महिनावारी बन्द हुँदा देखिने समस्याहरु
बाँझोपनको पनि उपचार हुन
आइरन बढी भएको पानीले स्वास्थ्य बिगार्यो

बहुमूल्य औषधि मधुपत्र

भूसभित्रको आगो बन्दै एचआईभी/एड्स

धरानको स्वास्थ्य बिमा कार्यक्रम स्थगित

मध्यपश्चिममा क्षयरोगीको पीडा
मोटोपनले सन्तानलाई हानि पुग्न सक्छ
यौनपेसा र स्वास्थ्य समस्या
महिलाको पीडा पाठेघरको मुखको क्यान्सर
कपाल रंगाउन जडीबुटीको प्रयोग
धूमपानको लतबाट मुक्ति
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज

 

 

बहुमूल्य औषधि मधुपत्र

विश्वनाथ प्रसाद यादव ( वैज्ञानिक अधिकृत, नास्ट )

अहिलेको आधुनिक युगमा सहरीकरणलगायतका कारणले मानिसमा अनेक किसिमका रोग लाग्छन्। हृदयरोग, मधुमेह, मोटोपन, मस्तिष्कघात, अवसाद, उच्च रक्तचाप आदि प्रमुख रोगहरु हुन्। हामी प्रकृतिको अंश भएकोले प्रकृतिको सीमाभित्र बाँच्नुपर्छ। नत्र न्यूटनको तेस्रो नियमअनुसार प्रत्येक क्रियाको बराबर विपरीत हुन्छ। यसै नियमअनुसार प्रकृतिको सीमाभित्र बस्यौं भने हामी स्वस्थ रहन्छौं। अर्कोतिर प्रकृतिको विपरीत गएमा हामीले अस्वस्थ जीवन जिउन बाध्य हुनुपर्छ।

वर्तमान समयमा असन्तुलित जीवनशैलीका कारण मानिसले विभिन्न रोग निम्त्याइरहेका छन्। ती रोगहरु एलोपेथिक औषधिबाट विषेक नहुन पनि सक्छन्। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिन जीवनशैलीमा सुधार गर्नु आजको आवश्यकता हो। एलोपेथिक औषधि दीर्घकालीन रुपमा सेवन गरेको खण्डमा नकारात्मक प्रभाव पनि उत्पन्न हुन सक्छ। त्यसैकारण एलोपेथिक औषधिको सट्टा वनस्पतिजन्य औषधिको प्रयोग आधुनिक समाजमा बढ्दो छ।

जीवनशैलीसँग सम्बन्धित रोगहरुको रोकथामको लागि मधुपत्र अर्थात् रेबाउडियाना औषधिजन्य बिरुवामध्ये प्रमुख मानिन्छ। यो बिरुवा स्पेनका मानिसको प्रयासबाट दक्षिण अमेरिकामा पत्ता लागेको हो। त्यहाँका मानिसले उक्त बिरुवालाई पेयपदार्थहरुमा गुलियो बनाउन प्रयोग गरेको पाइन्छ। यो औषधिजन्य बिरुवालाई हनी लिफ, सुगर लिफ स्वीट हर्बको नामले पनि चिनिन्छ। मधुपत्र अर्थात् स्टेबिया रेबाउडियाना प्रजातिको सर्वप्रथम वानस्पतिक पहिचान सन् १८९९ मा भएको थियो। सन् १९३१ मा ब्रिइल लैवी नामक वैज्ञानिकहरुले स्टेबियामा पाइने गुलियो पदार्थ ँस्टेबोसाइड्सलाई निकालेर शुद्ध रुपमा प्रस्तुत गरे।

दक्षिण अमेरिकाको प्याराग्वे नामक देशमा स्टेबिया औषधिजन्य बिरुवाको खेती सुरु भएको हो। अहिले आएर जापान, चीन, ताइवान, थाइल्याड, कोरिया, मेक्सिको, मलेसिया, इन्डोनोसिया, तन्जानिया, क्यानाडा आदि मुलुकमा स्टेबियाको व्यावसायिक खेती भइरहेको छ।

भारतमा सन् १९९० को दशकमा यो बिरुवा भित्रिएको हाल त्यहाँका केही ठाउँमा यसको व्यावसायिक खेती भइरहेको छ। यसले गर्दा भारतीय उपमहाद्वीपमा स्टेबिया एक नयाँ बिरुवाको रुपमा प्रस्तुत भएको छ। यसका लागि केही कठिनाइहरु छन्। बहुमूल्य औषधिका रुपमा रहेको यस बिरुवाको संरक्षण खेती गर्न आवश्यक देखिन्छ।

यसको अनुसन्धान खेतीमा जोड नदिनुको कारण यो बिरुवामा स्टेवियाल नामक विषालु पदार्थले गर्दा हो कि जस्तो लाग्छ। यो विषालु पदार्थ म्युटाजेनिक हुनाले स्वास्थ्यमा कुप्रभाव पर्दछ। विश्व विज्ञान समाजले स्टेबिया बहुमूल्य गुणहरुको कारण यसलाई उच्च पंक्तिमा राखेको छ। त्यसैकारण स्टेवियाको अनुसन्धान गरेर यसको औषधिजन्य पदार्थको महत्त्व बुझेमा जीवनशैलीका रोगहरुको निवारणको लागि ठूलो टेवा पुग्छ भन्ने आशा राख्न सकिन्छ।

यस बिरुवाबाट विभिन्न किसिमका औषधिहरु बन्छन्। मधुमेह रोगीहरुका लागि यो बिरुवाले ठूलो आशाको किरण उत्पन्न गर्न सक्छ। मधुमेह रोगीहरुलाई चिकित्सकले गुलियो पदार्थ खान नदिएकोले त्यस्तो गुलियो पदार्थको विकल्पको रुपमा स्टेबियालाई रोज्न सकिन्छ। स्टेबियाबाट गुलियोपनको प्राकृतिक स्वादले गर्दा मधुमेह रोगलाई विनानकारात्मक प्रभाव निको पार्न सक्छ।

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar] [Contact Us]


Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.