महिनावारी बन्द हुँदा देखिने समस्याहरु
बाँझोपनको पनि उपचार हुन
आइरन बढी भएको पानीले स्वास्थ्य बिगार्यो

बहुमूल्य औषधि मधुपत्र

भूसभित्रको आगो बन्दै एचआईभी/एड्स

धरानको स्वास्थ्य बिमा कार्यक्रम स्थगित

मध्यपश्चिममा क्षयरोगीको पीडा
मोटोपनले सन्तानलाई हानि पुग्न सक्छ
यौनपेसा र स्वास्थ्य समस्या
महिलाको पीडा पाठेघरको मुखको क्यान्सर
कपाल रंगाउन जडीबुटीको प्रयोग
धूमपानको लतबाट मुक्ति
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज

 

 

धरानको स्वास्थ्य बिमा कार्यक्रम स्थगित

आनन्द कोइराला

तस्वीरहरुः लेखक स्वयम्

अपेक्षा गरेभन्दा बढी नै आर्थिक भार बेहोर्नुपरेको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको सामाजिक स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ। आर्थिक भार अर्थात् घाटा भएको बहानामा प्रतिष्ठानले एक वर्षएता सयौं बिमकहरुको एकै पटक बिमा नवीकरण प्रक्रिया बन्द गरेको छ।

नेपाल अधिराज्यमै पहिलो पटक सुरु गरिएको नमुना स्वास्थ्य बिमा कार्यक्रमको एक वर्षदेखि नै भविष्य अनिश्चित बनेको हो। पूर्वक्षेत्रका जनतालाई सस्तो सुलभ ढंगबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले प्रतिष्ठानले स्थापना गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्य विकल्पविना नै स्थगित गरिएको छ। अन्तराष्ट्रिय श्रम संगठनको अवधारणाअनुरुप वि.सं. २०५७ सालदेखि परीक्षणको रुपमा सुरु गरिएको सो बिमा कार्यक्रमबाट मोरङका केही गाविस तथा सुनसरीका अधिकांश क्षेत्रका सर्वसाधारणले प्रत्यक्ष सेवा पाएका थिए।

कार्यक्रमअन्तर्गतका गाविसमा बसोबास गर्नेका लागि मासिक प्रतिव्यक्ति २५ रुपियाँ तिर्नुपर्ने सहरमा बसोबास गर्नेहरुले मासिक प्रतिव्यक्ति एक सय रुपियाँ तिर्नुपर्ने व्यवस्था गरिएको थियो। तोकिएको प्रिमियम शुल्क लिएर १४ हजारभन्दा बढीलाई एकै पटक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको थियो। यस किसिमको कार्यक्रम मुलुकमै यो पहिलो थियो।

कार्यक्रममा वि.सं. २०६३ को अन्त्यसम्म नेपालको पूर्वी क्षेत्रका १९ संस्था सहभागी भइसकेका थिए। जसमा हजार सय ६५ घरपरिवारका १४ हजार सय २५ व्यक्तिले लाभ लिइरहेका थिए। यो कार्यक्रममा सेवा अवधि बाँकी रहेको एकमात्र संस्थाको रुपमा नेपाल पत्रकार महासंघ सुनसरी शाखा रहेको थियो। गत साउन महिनायता महासंघको अवधि सकिएपछि सुनसरीका पत्रकार तथा पत्रकारका परिवारको समेत बिमा रद्द भएको छ। कुल २६ पत्रकार परिवारका ७९ सदस्य यसका सदस्य थिए।

महासंघको पहलमा पत्रकार तथा असहायहरुका लागि मात्र पनि बिमा सञ्चालनको आग्रह गरिए पनि प्रतिष्ठान प्रशासनले तत्कालका लागि सेवा स्थगित गरिने जनाएको थियो। महासंघका जिल्ला सचिव जनकऋषि राईका अनुसार कार्यकारिणी समितिको चयन हुन बाँकी भएकोले यस्तो निर्णर्य गरेको प्रतिष्ठानले जनाएको थियो। झन्डै डेढ वर्षअगाडि प्रतिष्ठानका कर्मचारीको आन्दोलनका क्रममा शाही शासनका सहयोगीको आरोपमा उपकुलपतिलगायत महत्त्वपूर्ण पदाधिकारी पद नै रिक्त भएको थियो। पछिल्लो एक वर्षको दौरानमा प्रतिष्ठानले स्वास्थ्य बिमाजस्तै अन्य सेवामूलक कामसमेत वन्द गराएको छ।

बिमा कार्यक्रममा सुनसरी मोरङका गाविस, त्यहाँ कार्यरत सामाजिक संस्था, शिक्षण संस्थाहरु सहभागी थिए। बिमित हुन संस्थाकै सिफारिसमा आउनुपर्ने अनिवार्य प्रावधान राखिएको थियो।

बिमितको सेवा रोक्का

प्रतिष्ठानका अस्पताल प्रशासन शाखाका सुपरभाइजर नारायणप्रसाद चापागाईं प्रतिष्ठानले परीक्षणका रुपमा सुरु गरेको यो कार्यक्रममा प्रतिष्ठानलाई दिनानुदिन आर्थिक भार बढ्दै गएका कारण हाललाई नवीकरण प्रक्रिया स्थगित गरिएको बताउनुहुन्छ।

उहाँका अनुसार हरेक वर्ष प्रतिष्ठानको सामाजिक स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुने संस्थाहरुको संख्या स्वास्थ्य सेवाबापत भुक्तानी गर्ने रकममा ठूलो अन्तर हुँदै गएका कारण प्रतिष्ठानलाई यो समस्या आएको हो। ँत्यसैले हामी आगामी दिनमा यो सेवा सञ्चालन गर्ने/नगर्नेबारे सोचिरहेका छौ -चापागाईंले भन्नुभयो।

प्रतिष्ठानले आर्थिक वर्ष २०६१/०६२ मा स्वास्थ्य बिमाको क्षेत्रमा प्रतिष्ठानको लगानीलाई ध्यान दिई कार्यक्रमबारे पुनर्विचार गर्ने निष्कर्ष निकालेको थियो। सो आर्थिक वर्षमा कार्यक्रममा कुल २८ संस्थाका हजार सय ५२ घरपरिवारका १९ हजार सय ३४ व्यक्ति सहभागी थिए। कार्यक्रमको अनिश्चिततापछि सहभागी सबैको सेवा-सुविधा रोक्का भएको छ।

प्रतिष्ठानद्वारा प्रकाशित सन् २००६ सम्मको वार्षिक प्रतिवेदनअनुसार सहभागीबाट उठेको कुल ५३ लाख ६० हजार सय ६९ रुपियाँको तुलनामा प्रतिष्ठानको खर्च झन्डै दोब्बर भएको थियो। प्रतिवेदनका अनुसार प्रतिष्ठान आफैंले बिमितहरुको उपचारमा ९४ लाख ३९ हजार सय ६७ रुपियाँ बेहोरेको थियो। ँतर त्यो वर्ष यसै गर्ने भन्ने सोच्न सकिएन, यसवर्षदेखि भने नवीकरण नै रोकेर अन्तिम निर्णय गर्ने भनेका हौं -चापागाईंले स्पष्ट पार्नुभयो। गएको आर्थिक वर्षको कुल खर्च खुल्न बाँकी रहेको भए तापनि पहिलेभन्दा प्रतिष्ठानको व्यय नघट्ने देखिएको पनि उहाँको भनाइ थियो।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. अरविन्द सिन्हाले प्रतिष्ठानको बढ्दो लगानीकै कारण कार्यक्रमलाई के गर्ने भन्नेबारेमा निर्णय गर्न नसकिरहेको स्वीकार गर्नुभयो। ँयसबारेमा व्यापक छलफल गरेर के गर्ने भन्ने निष्कर्षनिकाल्ने तयारी गरिरहेका छौं, केही समय लाग्न सक्छ -सिन्हाले भन्नुभयो। यता तत्कालीन समयमा प्रतिष्ठानमा महत्त्वपूर्ण पद रिक्त रहेकाले तत्काल निर्णय गर्न नसकिएको पनि उहाँले स्वीकार्नुभयो। गतवर्षप्रतिष्ठानमा उपकुलपति, अस्पताल निर्देशक, रेक्टर तथा शिक्षाध्यक्ष पद रिक्त रहेको थियो। लामो समयको अन्योलपछि उपकुलपति पूर्णचन्द्र कर्माचार्य तथा शिक्षाध्यक्षमा जलनकुमार शर्मा नियुक्ति भएपछि पनि अहिलेसम्म स्वास्थ्य बिमा कार्यक्रमलाई अन्योलमा राखिएको छ।

अनियमितता प्रमुख कारण

प्रतिष्ठानमा पहिलो पटक सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमको सुरुआत भएलगत्तै व्यापकरुपमा अनियमितता भएको खुल्न आएको छ। पूरा कार्यक्रम नै घाटामा जानुको पछाडि अनियमितता प्रमुख कारण रहेको स्रोतको दाबी छ।

सो कार्यक्रमअन्तर्गत प्रतिष्ठानले आफ्ना कर्मचारी, गाँउ विकास समिति, रेयुकाई, रेडक्रस, पुस्तकालयसहित स्थानीय संघसस्थाका पदाधिकारीसहित थुप्रैको न्यून दरमा बिमा गराएको थियो। संस्थागत रुपमा संलग्न सदस्यले मात्र बिमा गराए पनि स्वास्थ्यसम्बन्धी समस्या भएका धेरैजसो बिरामीहरुले यसबाट निःशुल्क रुपमा उपचार पाएका थिए। प्रतिष्ठानमा पछि नियमित रुपमा अनुगमन नहुँदा एउटै बिमा कार्ड देखाएर अन्य व्यक्तिले समेत स्वास्थ्योपचार सेवा लिए।

व्यापकरुपमा अनधिकृत नागरिकले सित्तैमा उपचार लिएपछि भने सो कार्यक्रमलाई दीर्घकालीन रुपमा असर पुगेको छ। खासगरी प्रतिष्ठानका कर्मचारी तथा स्वास्थ्यसँग सम्बन्धित कर्मचारीका आफन्त यस्तो फाइदा लिनेमा अगाडि रहेका थिए। चिनेकै भरमा आफ्नो कार्डको दुरुपयोग व्यापक मात्रामा गरिएपछि प्रतिष्ठानले दुई वर्षमा लाखौं रकम उपचार खर्चमा बेहोरेको सम्बद्ध पक्ष बताउँछ।

नमुना बिमा स्वास्थ्य केन्द्रमा संलग्न एक पूर्वकर्मचारीका अनुसार चिनेको एक कर्मचारीको कार्ड देखाएर पूरै परिवारको उपचारसमेत गर्ने गराइएको थियो। सेवा सुरु भएको वर्षदिन नबित्तै अनियमितता बढेपछि धेरैजसो दीर्घ रोगीहरुका लागि प्रतिष्ठानले छोटो समयमा धेरै खर्च बेहोर्नुपरेको थियो। तर प्रतिष्ठान प्रशासन भने यस्ता विकृति रोक्नभन्दा पनि घाटाको कारण देखाउँदै कार्यक्रम स्थगित गर्ने योजनामा पुगेपछि धेरै बिरामीमाथि अन्याय नै भएको छ।

उपचारका नाममा बाहिर लाखौं खर्च गर्नुपर्ने भएपछि ग्रामीण भेगमा बसोबास गर्ने बिरामीलाई ठूलो समस्या परेको सुन्दरपुर मोरङका पूर्वगाविस अध्यक्ष कृष्ण दाहाल बताउनुहुन्छ। निम्न आयस्रोत भएका गरिब परिवारका लागि कोसेढुंगा साबित भएको स्वास्थ्य बिमा कार्यक्रमले गाउँ-गाउँमा उपचार पद्धतिप्रति विश्वाससमेत बढाएको दाहालको भनाइ छ।

बिमा कार्यक्रम सञ्चालन गर्ने/नगर्ने सम्बन्धमा प्रतिष्ठानको कार्यकारिणी समितिको निर्णयपछि मात्र निष्कर्षा पुगिने प्रतिष्ठानले जनाएको छ। नवनियुक्त अस्पताल निर्देशक डा. बीपी दासले प्रतिष्ठानको पछिल्लो निर्णर्यले हजारौंलाई सेवाबाट वञ्चित गराएकोमा यसबारे छिट्टै निचोडमा पुग्ने तयारी भइरहेको साधनालाई बताउनुभयो। भर्खरै नियुक्ति भएकाले तत्काल निर्णर्य भइनहाले पनि के गर्नेभन्ने बारे चासो दिइएको डा. दासको भनाइ छ।

प्रतिष्ठानमा झन्डै एक वर्षअघि नियुक्त भएका उपकुलपति पूर्णचन्द्र कर्माचार्यले भने आफ्नो पूरा संयन्त्र निर्माण भएपछि मात्र निर्णय गर्ने भनी सो सेवालाई विचाराधीनमा राखेका थिए।

बिमा कार्यक्रमलाई पुनः सुचारु गर्न विभिन्न संघसंस्थाले पहल गरे पनि कर्मचारीहरुले कुनै हालतमा पनि कार्यक्रम सञ्चालन गर्न नसकिने जवाफ दिंदै आएका छन् 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar] [Contact Us]


Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.