महिनावारी बन्द हुँदा देखिने समस्याहरु
बाँझोपनको पनि उपचार हुन
आइरन बढी भएको पानीले स्वास्थ्य बिगार्यो

बहुमूल्य औषधि मधुपत्र

भूसभित्रको आगो बन्दै एचआईभी/एड्स

धरानको स्वास्थ्य बिमा कार्यक्रम स्थगित

मध्यपश्चिममा क्षयरोगीको पीडा
मोटोपनले सन्तानलाई हानि पुग्न सक्छ
यौनपेसा र स्वास्थ्य समस्या
महिलाको पीडा पाठेघरको मुखको क्यान्सर
कपाल रंगाउन जडीबुटीको प्रयोग
धूमपानको लतबाट मुक्ति
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज

 

 

मोटोपनले सन्तानलाई हानि पुग्न सक्छ

गर्भवती हुनुभन्दा पहिलेदेखि नै अत्यधिक तौल (obesity) भएकी महिलाले सन्तान जन्माउँदा अन्य महिलाको भन्दा उनीहरुको शिशुमा बढी जन्मजात खोटहरु देखिने गरेको हालैको नयाँ अध्ययनबाट पत्ता लागेको छ।

अमेरिकाका आठवटा राज्यमा करिब १५ हजार महिलाबीच गरेको यो अनुसन्धानअनुसार उनीहरुका शिशुहरुमा मेरुदन्ड, मुटु, पाखुरा, खुट्टा पेटसम्बन्धी विभिन्न समस्याहरु पाइएको थियो। यसअघि भएका अध्ययनमा मेरुदण्ड मुटुसम्बन्धी समस्या पाइएको उल्लेख गरिएको थियो। यस अध्ययन प्रतिवेदनमा सबैभन्दा बढी जोखिम मेरुदण्डमा भएको उल्लेख गरिएको थियो।

टेक्सास युनिभर्सिटीका अनुसन्धानकर्ता किम वाल भन्छन्- ँतर यस विषयमा धेरै तर्सिहाल्नुचाहिँ पर्दैन। किनकि अधिक मोटा महिलाहरुले जन्माएका सन्तानमा पाइने स्वास्थ्य समस्याको दर कम नै यस्ता अधिकांश जन्मजात खोटहरुको कारण थाहा पाइएको पनि छैन। यसो भए तापनि महिलाहरुले स्वस्थ तौल कायम गर्नुपर्ने कुरामा भने उनले जोड दिएका छन्।

उचित तौल भएकी महिला गर्भवती हुँदाभन्दा अधिक तौल भएकी महिला गर्भवती हुँदा दोब्बर जोखिम हुन्छ। यस्ता महिलाको शिशुको मेरुदण्ड (spinabifida) मा समस्या हुँदा पछि खुट्टामा पक्षघात हुने, पढाइसम्बन्धी समस्या आउने लगायत अन्य गम्भीर किसिमका समस्या देखिन सक्ने उल्लेख गरिएको छ। त्यसैले सकेसम्म शरीरको तौल उचित रुपमा कायम गर्न सुझाव दिइएको छ।

-एपी

कफीले आन्द्राको क्यान्सर हुनबाट रोक्न सक्छ

स्फूर्ति ताजापनका लागि पिइने कफी दैनिक तीन कपसम्म पिएमा महिलाहरुको ठूलो आन्द्रा (colon) मा हुने क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम हुने कुरा हालै जापानी वैज्ञानिकहरुले गरेको अनुसन्धानमा पाइएको छ।

टोकियोको राष्ट्रिय क्यान्सर अध्ययन केन्द्रका अनुसन्धानकर्ताहरुले ४० देखि ६९ वर्ष उमेर समूहका ९६ हजारभन्दा बढी महिला तथा पुरुषहरुका सम्बन्धमा १२ वर्ष लगाएर गरेको अनुसन्धानमा उक्त तथ्यहरु पाइएको उल्लेख छ। अनुसन्धानअनुसार पुरुषलाई चाहिँ कुनै किसिमको फाइदा नभएको उल्लेख गरिएको छ।

सन्तुलित खाना शारीरिक अभ्यासजस्ता अन्य कुराहरुको समायोजन गरेर अध्ययन गर्दा पनि दैनिक तीन वा सोभन्दा बढी कप कफी पिउने महिलाहरुमा कफी नपिउने महिलाहरुमा भन्दा ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना आधा नै कम भएको पाइएको थियो।

अनुसन्धाकर्ताहरुले चिया (ग्रिन टी) को उपभोग ठूलो आन्द्राको क्यान्सरसम्बन्धमा चाहिँ कुनै सम्बन्ध भएको नपाइएको उल्लेख गरेका छन्। जापानी वैज्ञानिकहरुले गरेको यो अनुसन्धानका परिणामहरु इन्टरनेसनल जर्नल अफ क्यान्सरमा प्रकाशित भएको छ।

अनुसन्धान टोलीका सदस्य मनामी इनोउ भन्छिन्- ँजापानमा अधिकांश पुरुषहरु मदिरापान गर्छन्। यसले पनि पुरुषहरुलाई कफीले केही मात्र फाइदा पुर्याएको हुन सक्छ। तर अध्ययनमा यो विषयलाई नराखिएको मनामीले बताएकी छन्।

मनामीका अनुसार कफी नपिउने मानिसले कफी पिउनै पर्छ भन्ने छैन तर पिउने गरेकाले छाड्न जरुरी पनि छैन।

- इन्टरनेट

कन्डम किङको खोजी

भारतले एचआईभी/एड्सलगायत यौनरोगबाट आफ्ना नागरिकलाई बचाउनका लागि कन्डमको बृहत् प्रचारप्रसार गर्न सामाजिक प्रतिष्ठा पाएका व्यक्ति ँकन्डम म्यान (Condom Man)) को खोजी गरिरहेको सम्बन्धित संस्थाका अधिकारीले बताएका छन्।

थाइल्यान्डमा कन्डमलाई जनप्रिय बनाउन तत्कालीन एक जना मन्त्री मिचाईले ठूलो प्रयत्न गरेका थिए। सुरक्षित यौनसम्पर्क गर्न कन्डम कति उपयोगी हुन्छ भन्ने प्रचार गर्न मिचाई आफैं कन्डम बोकेर प्रचारमा हिँड्थे। उनले एक पटक थाइल्यान्डलाई पूरै कन्डममय बनाएर कन्डम कुनै लाजको वस्तु नभई यौनरोगबाट बच्ने सामान्य साधन हो भन्ने कुरा जनमानसमा प्रभाव पारेका थिए। यही प्रयासका कारण विश्वको ठूलो यौन पर्यटन बजारका रुपमा चिनिएको थाइल्यान्डमा अहिले सुरक्षित यौनसम्पर्कको दरमा निकै वृद्धि भई एचआईभीको संक्रमण दर निकै घटेको छ।

समाज सेवाको क्षेत्रमा लामो समयदेखि कार्यरत मिचाईले स्थापना गरेको पपुलेसन एन्ड कम्युनिटी डेभलपमेन्ट एसोसिएसन -पीडीए) नामक संस्थाले अहिले दक्षिणपूर्वी एसिया तथा दक्षिण एसियामा क्षेत्रीयरुपमा एड्स नियन्त्रणका लागि काम गरिरहेको छ। मिचाई नै अध्यक्ष रहेको सो संस्थाको भवनमा रहेको क्याबेज एन्ड कन्डम रेस्टुराँ त्यस क्षेत्रमा निकै प्रसिद्ध रहेको छ। यसको सम्पूर्ण सजावट कन्डमबाट गरिएको छ। वास्तवमा मिचाई थाइल्यान्डका लागि कन्डमको पर्यायवाची नै बनेका छन् ँकन्डम किङ का नामले प्रसिद्ध छन्।

अहिले भारतले पनि कन्डमलाई जनप्रिय बनाउन सक्ने यस्तै ँकन्डम म्यानको खोजी गरिरहेको छ। नेसनल एड्स कन्ट्रोल अर्गनाइजेसनकी प्रमुख सुजाता राव भन्छिन्- ँभारतलाई मिचाई भीरवैद्यजस्तै यौन कन्डमका विषयमा खुलेर काम गर्न सक्ने मानिसको जरुरत छ। कन्डम प्रवर्द्धन गरी एचआईभी एड्सको संक्रमण दर घटाउन थाइल्यान्डले गरेको प्रयास सफलताको अध्ययन गरेपछि भारतले पनि यस्तै काम गर्न सक्ने कन्डम म्यानको खोजी गरिरहेको रावले बताएकी छन्। उनको भनाइ - ँएचआईभी/एड्सका सम्बन्धमा सरकारको नीति जनताको धारणालाई परिवर्तन गर्न सक्ने मानिसले मात्र अब एचआईभी संक्रमण रोक्ने दिशामा प्रभावकारी काम गर्न सक्छ।

नेपाल, भारतजस्ता देशका मानिसहरु कन्डमका बारेमा कुरा गर्न निकै लजाउँछन्। कन्डमको राम्रो उपलब्धता नहुनु उपलब्ध भएका स्थानमा पनि प्रयोग गर्न लजाउनु वा अप्ठ्यारो मान्नुले मानिसलाई एचआईभी/एड्सको जोखिमतिर धकेल्दै लगेको छ। यस्तो अवस्थामा कन्डमलाई जनप्रिय बनाउन यसको व्यापक प्रचारमा जोड दिनु नै उत्तम हुन्छ।

-रोयर्टस

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar] [Contact Us]


Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.