![]() |
तपाईंको घरमा हाम्रा डाक्टर डा. हरिहर खनाल मुटुरोग विशेषज्ञ मलाई २-३ वर्षेखि अत्यधिक डण्डिफोरले सताइरहेको छ । कसै-कसैले विवाहपछि आफैं हराउँछ भन्छन् भने कसैले कागती वा बेसनको पीठो लगाएमा पनि निको हुन्छ भन्छन् । उचित समाधान कसरी गर्न सकिएला - - टेकप्रसाद पहाडी कुशल’ सिन्धुली पोखरी-३, लुम्ती डण्डिफोर आउनुलाई बिहेसँग जोड्नु तर्कसंगत होइन । यौवनावस्थामा डण्डिफोर बढी हुन्छ नै, तर यसको सम्बन्ध भाइरस जीवाणुको संक्रमण, चिल्लो छाला, चिल्लो वा गुलियो धेरै सेवन गरिनुसँग पाइन्छ । तर्सथ सल्लाह दिने गरिन्छ- दिनको २-३ पटक साबुनले अनुहार धुने, चिल्लो-गुलियो नखाने तथा औषधिसमेत परेमा उपयोग गर्नुपर्नेछ । गुणात्मक सेवाको लागि छलारोग विशेषज्ञ भेटेमा अवश्य सुधार वा छुट्कारा मिल्नेछ । कागती, बेसन, टमाटर आदि अनुहारमा लगाएर गल्ती नगर्नु होला । अनुहारको छाला संवेदनशील हुनुको साथै वैज्ञानिक रुपमा प्रमाणित र सुरक्षित नभनेका वस्तु उपयोग नगर्नु नै बेस । ४-५ वर्षेखि म कानको रोग SHNL को समस्याबाट पीडित छु । उपचार गराउँदा २ लाख रुपियाँसम्मको हेयरिङ एड लगाउनुपर्ने भनियो र यसले पाँच वर्षम्म धान्ने रहेछ । म आर्थिक कमजोर भएको व्यक्तिका लागि अरु कुनै विकल्प भए बताइदिनु होला । - विराम चन्द विरामजी, तपाईंको समस्याको लागि सहानुभूति, सद्भाव र सहयोग पाउन शुभकामना दिन चाहन्छु । तपाईंको उपचारको विकल्प भनेको कोही दाता भेटिनु वा उक्त उपचारको निःशुल्क व्यवस्था हुनु मात्र हो । केही सरकारी वा अन्य संघसंस्थाहरुले पनि असहाय र आवश्यकता भएका व्यक्तिहरुलाई सहयोगको हात फैलाएको सुन्नमा आउने गरेको छ । त्यसैले यी सम्पूर्ण सम्भावना वा विकल्पहरु आफंै वा आफ्नो निकट व्यक्तिद्वारा प्रयास गरिएमा केही उपाय पत्ता लाग्थ्यो कि - त्यसैगरी यही विषयका विशेषज्ञ चिकित्सक भेट्नुभएमा बढी सम्भावना, बढी थाहा हुन सक्ने कुरा स्पष्ट छ । रौं हटाउने कुनै औषधि पाइन्छ कि ? - मोहन पोख्रेल मोहनजी, रौं हटाउने विभिन्न क्रिम बजारमा पाइन्छ । तर महत्त्वपूर्ण् कुरा हो रौं कहाँ, किन आयो र हटाउन उपयुक्त छ कि छैन - साथै क्रिम वा अन्य औषधि उपयोग गर्न मिल्छ वा मिल्दैन - तर्सथ फिजिसियन भेटेर छलफल गर्नुभएमा सुरक्षित भइनेछ । एक महिलाको श्रीमान् बितेको ६ वर्षभयो । उनीसँग मैले एक वर्षम्म यौनसर्म्पर्क गरें । उनका श्रीमान्को एड्सकाकारण मुत्यु भएको थाहा पाएपछि सर्म्पर्क नगरेको दुइ वर्षभयो । पटक-पटक परीक्षण गराउँदा पनि हामी दुवैमा एड्स नभएको रिपोर्ट आयो । १० वर्षम्म एड्स देखिन सक्छ भन्ने सुनेकोले यथार्थता बताइदिनुभए आभारी हुने थिएँ । - अशोक खनाल नुवाकोट अशोकजी, एड्स संक्रमण भए/नभएको परीक्षण लगभग शतप्रतिशत ग्यारेन्टीसाथ भन्न सकिन्छ । त्यसमा धेरैजसो ३ महिनाको झ्याल समय (window period) मा नदेखिन सक्छ । अर्थात् सर्म्पर्क भएको पहिलो तीन महिनासम्म नदेखिन सक्छ । त्यसैले त्यो समयावधिलाई ‘झ्याल समय’ भनिएको हो । त्यसपछि संक्रमण भएकै हो भने परीक्षणले देखाउँछ नै । तपाईंहरुको हकमा मलाई एड्स संक्रमण नभएको जस्तो लाग्यो । मैले ६-६ महिनामा दाँत सफा गर्ने गरेको छु, तर मेसिनबाट सफा गर्दा दाँत कमजोर हुन्छ भन्ने सुनें । साथै गिजाबाट रगत आउने, गन्हाउने, दाँत सिरि· हुने भएकोले उपचार के होला ? - रोशन बालुवाटार, काठमाडौं रोशनजी, दाँत, यसका जरा, ब·ारा बलिया छन् भने जहिले सफा गर्दा पनि केही छैन । तर कमजोर दाँत भएको खण्डमा यो प्रविधि लाभदायक नहुन सक्छ । त्यस्तै रगत आउँछ, गन्हाउँछ, सिरि· हुन्छ भने यी समस्याको निराकरण, सफा गराइको अन्तरसम्बन्ध र यसका फाइदा/बेफाइदाबारेमा दन्तचिकित्सकसँगै छलफल गरेर निर्णयगर्नु राम्रो हुनेछ । मेरो उमेर ४२ वर्षभयो । लिंगको वरिपरि केही महिनादेखि स-साना बिबिराहरु देखिने गरेको छ र हल्का चिलाउने गर्छ । कसरी निदान होला ? - अर्पण श्रेष्ठ, कमलादी, काठमाडौं अर्पणजी, तपाईंले भनेजस्ता बिबिरा लि·को फेदको वरिपरि छलामा हो कि, घाँटीको भित्री भागमा हो, कि कता हो भन्ने स्पष्ट भएन । अलि-अलि चिलाउने भनेकाले एलर्जी वा साधारण पसिना वा र्घष्ाण, धेरै कारण हुन सक्छ । एक पटक छालारोग विशेषज्ञले आँखाले आफंै हर्ेर्ने व्यवस्था मिलाउन सकेमा निदान तथा उपचारमा सहजता रहनेछ । एक महिलाको श्रीमान् बितेको ६ वर्षभयो । उनीसँग मैले एक वर्षम्म यौनसर्म्पर्क गरें । उनका श्रीमान्को एड्सका प्रायः राति पेट दुख्ने गरेको छ । पानी पिएर यताउता हिँडेपछि ढ्याउ-ढ्याउ आउँछ, अनि मुखबाट ग्यास निस्कन्छ । खाना तथा अन्य उपायले यसलाई कम गर्न सकिएला कि ? - एसबी बूढा, इन्जिनियर एसबीजी, तपाईंको भनाइअनुसार अमलपित्त (ग्यास्टि्रक) भएजस्तो लाग्छ । यसको समाधानको लागि अमिलो-पिरो नखाने, मुख बार्ने, भोको पेट नबस्ने, खाली पेट हुन गएमा नरम केही खाइहाल्ने तथा एन्टासिड झोल पिउने गर्नुहोस् । अनि जति सक्यो छिटो पेटरोग विशेषज्ञ भेटेर उचित निदान र उपचार गराउनुहोस् । मानसिक तनाव तथा खानाको चरित्र र समयले यो समस्या ठीक हुन वा निस्कन महत्त्वपूर्ण् भूमिका खेल्छ । धूमपान, मद्यपान, चियापान त्यागेमा राम्रो हुनेछ । पेट खाली भएपछि आन्द्रा बटारिएजस्तो, वाकवाक होला जस्तो, आलस्यपन, छटपटी, चिल्लो खाएको भोलिपल्ट दिसा पातलो हुने र अन्य दिन पनि दिसा सफा नहुने, दिसा लागिरहने हुन्छ । धेरै ठाउँमा यही लक्षण बताउँदा पनि कतै कन्स्टपेसन त कतै ग्यास्टिक र कतै एसिडिटी भनियो । यी रोगहरुमा के भिन्नता छ र समाधान के होला - - सोनाम चन्डोल, काठमाडौ सोनामजी, तपाईंले नाम लिनुभएका एसिडिटी, ग्यास्टिक तथा कन्स्िटपेसन भनेका सबै पेटकै समस्या हुन् । कन्स्िटपेसन भनेको कब्जियत हो, जसको अर्थ दिसा हुने समयमा भन्दा ढिलो, कम हुनु हो । त्यस्तै यस समस्या भएकाको दिसा कडा र पीडादायी हुन्छ । त्यस्तै एसिडिटी तथा ग्यास्टिक भन्नाले एउटै अवस्था जनाउँछ । जसमा पेटमा हुने अत्यधिक अम्लियपनले गर्दा पेट आफैं पोलेको महसुस हुने, दुख्ने, दुखाइ पनि खाली पेटमा बढी हुने आदि हुन्छ । एसिडिटीको कारण खोज्दा समयमा नखाने, धेरै अमिलो, पिरो वा घोच्ने, पोल्ने खालका खाना खाने, तनावमा रहने, साथसाथै कतिपयको पेटको विशेष अवस्था नै अरुको भन्दा छिटो प्रभावित हुने, छिटो रोग लाग्ने, ज्वलन हुने आदि व्याख्यायोग्य कारण रहन्छन् । एक पटक पेटरोग विशेषज्ञ भेट्नुहोस् र सही सल्लाह-सहयोग मिल्ने कुरामा ढुक्क हुनुहोस् । म १५ वर्षी भएँ । जाडो-गर्मी सधैँ नाक बन्द भइरहन्छ । यसले गर्दा खान, सास फर्ेन र बोल्न पनि अप्ठ्यारो हुन्छ । बिहान-बेलुका झनै गाह्रो हुन्छ । उपचारका लागि सल्लाह चाहन्छु । - प्रेमा स्माइल’, नेपा, खोटाङ प्रेमाजी, तपाईंको समस्या विचार गर्दा कतै एलर्जी त होइन जस्तो लाग्छ । तर पनि पक्कै यही नै कारण भन्न गाह्रो हुन्छ, जबसम्म तपाईंको पूर्ण् परीक्षण गरिएको हुँदैन वा पर्ूण्ारुपमा समस्याको विश्लेषण गर्न पाइँदैन । त्यसैले नाक, कान, घाँटीरोग विशेषज्ञ भेटेर गहन छलफल र परीक्षण गरेपछि सही निदान वा उपचार सम्भव हुनेछ । मेरो साथीको गुप्ता·मुनि चिलाएर फुस्रो भई इन्फेक्सन हुन्छ । केही दिनमै हराएर पुनः दोहोरिने गर्छ । चर्मरोग विशेषज्ञका अनुसार भित्री चर्मरोग अर्थात् दाद भएको अरे । फ्लुकुना झोल खाँदा पनि समस्या उस्तै छ । के गर्ने ? - कालुराम ‘भावुक’ महम्मदपुर भैंसाही, बर्दिया कालुरामजी, उपचार र लक्षण विश्लेषण गर्दा फ·ल इन्फेक्सनजस्तो लाग्यो । ठीक नहुनुको कारणमा पर्ूण्ारुपमा उपचार भएन वा रोग नै औषध्रि्रति प्रतिरोध विकास गर्न सफल भयो । घाउमा साबुन नपार्ने, क्लोटि्रमाजोल मलहम -क्यानेस्टिन वा क्यान्डिड वा एन्टिफ) दिनको २ पटक लगाउने र छिटो छालारोग विशेषज्ञ भेट्ने सल्लाह दिइन्छ । म ३५ वषीय विवाहित व्यक्ति हुँ । मलाई अत्यधिक शारीरिक सर्म्पर्क गर्ने इच्छा लाग्छ । यस्तो इच्छा हुनु राम्रो होइन भन्ने सुनें । के यो रोग हुन सक्ला ? - विजय र्राई विजयजी, अत्यधिक हो भने त ठीक होइन भन्नै पर्छ । तपाईंको उमेरमा प्रशस्त मन हुनर्ुपर्छ, तर त्यसको पनि त सामाजिक तथा नियमित दायरा रहन्छ । एक पटक युरो शल्यचिकित्सक वा यौनविशेषज्ञ भेटेर छलफल गर्नुभए राम्रो सल्लाह पाउनु हुनेछ । कतै त्यस्तो क्रियाकलापप्रति ज्यादा सोचाइ भएर तपाईलाई त्यस्तो भएको हो कि ? |
|
|
|
|
|
© Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |