महिनावारी बन्द हुँदा देखिने समस्याहरु
बाँझोपनको पनि उपचार हुन
आइरन बढी भएको पानीले स्वास्थ्य बिगार्यो

बहुमूल्य औषधि मधुपत्र

भूसभित्रको आगो बन्दै एचआईभी/एड्स

धरानको स्वास्थ्य बिमा कार्यक्रम स्थगित

मध्यपश्चिममा क्षयरोगीको पीडा
मोटोपनले सन्तानलाई हानि पुग्न सक्छ
यौनपेसा र स्वास्थ्य समस्या
महिलाको पीडा पाठेघरको मुखको क्यान्सर
कपाल रंगाउन जडीबुटीको प्रयोग
धूमपानको लतबाट मुक्ति
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज

 

 

हेल्थ न्युज

कन्डम दिवस मनाइयो

विविध कार्यक्रमहरु गरी यस वर्ष तेह्रौं कन्डम दिवस मनाइएको छ। कोजाग्रत पूर्णिमापछिको शनिबारका दिन मनाउने गरिएको कन्डम दिवसका अवसरमा यस पटक नेपाल रेडक्रस सोसाइटी कन्डम दिवस समन्वय समिति स्वास्थ्य पत्रकार समूह -हेजान) को आयोजनामा अन्तरक्रिया, र्यालीका साथै कन्डमसम्बन्धी दोहोरी गीत प्रतियोगितासमेत गरियो। गर्भनिरोधका साथै एचआईभी/एड्स तथा यौनरोगबाट बच्ने साधनको रुपमा रहेको कन्डमको प्रयोगमा वृद्धि गर्नुपर्ने कुरामा जोड दिइएको छ। नेपालमा ४१ किसिमका झन्डै साढे चार करोड कन्डम खपत हुने गरेको सम्बन्धित कम्पनीहरुले जनाएका छन्। जसमध्ये सरकारले करिब करोड कन्डम निःशुल्करुपमा स्वास्थ्य संस्थाबाट वितरण गर्दै आएको छ। निजी क्षेत्रबाट नेपाल सीआरएस कम्पनीले वार्षिक डेढ करोड कन्डम सहुलियत दरमा बिक्री गरिरहेको प्रबन्ध निर्देशक कृष्णबहादुर रायमाझीले बताउनुभयो। नेपालमा करिब प्रतिशतले मात्र कन्डम प्रयोग गर्ने गरेका छन्।

जिरी अस्पताल इन्टरनेट सञ्जालमा

दोलखाको जिल्ला अस्पताल जिरी अस्पतालमा हालै भी-स्याट प्रविधिमार्फ इन्टरनेट सेवा जोडिएको छ। फोन लाइन विद्युत्मा भर परिरहन नपर्ने यो प्रविधि जिरी अस्पतालमा निक साइमन्स इन्स्टिच्युट -एनएसआई) नामक गैरसरकारी संस्थाले ँग्रामीण क्षेत्रमा स्वास्थ्यसम्बन्धी प्राविधिक जनशक्तिलाई एउटै संस्थामा काम गरिराख्ने वातावरण बनाउने परियोजना अन्तर्गत उपलब्ध गराएको हो। सुरुमा लाग्ने जडान खर्च, राजस्वलगायत मासिक सेवा शुल्क पनि परियोजना अवधिभर एनएसआईले नै बेहोर्नेछ। यस अस्पतालमा अत्याधुनिक सञ्चार सुविधा उपलब्ध हुँदा राजधानीबाट टाढा हुनुको पीडा कम हुने अस्पतालमा कार्यरत चिकित्सक, नर्स एवम् अन्य कर्मचारीलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या परेमा सहयोग लिन सजिलो हुने अस्पताल सहयोग समितिका अध्यक्ष एवम् भूतपूर्व सांसद इन्द्रबहादुर खड्का बताउनुहुन्छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामहरि चापागाईंका अनुसार यो प्रविधिको इन्टरनेट लिंदा टेलिफोन विद्युत्मा भर परिरहनु नपर्ने चिकित्सकहरुबीच आधुनिक चिकित्सकीय ज्ञान आदानप्रदान गर्न सजिलो हुने भएको छ। नेपालमा टेलिमेडिसिनको प्रयोगलाई अगाडि बढाउने कार्यक्रम सरकारले सुरु गर्न लागिरहेको अवस्थामा यसरी दुर्गम जिल्ला अस्पतालमा टेलिमेडिसिनको अनिवार्य पूर्वसर्त इन्टरनेट सेवा प्राप्त हुनाले अब दुर्गम क्षेत्रको अस्पताल पनि सुगमसरह भएको डा. चापागाईं बताउनुहुन्छ।

- रामकृष्ण चापागाईं/जिरी

अन्धोपन निवारणका लागि भिजन २०२०

सन् २०२० सम्ममा विश्वमा करिब करोड मानिस अन्धोपनको सिकार हुने आगामी वर्षभत्र नेपालबाट आँखामा लाग्ने खस्रेरोग निर्मूल हुने जानकारी विश्व दृष्टि दिवसको उपलक्ष्यमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा जानकारी गराइयो। नेपालको तराई विशेषगरी नेपालगन्ज क्षेत्रका थारु समुदायमा देखिएको खस्रेरोगलाई निमिट्यान्न पार्न प्रयासरत नेत्र विशेषज्ञहरुले आगामी तीन वर्षभत्र सफलता प्राप्त गर्ने भिजन २०२० कार्यक्रम नेपाल च्याप्टरका प्रमुख एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पूर्णचन्द्र कर्माचार्यले बताउनुभयो। विश्व स्वास्थ्य संगठन, इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन ब्लाइन्डनेससहित अन्य वटा अन्तराष्ट्रिय संस्थाले सबै खाले आँखारोगबाट मानिसलाई मुक्ति दिन केही गरौं भन्ने अभिप्रायले भिजन २०२० योजना अगाडि सारेका थिए। दक्षिण एसियाका १० मुलुकमध्ये सबैभन्दा पहिले नेपालले भिजन २०२० कार्यक्रम लागू गरेको हो। दक्षिण एसियाको मुख्य कार्यालय नयाँ दिल्लीमा रहेको छ। नयाँ दिल्लीबाट १० वटै देशलाई समन्वय गर्ने एक अध्यक्ष प्रत्येक देशमा एक-एक उपाध्यक्षको व्यवस्था गरी भिजन २०२० ले दक्षिण एसियामा आँखारोगविरुद्ध लडिरहेको छ।

नेपाल आँखारोग उपचारको लागि उत्कृष्ट गन्तव्य बनिरहेको सर्न्दर्भमा भिजन २०२० को वर्षको समय गुजारिसकेको नेपालले प्रारम्भिक सर्वेक्षणमा यो कार्यक्रमअन्तर्गत तीनवटा योजनालाई मूर्तरुप दिने कार्यक्रम तय गरेको उपकुलपति डा. कर्माचार्यले बताउनुभयो। नेपाल मात्र होइन, विश्वमै अन्धोपनको प्रमुख कारक मोतिविन्दु त्यसपछि न्यून दृष्टि, जलविन्दुलगायतका रोगहरुको निवारणलाई पहिलो योजना बनाइएको छ। त्यसपछि चिकित्सक, नर्स, टेक्निसियनलगायतका दक्ष जनशक्तिको उत्पादन, अनि पूर्वाधार उपकरणको जोहोलाई तेस्रो योजनाको रुपमा एकसाथ अगाडि डोर्याइएको डा. कर्माचार्यले बताउनुभयो। ँबच्चाको लागि दृष्टि नाराका साथ दृष्टि दिवस मनाउने क्रममा प्रतिष्ठानले धरानका ३४ वटा सामुदायिक तथा निजी विद्यालयका १४ हजार सय ८८ बालबालिकाको नेत्रपरीक्षण गरेको छ। एकै दिनमा हजार सय ५८ बालबालिकाको आँखा परीक्षण गरेर प्रतिष्ठानले सम्भवतः नेपालभरिमै एकै दिनमा सबैभन्दा बढी नेत्रपरीक्षण गरेको प्रतिष्ठानका आँखारोग विभागका प्रमुख एवम् भिजन २०२० कार्यक्रमको प्रतिष्ठानका संयोजक डा. बद्रीप्रसाद बढूले जानकारी गराउनुभयो।

- आनन्द कोइराला/धरान

निःशुल्क क्लिनिकबाट कमैया लाभान्वित

गरिबी चेतनाको कमीका कारण बिरामी हुँदा धामीझाँक्रीको शरणमा पर्ने दाङ जिल्लाको लालमटियाका मुक्त कमैयाहरु आफ्नो बस्तीमा सञ्चालित निःशुल्क स्वास्थ्य क्लिनिकबाट लाभान्वित भएका छन्। लालमटिया- स्थित मुक्त कमैया बस्तीमा पाक्षिकरुपमा सञ्चालन गरिंदै आएको उक्त क्लिनिकमा ८५ घर-परिवारका मुक्त कमैयाहरुले स्वास्थ्य जाँच गराएका छन्। दिगो विकासका लागि सामाजिक जागरण अभियान नेपाल दाङको आयोजनामा गत जेठ महिनादेखि क्लिनिक सञ्चालन हुँदै आएको छ। क्लिनिकमा आउने बिरामीमध्ये अधिकांशमा अनियमित महिनावारी, रक्तअल्पता, दाँतसम्बन्धी समस्या छालासम्बन्धी रोग पाइएको उपचारमा संलग्न अहेव दीपेन्द्र न्यौपानेले बताउनुभयो। मुक्त कमैयाका साथै स्थानीय सुकुम्बासीहरुले क्लिनिकबाट सेवा लिएको उल्लेख गर्दै स्वास्थ्यसम्बन्धी विभिन्न संघसंस्थासँग समन्वय गरी अन्य कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य रहेको अभियानका अध्यक्ष हरि बेलवासेले साधनालाई बताउनुभयो।

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar] [Contact Us]


Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.