महिनावारी बन्द हुँदा देखिने समस्याहरु
बाँझोपनको पनि उपचार हुन
आइरन बढी भएको पानीले स्वास्थ्य बिगार्यो

बहुमूल्य औषधि मधुपत्र

भूसभित्रको आगो बन्दै एचआईभी/एड्स

धरानको स्वास्थ्य बिमा कार्यक्रम स्थगित

मध्यपश्चिममा क्षयरोगीको पीडा
मोटोपनले सन्तानलाई हानि पुग्न सक्छ
यौनपेसा र स्वास्थ्य समस्या
महिलाको पीडा पाठेघरको मुखको क्यान्सर
कपाल रंगाउन जडीबुटीको प्रयोग
धूमपानको लतबाट मुक्ति
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज

 

 

तपाईंको घरमा हाम्रा डाक्टर

डा. हरिहर खनाल

मुटुरोग विशेषज्ञ

३० वर्षीय युवक हुँ। मेरो शरीरबाट अत्यधिक पसिना आउने हुनाले रुमालले पुछिरहनुपर्ने हुन्छ। चिसो सहनै सक्दिनँ गर्मी समयमा पनि झ्याल-ढोका लगाएर पंखा नचलाई सुत्नुपर्छ। नत्र बिहान खोकी लाग्ने, पिनास भएजस्तो हुने गर्छ। अहिलेसम्म जँचाएको छैन। किन यस्तो भएको होला ?

- निर्मल राजभण्डारी, वीरगन्ज, बसपार्क

निर्मलजी, पसिना आउनु शरीरको प्राकृतिक गुण हो। खासगरी तापक्रम व्यवस्थित गराइरहनको लागि शरीरमा भएको यो एउटा विशिष्ट व्यवस्था हो। तपाईंको जिज्ञासाअनुरुपको धेरै पसिना आउनुचाहिँ ठीक होइन। संसारमा पसिना धेरै आउने कारणहरुको अध्ययन गरेर भन्ने गरिएकामध्ये तनाव, आत्तिनु, हतारिनु, तर्सिनु, भित्री तनावमा रहनु, सिम्पेथेटिक प्रणालीवाला हर्मोनमा वृद्धि हुनु, शरीरमा चिनीको मात्रा घट्नु, चिनीरोगी हुनु, घाँटीको गलगाँडवाला ग्रन्थिको हर्मोन उत्पादनमा वृद्धि हुनु आदि थाहा भएका कारणहरु हुन्, जसलाई छलफलबाट पत्ता लगाउन सकिन्छ। यिनीहरुको असर कमै छ। तर अत्यधिक पसिना आउने कारण पत्ता लाग्न सकेको छैन। विभिन्न औषधि, उपाय, परामर्श गरेर सहयोग गर्न सकिन्छ। यति धेरै कुराको विकास तथा व्याख्या हुँदा पनि पक्का तथा निर्दिष्ट कारणको व्याख्या आजसम्म हुन सकेको छैन। स्वस्थ मान्छेमा अत्यधिक पसिना आउने अवस्थाको छुट्काराको सहयोग पाउन सकिन्छ, फिजिसियन भेटेर पहिले छलफल परीक्षण गर्नु पर्यो।

 मेरो बुबालाई उच्च रक्तचाप थियो। शायद वंशाणुका कारण होला मलाई पनि उच्च रक्तचाप भई औषधि सेवन गर्न लागेको वर्षभयो। के अब मेरा सन्तानलाई पनि उच्च रक्तचाप हुन्छ ? यसरी वंशाणुगत भएको उच्च रक्तचापले खासै असर गर्दैन भन्ने सुनेको छु। के यो सत्य हो ?

- रञ्जनकुमार केसी, चौतारा, सिन्धुपाल्चोक

रञ्जनजी, उच्च रक्तचापका धेरै कारक तत्त्वमध्ये वंशाणुगत कारण पनि एउटा हो। हामीले हरेक बिरामी भेट्दा प्रथम तहको रगत नातामा रक्तचाप भए/नभएको सोध्ने गर्र्छौं। तर्सथ तपाईंको सन्ततिलाई रक्तचाप हुन्छ नै नभनौं, तर सम्भावना रहन्छ। त्यसैले कारक तत्त्वहरुमा नियन्त्रण गर्न नसकेमा रोगको सम्भावना घट्ने हुन्छ। जस्तो- खानपिन -नुन-चिल्लो एकदमै कम गर्ने, सागसब्जी-फलफूल ज्यादा लिने ऊर्जायुक्त गुलिया, मीठा, गरिष्ठ भोजन कम गर्ने), नियमित व्यायाम, कम तनाव, सकारात्मक सोच, कम रिस तथा धर्ैयताजस्ता कुरामा ध्यान पुर्याउनुपर्छ। यदि यी कारक तत्त्वमा नियन्त्रण गरेमा वंशाणुगत प्रभाव नहुन सक्छ, कम हुन सक्छ अथवा ढिलो हुन सक्छ। वंशाणुगत आएको रक्तचाप ज्ञानी हुन्छ, असर गर्दैन भन्ने सोच्नुचाहिँ गलत हो। प्रभाव पार्ने रक्तचापले हो कि कुन कारणले भयो भन्ने हो। जसरी भए पनि नियन्त्रण गर्न सकेनौं भने रक्तचापबाट पक्षघात, हृदयघात, मिर्गौला फेल, आँखामा खराबी आदि हुन सक्छ। तुरुन्त मुटुरोग विशेषज्ञ भेटेर परामर्श गर्ने सल्लाह दिन चाहन्छु।

 ६८ वर्षीय मेरो बुबाको दुई वर्षता दाहिने खुट्टाको गोलीगाँठो सुन्निई दुख्ने गरेकाले हिँडडुल गर्न गाह्रो भएको छ। समयमै हस्पिटलमा जँचाउँदा नुन कम खानू भनी Piroxicm (Donolac) औषधि दिइयो तर ठीक भएन। उहाँ धूमपान तथा मादकपदार्थ सेवन गर्नुहुन्न, तौल पनि सामान्य छ। उपचारका लागि सल्लाह पाऊँ।

देवी राई, काँकु, सोलुखुम्बु

देवी राईजी, दाहिने खुट्टाको गोलीगाठो सुन्निने दुख्ने भएर पहिलो पटक भेट्दा दिने औषधि सल्लाह तपाईंलाई सही मिलेको हो। अब ठीक भएन भने अत्यावश्यक परीक्षण तथा विशेषज्ञ सेवा लिएर सही निदान तथा सही उपचारको उपाय अपनाउनु पर्यो। हाललाई मासु, गेडागुडी, कालो दाल, गोलभेंडा तथा फर्सी जस्ता खाद्यपदार्थ कम सेवन गरौं, खुट्टालाई आराममा, उचाइमा -तल आड दिएर) राखौं, नुनको सेवन कम गरौं तथा हाड्जोर्नी विशेषज्ञलाई भेटेर सल्लाह लिऔं। सोलु अस्पतालमा नेपाल मेडिकल कलेजको सहयोगमा वर्षको पटक हड्डीरोग विशेषज्ञ क्याम्प हुने गरेको , त्यसको फाइदा लिनुहोस् वा काठमाडौं आएर वीर अस्पताल अथवा शिक्षण अस्पतालमा देखाउनुभएमा पनि उचित सहयोग मिल्नेछ।

 मेरो उमेर २३ वर्षभयो। विगत वर्षदेखि मेरो ढाडको तल्लो भाग दुख्ने गरेको छ। कहिलेकाहीँ दुखाइ माथि सरेको भान पर्छ। हाड विशेषज्ञलाई देखाएँ, एक्सरे गराएँ, तर रिपोर्ट नर्मल भएकाले डाक्टरको सल्लाहअनुसार महिनाभन्दा बढी नियमित योग गर्ने गरें। तैपनि सुधार भएन। अब के गर्दा सुधार होला ?

डिल्ली श्रेष्ठ, धनकुटा

डिल्लीजी, ढाडको समस्या तपाईंको मात्र होइन, धेरै नेपालीमा हुने गर्छ। हाम्रो काम गर्ने तरिका तथा चलनहरु नै ढाडको समस्या बढ्ने खालका छन्। भारी बोक्ने, खेतमा काम गर्ने, भुइँमा बसेर लुगा धुने, मसला पिन्ने, नियमित ढाडको व्यायाम नगर्नेलगायत धेरै क्रियाकलापले ढाडको कमजोर, घाइते, दुख्ने अवस्था भइरहन्छ। एक पटक देखाएर एक्स-रे मा केही देखिएन, अतः फेरि हाड-जोर्नी विशेषज्ञकहाँ गएर मलाई ठीक भएन भन्नु पर्यो। योग, व्यायाम नियमित नै गरिरहनुहोस्। यिनीहरु सधैँ उपयोगी उपायहरु हुन्, कम हुँदै जान्छ। त्यो अप्रेसन गरेजस्तो, काँडा झिकेजस्तो होइन। विशेषज्ञ सेवा प्राप्त गर्न धनकुटाबाट कोशी अञ्चल अस्पताल, धरान मेडिकल कलेज टाढा छैनन्। हाल ढाडलाई आराम गराउने ठूलो चौडा पेटी बाँध्ने, कुप्रिने, उठाउने काम नगर्ने, नरम तथा सम्म ओछ्यानमा सुत्ने, छिटोमा छिटो फेरि विशेषज्ञ देखाउनेतर्फलागौं।

 भदौको साधनामा दाङका लालमणि आचार्यको एक प्रश्नको उत्तरमा डाक्टर साबले महिलालाई भन्दा पुरुषलाई यौनरोग बढी लाग्ने सम्भावना हुन्छ भन्नुभएको पढें। तर मैले एउटा पुस्तकमा पुरुषको वीर्य योनिमार्गमा सीधै जाने हुँदा पुरुषलाई भन्दा महिलालाई एचआईभी सर्ने सम्भावना बढी हुने कुरा पढें। महिलाबाट पुरुषमा जीवाणु र्सर्ने तरिका कारण अझ स्पष्टसँग बताइदिनुभए कुनचाहिँ कुरा सही हो भन्ने दोधार हट्ने थियो।

कालुराम राजवंशी

महम्मदपुर भैसाही, बर्दिया

कालुरामजी, मैले उक्त कुरा यौनक्रियाकलापमा शारीरिक बनावटको परिस्थितिअनुसारको शास्वत सत्य भनेको थिएँ। महिला पुरुषबीचको यौनसम्बन्धमा महिलाबाट पुरुषमा ज्यादा र्सन सक्ने एड्स वा हेपाटाइटिस रोग हो, जुन रगत वा रसमार्फ र्सछ, पुरुष यौना·मा अदृश्य साना घात हुने सम्भावना ज्यादा भएकोले हो, त्यो ध्रुवसत्य हो। तपाईंले पढेको तथ्य आधिकारिक पुस्तकमा परेन होला। सामाजिक रुपमा जसले उक्त पेसा अपनाउँछ, जो धेरै फरक-फरक व्यक्तिसँग सम्पर्कमा आउँछ, जो अप्राकृतिक क्रियाकलाप अपनाउँछ, उसलाई बढी हुन्छ। महिलाबाट पुरुषमा वा पुरुषबाट महिलामा र्सर्ने कुनै विशेष तरिका नभएर रसको संर्सग, घात, रगतको सर्ंर्सग हुँदा रोगीको शारीरिक रस निरोगीको रसमा, घाउमा, रगतमा जाने अवस्था आएमा रोग सर्ने कुरा बुझ्नु पर्यो।

  ३२ वर्षको भएँ। मन्द टाउको दुखिरहन्छ, कमजोरी भएको महसुस हुन्छ हातगोडा शिथिल हुने गरेको छ। सामान्य खाना पनि खाइरहेकै छु। आलस्यपनले गर्दा कुनै काम गर्ने, कुराकानी गर्ने, हिँडडुल गर्ने मन पनि लाग्दैन - उपचारको सही बाटो औंल्याइदिनुभए आभारी हुने थिएँ।

अनुपम खड्का, सूयविनायक, भक्तपुर

अनुपमजी, तपाईंको समस्याको विश्लेषणले कुनै निश्चित निदान भन्न गाह्रो छ। किनभने निश्चित निदानमा नभएर धेरै परिस्थितिसँग मेल खाने यावत् अप्ठेरोको समूह भन्नुभएको छ। साधारण आँखाको कमजोरी भएर टाउको दुख्ने अरु सबै समस्या पनि साथमा देखिने हुन सक्छ। अथवा तनाव, डिप्रेसनको कारण पनि हुन सक्छ। तपाईंको समस्या तथा सम्पूर्णता हेरेर फराकिलो विचारसहित विचार विश्लेषण गरेर निदान गर्न सकिन्छ। तपाईंले दिएको यति सूचनाले ढुक्क हुने अवस्था छैन। तर्सथ तपाईंले पहिलो कदमस्वरुप आँखा परीक्षण गराउनुस्, फलफूल तथा सागसब्जी खान थाल्नुस् तथा जति सक्यो छिटो फिजिसियन भेटेर उपचारको उपाय अपनाउनुस्, यही नै सही बाटो हुनेछ।

  २० वर्षको भएँ। एक वर्षअघि खकारमा रगत देखिएपछि वीर अस्पतालमा एक्सरे गर्दा फोक्सोमा काला धब्बा देखियो। डाक्टरले दिएको औषधि खाँदा ठीक भएन। अहिले खकारमा रगत जमेको देखिएपछि गत असोजमा जँचाउँदा घाँटीको समस्या भन्दै Amoxa, Pantoprazoie भिटामिन सीको क्याप्सुल दिइयो। चेकअप गरेको २०-२५ दिनपछि विशालबजारमा तौल लिंदा हेल्थ प्रोब्लम भन्ने शब्दसहित तौल देखायो। यसबारे पूर्ण जानकारी दिनुभए आभारी हुने थिएँ।

एल. पी. चौलागाईं

न्युरोड, काठमाडौं  

चौलागाईंजी, एक वर्षअगाडि ठीक भएन भन्नुभयो, अनि के गर्नुभयो - फेरि चिकित्सक भेटेर ठीक पार्नुभयो कि खकारमा रगत भई नै रह्यो - अहिले पनि उपचार गरेपछि रगत आउन ठीक भयो कि भएन - अर्को कुरा विशालबजारमा जँचाउने मेसिन हो, त्यसमा मान्छेमा जस्तो तपाईंको सम्पूर्णता हेर्ने गुण हुँदैन। अर्को कुरा तपाईंको तौलको सम्बन्ध उचाइसँग हुन्छ। त्यस्ता बाहिरका मेसिनमा तौल पनि राम्रो नहुन सक्छ। त्यसैले ती मेसिनको भनाइमा चिन्ता नगरौं। अर्को कुरा खकार आउने मात्र कि खोकी लाग्ने, ज्वरो आउने, तौल घट्ने, छाती दुख्ने पनि - तपाईंलाई मेरो सल्लाह , एक जना फिजिसियनको सम्पर्कमा जानुस्, सम्पूर्ण कुरा जाहेर गर्नुस्, सबै परीक्षण, उपचारको वृत्तान्त भन्नुस्। अनि मात्र विश्लेषण गरी परिपक्व सल्लाह, सुझाव वा सहयोग लिनुस्। यस्तो यताउता गरेर मानसिकरुपमा चिन्ता थप्ने काम प्रत्यूत्पादक हुन सक्छ।

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar] [Contact Us]


Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.