महिनावारी बन्द हुँदा देखिने समस्याहरु
बाँझोपनको पनि उपचार हुन
आइरन बढी भएको पानीले स्वास्थ्य बिगार्यो

बहुमूल्य औषधि मधुपत्र

भूसभित्रको आगो बन्दै एचआईभी/एड्स

धरानको स्वास्थ्य बिमा कार्यक्रम स्थगित

मध्यपश्चिममा क्षयरोगीको पीडा
मोटोपनले सन्तानलाई हानि पुग्न सक्छ
यौनपेसा र स्वास्थ्य समस्या
महिलाको पीडा पाठेघरको मुखको क्यान्सर
कपाल रंगाउन जडीबुटीको प्रयोग
धूमपानको लतबाट मुक्ति
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज

 

 

ज्वरो आएको बेला के खाने ?

जया प्रधान

रुघाखोकी, ज्वरोजस्ता शरीरमा देखिने असामान्य स्थिति खासगरी रोगका जीवाणुको संक्रमणबाट हुन्छ। दैनिक खाने पोषिलो खानाले यस किसिमको स्थितिलाई नियन्त्रण गर्न तथा यसबाट बचाउन मद्दत पुर्याएको हुन्छ। शरीरको आवश्यकताअनुरुप सबै प्रकारका पौष्टिक तत्त्व पर्याप्त प्राप्त छन् भने व्यक्तिको पोषणको साथै स्वास्थ्यस्थिति पनि राम्रो हुन्छ। किनकि त्यस्तो अवस्थामा उसमा रोग-प्रतिरोधात्मक शक्ति बढी हुने भएकोले रोगका जीवाणुको आक्रमण त्यसको नकारात्मक प्रभाव अर्थात् असर ज्यादै कम मात्र हुन्छ। शरीरले आवश्यक मात्रामा पोषिलो खाना प्राप्त गर्न सकेको छैन भने त्यस्तो अवस्थामा रोगसँग लड्ने क्षमताको अभावबाट विभिन्न प्रकारका रोगहरु लाग्ने बढी सम्भावना हुन्छ। यस प्रकार पौष्टिक भोजन, रोग-प्रतिरोधात्मक शक्ति, संक्रमण रोग, ज्वरोको एक-अर्काबीच घनिष्ट सम्बन्ध रेहेको हुन्छ।

एक साधारण स्वस्थ व्यक्तिको शरीरको तामक्रम ९८. डिग्री फरेनहाइट हुन्छ। ज्वरो आएको समयमा शरीरको तापक्रम साधारणभन्दा बढ्छ। कहिलेकाहीँ शरीरमा उत्पन्न बढी तापशक्ति बाहिर पठाउन नसकेको स्थितिमा पनि तामक्रम बढ्ने हुन्छ। साधारण किसिमले छोटो समय आउने कडा खालको लामो समयसम्म आउने गरी ज्वरो दुई प्रकारका हुन्छन्। ज्वरो जस्तो किसिमको भए पनि आराम, औषधि, खाना जस्ता सबै कुरामामा ध्यान दिनुपर्छ।

ज्वरो आउँदा शरीर तातो हुनु, खान रुचि नहुनु, वाकवाक लाग्नु, बान्ता हुनु, कपाल दुख्नुजस्ता लक्षणहरु प्रायजसो सबैले अनुभव गरेका छन्। ज्वरो आउँदा शरीरको तापक्रम साधारणभन्दा बढ्ने भएकोले बेसल मेटाबोलिजमको दर (BMR- आन्तरिक कार्यको लागि आवश्यक पर्ने शक्ति) प्रतिशतले बढ्छ। अर्थात् हरेक एक डिग्री फेरनहाइट तापक्रम बढ्दा बीएमआर प्रतिशतको दरले बढ्छ। तन्तुहरु पनि टुक्रिने हुनाले लामो समयसम्म ज्वरो आउँदा प्रोटिनको पनि अभाव हुन सक्छ।

यसै गरी बढी परिमाणमा पसिना निस्कने हुनाले शरीरमा पानीको साथै सोडियम क्लोराइड पोटासियमका लवण पनि कम हुने सम्भावना हुन्छ। यस अवस्थामा शरीरलाई बढी शक्तिको आवश्यक पर्ने हुनाले कलेजोमा जम्मा भएको ग्लाइकोजिन एडिपोस तन्तुमा रहेको चिल्लो पदार्थ अक्सीकरण भई शक्तिको लागि खर्च हुने भएकोले यसको परिमाण पनि कम हुन थाल्छ।

ज्वरो आएको समयमा प्रशस्त आराम, डक्टरले सिफारिस गरेको औषधिको सेवनको साथै रोगको प्रकार, अवधि तथा प्रवृत्तिलाई ख्याल राखी दैनिक खाने खानामा विशेष ध्यान पुर्याउन सेकमा चाँडै निको भई जटिल समस्या उत्पन्न हुनबाट पनि बच्न सकिन्छ। यस अवस्थामा बढी क्यालोरीको आवश्यक पर्ने, तन्तुमा रहेको प्रोटिन टुक्रिने हुनाले यसको क्षतिपूर्तिको लागि थप प्रोटिनको आवश्यक पर्ने तथा पोषिला उपयुक्त खाना प्राप्त नभएमा बिरामीको मांसपेशी कमजोर, खुकुलो भई तौलसमेत घट्न सक्छ।

एक वयष्कलाई साधारण ज्वरो आउँदा प्रतिदिन क्यालोरीको २७०० kcal, प्रोटिन ३५ ग्राम कार्बोहाइड्रेट ६०० ग्राम आवश्यक पर्छ। यसको लागि झोल खाद्यपदार्थ निम्न परिमाणमा आवश्यक पर्न सक्छ।

खाद्यपदार्थ       परिमाण

दूध -मि.लि.)    १००० मि.लि.

बार्ली पानी (barley water) १००० मि.लि.    ग्लुकोज २०० ग्राम

सुन्तलाको रस   ५०० मि.लि.

डेक्स्ट्रीमाल्टोज (dextrimaltose)     २०० ग्राम

चिनी (Monosaccharide) १०० ग्राम

ज्वरोको प्रकार हेरी सुरुमा बिरामीलाई पोषिलो झोलयुक्त खाद्यपदार्थ पटक-पटक गरी दिनुपर्छ। त्यसपछि बिस्तारै ज्वरो कम हुँदै आएपछि अर्धठोस तर पोषिलो खाना दिनुपर्ने हुन्छ। ज्वरो नियन्त्रणमा आएपछि सादा खाना दिँदा बेस हुन्छ। ज्वरो आएको समयमा बिरामीको दैनिक भोजनमा प्रशस्त दूध, साग, तरकारीको रस तथा सजिलै शरीरले शोषण गर्न सक्ने कार्बोहाइड्रेट जस्तै- ग्लुकोज, सुक्रोज, डेक्स्ट्रीमाल्टोज दिँदा राम्रो हुन्छ।

बिस्तारै ज्वरो नियन्त्रणमा आउन थालेपछि अर्थात् ज्वरोको पछिको अवस्थामा दूधसँगै हल्का अन्नका परिकार बिस्कुट, पाउरोटी, साबुदाना, केही बटर, जाम, फलफूलको रस, ताजा फलफूल दिन सकिन्छ।

ज्वरो पूरा नियन्त्रणमा आई निको भएपछि बिरामीको खानामा दूधको परिमाण नघर्टाई सकेसम्म बढी क्यालोरी प्रोटिन दिने खानेकुराहरु समावेश गर्नुपर्छ। यस अवस्थामा मासु, अण्डा, हरियो सागपात तथा अन्य तरकारीहरु भोजनमा समावेश गर्नुपर्छ। ज्वरो पूरै नियन्त्रणमा आइसकेको अवस्थामा एक वयष्कलाई दैनिक ३००० देखि ३१०० क्यालोरी, १०० देखि ११० ग्राम प्रोटिन आवश्यक पर्छ। यसको लागि सोहीअनुरुप विभिन्न खाद्यपदार्थको उचित छनोट गरी उपयुक्त तवरले भोजनको व्यवस्था गर्नुपर्छ।

विचार पुर्याउनुपर्ने कुराहरु

·   चाहे कुनै पनि प्रकारको ज्वरो किन नहोस्, विशेष रुपले र्सतर्कता अपनाउन सकेमा यसको निदान छिटोभन्दा छिटो हुन सक्छ।

·   ज्वरोमा बढी मात्रामा क्यालोरी प्रोटिन नष्ट हुने भएकोले यसको क्षतिपूर्तिको लागि बढी क्यालोरी-प्रोटिन भएको भोजनको व्यवस्था गर्नुपर्छ।

·   मसलायुक्त तथा चिल्लोयुक्त खाना बिरामीलाई दिनु हुँदैन।

·   सफा पिउने पानी, पोषिलो झोल पदार्थ बिरामीको खानामा प्रशस्त मात्रामा समावेश गर्नुपर्छ।

·   बिरामीलाई दिइने खाना सजिलै पचाउन सक्ने किसिमको हुनुपर्छ। सकेसम्म ज्वरोको समयमा दूध प्रशस्त मात्रामा दिनुपर्छ। ज्वरो नियन्त्रणमा आएपछि दूधको साथै अन्य झोलपदार्थ तथा हल्का पचाउन सजिलो अर्ध एवम् ठोस खाद्यपदार्थ दिँदा बेस हुन्छ।

·   बिरामीलाई दिइने खानाको परिमाण थोरै तर पटक-पटक गरी दिँदा उपयुक्त हुन्छ।

·   बिरामीको खानाप्रति रुचि जगाउन उपयुक्त, स्वादिलो भोजन तयार गर्नुको साथै आकर्ष ढंगले सजाएर सर्व गर्नुपर्छ।

·   बिरामीले खाना खाँदा परिवारको सदस्य साथमा बसी खान दिँदा एक्लो महसुस नहुने खानाप्रति रुचि जाग्ने हुन्छ।

·   सुनियोजित किसिमले बिरामीको भोजनको व्यवस्था गर्न सकेमा परिवारको आय, श्रम समयमा लागेको भारलाई केही हदसम्म कम गर्न सकिन्छ।

 हट चकलेट

आवश्यक सामग्री

दूध     - चिया कप

कोका (cocoa)   - टेबल चम्चा

चिनी   - टेबल चम्चा

दालचिनी - आधा चिया चम्चा

नुन    - स्वादअनुसार

भेनिला  - चौथाइ चिया चम्चा

फ्रेस क्रिम      - १०० ग्राम

विधि

·   सर्वप्रथम एउटा बावलमा कोका पाउडर, चिनी, दालचिनी नुन मिलाउनुपर्छ।

·   एउटा भाँडोमा एक कप जति दूध तताउने उक्त दूध उम्लेपछि आगोबाट हटाई यसमा अगाडिको कोकाको मिक्सर हालेर राम्ररी फिट्नुपर्छ।

·   त्यसपछि यसमा बाँकी दूध हालेर कम आँचमा उम्लने गरी तताउनुपर्छ।

·   यसमा भेनिला इसेन्स (essence) क्रिम हालेर चलाउनुपर्छ।

·   यसरी तयार पारेको हट चकलेट राम्ररी चलाई सर्व गर्दा बेस हुन्छ।

क्रिम नराखी सादा किसिमले पनि हट चकलेट बनाउन सकिन्छ। यसरी बनाएको हट चकलेट ज्वरोका बिरामीलाई झोल खानाको रुपमा दिन सकिन्छ।

 िक्स भेजिटेबल सूपमा नूडल्स

आवश्यक सामग्री

प्याज   वटा

गाजर   वटा

आलु   वटा

हरियो सिमी     वटा

गोलभेंडा वटा

बन्दा आधा चिया कप

सेलरीको पात २ वटा

रिफाइन्ड तेल २ टेबल जम्चा

नुन स्वादअनुसार

उमालेको नूडल्स  कप

 विधि

·   सर्वप्रथम गोलभेंडा, बन्दा, प्याज तथा अन्य तरकारीहरु गाजर, आलु, सेलरीको पात, हरियो सिमी मसिनो लामो गरी काट्नुपर्छ।

·   एउटा भाँडोमा तेल तातो गरी प्याज, हरियो सिमी, गाजर सेलरीको पात करिब मिनेट जति फ्राइ गर्नुपर्छ।

·   त्यसपछि यसमा कप जति पानी एउटा तेजपात हालेर करिब मिनेट पकाउनुपर्छ।

·   यसरी उमालेको प्याजको मिक्सरमा काटेको आलु, बन्दा, गोलभेंडा हालेर मधुरो आँचमा १० मिनेट जति छोपेर पकाउनुपर्छ।

·   पाकेपछि आगोबाट हटाई केही सेलाउन दिएपछि ब्लेन्डर (blender) मा हाली घोल बनाउनुपर्छ। त्यसपछि छानेर आवश्यक मात्रामा नुन हाली यसको रस सर्व गर्न सकिन्छ।

·   यदि बिरामीको ज्वरो नियन्त्रणमा आइसकेको भने सबै भेजिटेबल हालेर पकाएको मिक्सर -ब्लेन्डर नगरीकन) उम्लेपछि यसमा केही उमालेको नूडल्स हालेर पकाउन पनि सकिन्छ।

·   नूडल्स स्वादअनुसार नुन, इच्छा लागे अलिकति मरिचको धूलो सोया सस हालेर चलाई तात्तातै सर्व गर्दा बेस हुन्छ।

·   सर्व गर्दा माथिबाट मसिनो काटेको चीज (grated cheese) हाल्दा थप क्यालोरी प्रोटिन प्राप्त गर्न सकिन्छ।

साधारण ज्वरोमा आवश्यक पर्ने पौष्टिक तत्त्व

क्यालोरी

ज्वरो आएको समयमा शरीरको बीएमआर बढ्ने हुनाले दैनिक शक्तिको आवश्यकता बढाउनुपर्ने हुन्छ। हुन ज्वरो आएको समयमा रुचि नहुने, वाकवाक लाग्नेजस्ता समस्या हुने भएकोले दैनिक क्यालोरीको आवश्यकता पूरा गर्न गाह्रो हुन्छ। यस्तो अवस्थामा थोरै-थोरै पटक-पटक गरी बढी क्यालोरी भएको उपयुक्त खाना दिनुपर्छ।

प्रोटिन

यस अवस्थामा तन्तुमा रहेको प्रोटिन बढी नष्ट हुने भएकोले बिरामीको अवस्था हेरी गुणस्तरीय प्रोटिनयुक्त खाद्यपदार्थ झन्डै ५० प्रतिशत बढी दिनुपर्ने हुन्छ। सकेसम्म दूध, अण्डाजस्ता प्रोटिनयुक्त खाद्यपदार्थको छनोट गर्दा बेस हुन्छ। यसैगरी ठोसभन्दा झोल तथा अर्धझोल प्रोटिनयुक्त खाद्यपदार्थ दिँदा बेस हुन्छ।

कार्बोहाइड्रेट

सुरुमा बिरामीको शरीरले सजिलै शोषण गर्न सक्ने ग्लुकोज दिए तापनि बिस्तारै ग्लुकोज, सुक्रोज माड (Starch) भएको कार्बोहाइड्रेटयुक्त हल्का खाना दिनुपर्छ। ग्लुकोज दूधसँग तथा त्यसपछि ताजा फलफूलको रससँग मिलाएर दिन सकिन्छ। ज्वरो कम भएपछि हल्का खालको अन्नबाट बनेको परिकार पाउरोटी, बिस्कुट, पातलो खिचडी दिँदा राम्रो हुन्छ।

चिल्लो पदार्थ

ज्वरोको समयमा बटर, घिउ, कुनै पनि प्रकारको वनस्पती तेल दिन हुँदैन, जब बिरामीको ज्वरो नियन्त्रणमा आउन थाल्छ तब केही खाद्यपदार्थमा थोरै परिमाणमा यस्ता पदार्थ मिलाएर दिन सकिन्छ।

भिटामिन

यस समयमा क्यालोरीको आवश्यकता बढ्ने तन्तुहरु टुक्रिएर पौष्टिक तत्त्व नष्ट हुने भएकोले थप भिटामिनको आवश्यक पर्छ। खानाबाट यसको पूर्ति गर्नुका साथै डाक्टरको सल्लाहअनुसार औषधिबाट पनि पूर्ति गर्न सकिन्छ।

खनिज पदार्थ

कहिलेकाहीँ बिरामीको शरीरबाट बढी पसिना निस्कनाले सोडियम पोटासियम तत्त्वको कमी हुन सक्छ। त्यसैले बिरामीलाई फलफूल-तरकारीको रस, दूध, दिनुपर्ने हुन्छ। क्याल्सियम फोस्फरसको लागि थप दूध दिँदा राम्रो हुन्छ। लौहतत्त्व तथा अन्य खनिज तत्त्व आवश्यक परेमा मल्टी-भिटामिन मिनरलको औषधि डाक्टरको सल्लाहबाट मात्र दिनुपर्ने हुन्छ।

पानी

ज्वरो आएको समयमा बढी पसिना निस्कने हुनाले यसको लागि प्रशस्त अर्थात् देखि लिटरसम्म झोलपदार्थ जस्तै- दूध, ग्लुकोज-पानी, ताजा फलफूलको रस प्रतिदिन लिनुपर्ने हुन्छ। मौसमअनुसार पानीको परिमाण धेरै वा थोरै हुन सक्छ।

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar] [Contact Us]


Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.