त्यसै
समाधान
हुन
पुग्छ।
यौवनावस्था र गर्भावस्थाको बेला पाठेघरको आकार ठूलो हुने हुनाले त्यस बेला क्यान्सरको सम्भावना बढी हुन्छ। सामान्यतया र्सभाइकल इपिथेलियमको माथिल्लो तहमा कोष मर्ने र फेरि नयाँ कोष बन्ने हुनाले एचपीभी संक्रमण क्यान्सरको अवस्थामा पुग्न लामो समय लाग्ने गर्छ। एचपीभी संक्रमण हुने खतरा महिलासँग यौनसम्पर्क गर्ने पुरुषको यौनिक क्रियाकलापमा पनि निर्भर हुन्छ। एचपीभी अन्य संक्रमणहरुभन्दा फरक पनि छ। वीर्य योनिबाहिर स्खलन गराउँदा समेत एचपीभी संक्रमण हुने गर्छ। कम उमेरमा यौनसम्पर्क गर्ने महिलाको पाठेघरको इपिथेलियम कोमल हुने हुनाले त्यति बेला एचपीभी संक्रमण हुने सम्भावना धेरै हुन्छ।
पाठेघरको मुखको क्यान्सरको रोकथाम दुई किसिमले गर्न सकिन्छ- संक्रमण नै हुन नदिने वा क्यान्सरका लक्षणहरु पहिचान गरी आवश्यक उपचार सुरु गर्ने। कन्डमको प्रयोगले एचपीभी संक्रमणमा करिब ७० प्रतिशत मात्र सुरक्षा प्रदान गर्छ। अर्को रोकथामको उपाय एचपीभीविरुद्धको खोप लिनु हो। रोगीको पाठेघरको जाँचपड्ताल (स्क्रिनिङ) पछि एचपीभी डीएनए टेस्टिङ गरी क्यान्सर पहिचान गरेर पनि उपचार अगाडि बढाउन सकिन्छ। एचपीभी डीएनए परीक्षणपछि गरिने अत्याधुनिक कोल्पोस्कोपी प्रविधि अति महँगो छ। तालिमप्राप्त विशेषज्ञले सानो वस्तुलाई ठूलो देखाउने उपकरण र शक्तिशाली प्रकाशको माध्यमबाट योनि र पाठेघरको परीक्षण गर्ने प्रविधिलाई कोल्पोस्कोपी भनिन्छ। तर साधनसम्पन्न नभएका राष्ट्रहरुमा स्क्रिन एन्ड ट्रिट प्रोग्रामअन्तर्गत एचपीभी डीएनए टेस्टबाट क्यान्सर पोजिटिभ देखिएका बिरामीलाई तत्कालै उपचार सुरु गरिन्छ।
क्यान्सरको उपचार क्यान्सरको पूर्वलक्षणको चरणमा रहेका रोगीको बाँच्ने सम्भावना झन्डै शतप्रतिशत हुन्छ। त्यस्ता बिरामीको लप इलेक्ट्रोसर्जिकल एक्सिजन प्रोसिजर -एलईईपी) वा क्रियोथेरापीबाट असामान्य इपिथेलियम नै नष्ट गरी उपचार गरिन्छ। क्यान्सरको प्रारम्भिक लक्षणको चरणमा रहेका रोगीको पनि सफल उपचार हुन सक्छ। ९२ प्रतिशत क्यान्सर फैलिसकेका रोगीलाई चाहिँ ५ वर्षसम्म बचाउन सकिन्छ। तिनीहरुलाई हिस्टेरेक्टोमी र रेडियोथेरापी उपचार विधिको सिफारिस गरिन्छ।
सन् २००६ को जुनमा पहिलोचोटि एचपीभीविरुद्ध अनुमोदित खोप मेकर्स गार्डसिलको बिक्री वितरण गर्ने अनुमति दिइयो। सन् २००७ को अप्रिलसम्म विश्वका ७० वटाभन्दा बढी मुलुकमा यस खोपले अनुमति प्राप्त गर्यो। यसले एचपीभी-१६ र १८ लगायत क्यान्सर ननिम्त्याउने एचपीभी-६ र ११ को संक्रमणलाई रोक्न प्रभावकारी रहेको प्रमाणित गर्यो। अर्को खोप ग्लाक्सोस्मिथ क्लिनेस सेभार्रिकस एचपीभी-१६ र १८ नियन्त्रणका लागि बजारमा ल्याइएको छ। खोप पुरुषहरुलाई जरुरी छ ? पुरुषमा पाठेघरको क्यान्सरको कुरै नभए पनि तिनीहरुमा पनि एचपीभी संक्रमण हुन सक्छ र एचपीभीसँग सम्बन्धित लिंग, गुदद्वार र मुखसम्बन्धी क्यान्सर विकास हुन सक्छ। त्यसैले केही विशेषज्ञहरुले महिला तथा पुरुष दुवैलाई खोप लगाएमा बढी प्रभावकारी हुने विचार व्यक्त गरेका छन्। किनभने महिलाहरु यौनक्रियाको बेला पुरुष साथीबाटै एचपीभी संक्रमित हुने गर्छन्। यसबारे थप अनुसन्धान जारी छ। - स्रोतः PATH outlook
|
| |
|
| |
Copyright 2003-2007 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |