महिनावारी बन्द हुँदा देखिने समस्याहरु
बाँझोपनको पनि उपचार हुन
आइरन बढी भएको पानीले स्वास्थ्य बिगार्यो

बहुमूल्य औषधि मधुपत्र

भूसभित्रको आगो बन्दै एचआईभी/एड्स

धरानको स्वास्थ्य बिमा कार्यक्रम स्थगित

मध्यपश्चिममा क्षयरोगीको पीडा
मोटोपनले सन्तानलाई हानि पुग्न सक्छ
यौनपेसा र स्वास्थ्य समस्या
महिलाको पीडा पाठेघरको मुखको क्यान्सर
कपाल रंगाउन जडीबुटीको प्रयोग
धूमपानको लतबाट मुक्ति
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज

 

 

कपाल रंगाउन जडीबुटीको प्रयोग

बिनु श्रेष्ठ(ब्युटिसियन)

अचेल पुरुष हुन् वा महिला, युवा हुन् वा प्रौढ, प्रायः सबैले आफूलाई मन पर्ने रंगमा कपाल रंगाउने गर्छन्। आफ्नो कपालको प्राकृतिक रंग हटाउन वा छोप्न नयाँ विक लगाउने आजको फेसन नै भएको छ। कपाल रंगाएपछि सुन्दर देखिने मात्र नभई नौलोपना प्रदान गर्छ। आजको रुटिङ लाइफ स्टाइलमा यसको जरुरी देखिएको छ।

किनकि यसले युवावस्थाको भान गराउँछ। केमिकल, मेटालिक कलर, ब्लिच आदिको प्रयोगले कपाललाई स्थायी रुपमा विभिन्न रंगहरु प्रदान गरिन्छ।

सेतो, खरानी, सुनौलो, पहेँलो, रातो, नीलो, हरियो, बैजनी, खैरो, कालो अथवा अझ बढी रंगहरुमध्ये आफूलाई मन पर्ने रंग लगाउन सकिन्छ।

कतिपय व्यक्ति केमिकलयुक्त रंगभन्दा पनि जडीबुटीको प्रयोगबाट कपाल रंगाउन चाहन्छन्। प्राकृतिक रुपमै कपाललाई सुन्दर बनाउन विभिन्न प्रकारका फल, फूल, रुखको बोक्रा, पात, जरा आदिको प्रयोग गरिन्छ। यसबाट कपालका साथै शरीरमा पनि कुनै प्रकारको हानि हुन दिंदैन। जडीबुटीको प्रयोगले केमिकलयुक्त रंगले जस्तो एलर्जी हुने सम्भावना पनि हुँदैन। कपालको प्राकृतिक रंगलाई ध्यानमा राखेर मात्र सही जडीबुटीको छनोट गरी कपाल रंगाउनुपर्छ।

प्राचीनकालदेखि नै जडीबुटीको प्रयोगबाट कपाल रंगाउने गरेको पाइन्छ। साधारणतया मेहन्दीको प्रयोग सबैले गर्छन्। एक समय मेहन्दीको अत्यधिक प्रयोग गरी कपाल रंगाइन्थ्यो पनि। त्यस्तै अन्य जडीबुटीमा कटुसको पात, काँचो ओखरको बोक्रा, सयपत्री फूल, क्यामोमाइल फूल, चियापत्ती, कफी, चुत्रो, ल्वांग, नीरको पात, अमला, कालो चेरी, कर्न फ्लावर, चुकन्दर, पैयुँको रुखको बोक्रा, मेहन्दी आदि। कपालको प्राकृतिक रंगसँग मेल खाने जडीबुटी छनोट गरेर कपाल रंगाउनुपर्छ।

यदि कपाल गाढा खैरो वा कालो रंगको भने मेहन्दीको प्रयोगबाट चमकपूर्ण रातो तामाको जस्तो रंग आउँछ। यसले कपाललाई सुन्दर देखाउँछ। साथै कपाल टाउकोको छाला स्वस्थ बनाइदिन्छ। मेहन्दीको नियमित प्रयोगबाट गाढा रातोपना निस्कन्छ, जुन अति नै राम्रो देखिन्छ। तर फुलेको सेतो सुनौलो, कपालमा महेन्दीको प्रयोग गर्दाचाहिँ सुन्तला, गाजरजस्तो रंगमा कपाल रंगिन गई नराम्रो परिणाम निस्कन्छ।

अमलाको प्रयोगबाट कपालमा कालोपन वृद्धि हुने गर्छ। यदि कपाल फुलेको भने अमलाको नियमित प्रयोगबाट लाभ पुग्छ। फलामको भाँडोमा अमलाको धूलो भिजाएर राख्ने लगाउने गर्नाले कपाल कालो हुन्छ।

यदि फुलेको वा सुनौलो कपालमा हल्का रंगको साथै चमक चाहनुहुन्छ भने क्यामोमाइल फूल दुई चम्चा एक मग पानीमा हाली उमालेपछि छोपेर राख्नुस्। चिसो भएपछि छानेर एक सानो चम्चा कागतीको जुस मिसाएर कपालमा लगाउनुस्। अनि यत्तिकै सुक्न दिनुस्, तपाईंको कपाल चमकपूर्ण हुनेछ।

कालो कपाललाई निखर कालो, नीलो रंगको साथै चमक दिनुपर्नेछ भने नीरको पात प्रयोग गर्नुस्। यसको लागि एक मुठी नीरको पात पानीमा उमालेर लगाउनुस्। दुईवटा जवाकुसुम फूल एक मग पानीमा उमालेर कपालमा लगाउनाले लालीमा दिन्छ। ल्वांग पानीमा उमालेर लगाउनाले कपाल चम्किलो कालो बनाउनुका साथै शरीरलाई ठण्डापन प्रदान गर्छ। कालो चेरीको प्रयोगले कपाललाई कालो बनाउँछ। सयपत्री फूल पानीमा उमालेर सुनौलो, पहेँलो, फुस्रो कपालमा प्रयोग गर्नाले कपाल चमकपूर्ण सुन्दर हुन्छ।

यदि कपाल खैलो रंगको भने कटुसको पात, चियापत्ती, कफी, एल्डर बेरी आदिको प्रयोगबाट सुन्दर बनाउन सकिन्छ। यदि कपाल ब्रुनेट ब्याक भने काँचो ओखरको बोक्रा, एल्डर फ्लावर, चेरीवार्क, ल्वा? आदिको प्रयोगबाट रंगाउनु फाइदा हुन्छ। कर्न फ्लावर, नेटलको पात, क्यामोमाइलको प्रयोगबाट सेतो फुलेको कपाललाई चम्किलो, स्वस्थ सुन्दर बनाउन मद्दत मिल्छ।

कपाललाई जीवन्तता प्रदान गरी सुन्दर बनाउन, कपालको प्रकृतिअनुसार चमकता ल्याउन, रंग प्रदान गर्न, सुन्दरतामा वृद्धि ल्याउन जडीबुटीको प्रयोग गर्नु लाभदायी हुन्छ।

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar] [Contact Us]


Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.