रेखाको लेजी लाइफ

 िवदुर गिरी

एक नम्बरको नायिकाका रुपमा छाइरहेकी नायिका रेखा थापा पर्दामा स्लीम, हेल्दी, क्लीन लाग्छिन् । सुन्दरताका लागि रेखाले खूब समय दिन्छिन् भन्ने धेरैलाई लाग्छ । यसप्रति सचेत भए र नै त उनी ब्युटिफुल एन्ड बोल्ड मात्र होइन हेल्दी पनि छन् भन्ने विश्वास गर्नु अस्वाभाविक होइन । रेखालाई पर्दाबाहिरको जीवनमा भेटिँदा, उनीसँगै खानपान, पार्टीभोजमा पर्दार्र् एकैछिन्मा थाहा भइहाल्छ कि स्वास्थ्यको कुरामा उनी कति लापबारही वा सचेत छिन् ।

कलाकारहरुको जीवनशैली नै त्यस्तै हो, उनीहरुलाई जस्तो सोच्यो त्यस्तो भेटिन्न । सुटिङ भएको दिन बिहान सात बजे उठेर तयारी सुरु गर्ने रेखा सुटिङ  छैन भने १०-११ बजेसम्म सुत्छिन् । बिहानको नित्यकर्मका सर्न्दर्भमा उनले गर्ने टुथब्रसको काम एक मिनेट पनि लाग्दैन । दाँत माभ\mने कामका लागि कम्तीमा दुइ मिनेट समय लगाउनर्ुपर्छ भन्नेमा उनी त्यति गम्भीर छैनन् । उल्टै उनी भन्छिन्- ‘म फास्ट जमानाकी केटी हुँ, हरेक कुरामा फास्ट हुनर्ुपर्छ भन्ठान्छु ।’ बेलुकीको ब्रस टाइमचाहिँ केही लामो हुन्छ ।

बिहान उठ्नासाथ खाली पेटमा मज्जाले पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । दिनभरिमा ३-४ लिटर पानी पिउनु जरुरी हुन्छ, तर रेखा दिनभरमा केवल एक-डेढ लिटर पानी मात्र पिउँछिन् । बिहान मुख धुनासाथ उनलाई  चिया चाहिन्छ । घर बसुन्जेल चियाका थुप्रै कप रित्याउँछिन् भने सुटिङमा त झन् चिया पिएकोपियै गर्नुपर्छ । बिहानको चिया फिका भए पनि अरु बेलामा चाहिँ दूध-चियाकै प्रेमी छिन् उनी । दूध-चियाले ग्यास्टिक बढाउँछ, समस्या गर्छ भन्ने पनि उनलाई राम्ररी थाहा छ । ग्यास्टिकको समस्या भएर दुइ-चार पटक अस्पतालको शय्यामा पनि पुगिसेककी छिन् । डाक्टले त उनलाई चिया नपिउन चेतावनी पनि दिएका छन् । ँडाक्टरले भन्दैमा चिया छोड्न सक्ने केटी कहाँ हुँ म -’ -रेखा हाँस्छिन् । ग्यास्टिक,  माइग्रेनको समस्याबाहेक उनलाई अरु रोग छैन । स्वास्थ्यका दुइ समस्या भेले पनि आमनेपालीजस्तै नियमितरुपमा स्वास्थ्यपरीक्षण गर्ने बानी पनि उनको छैन ।

सुटिङमा बिहान ब्रेकफास्ट हुन्छ पाउरोटी, अण्डा वा चना अथवा चाउचाउको । सुटिङ न हो, खाने बेलाको टुङ्गै हुन्न, आमकलाकारजस्तै भोकै काम गर्न तयार भइदिन्छिन् उनी । सुटिङ नभएका दिन भने होलिडे नै हुन्छ रेखाको, घर बस्यो, टन्न खायो । भोक लाग्यो बेसी खायो, भोक लागेको छैन घण्टौंसम्म पेट खाली । यस्तै छ रेखाको खानपान । ँघर बसेको दिन मासुभात खाएन भने घर बसेजस्तै लाग्दैन । ँमासु चाहिनेभन्दा बढी नै खान्छु । प|mाइड चिकेन, दाल, भात, साग, मौसमी तरकारी, प|mेस अचार नभई घरै बस्न मन लाग्दैन’, रेखा भन्छिन्- ँघर बसें भने खानको खूब सौखिन भइदिन्छु म ।’ उनको खानपान स्वास्थ्यका लागि भन्दा पनि स्वाद र आनन्दका लागि बढी प्राथमिकतामा परेको दखिन्छ ।

बिहीबारको व्रत भने खूब कडा छ रेखाको । जूस मात्र पिउँदा सन्तोष छ उनलाई । सुटिङमा भने रेखाका लागि प्रायः रोटी बन्छ । साथमा हुन्छ दाल, तरकारी, अचार, दही र ग्रीन सलाद । ँरमाइलो लाग्दा मम, पिजा मगाएर खान्छु’, रेखा आप\mनो रुचिको मेनु छान्छिन् ।

बेलुकाको भने कुरै अर्कै छ । बेलुका खाना चाहिंदैन रेखालाई । ँछवि चाँडै घरमा आइपुग्यो भने रमाइलो लागे खाने कुरा अलग हो’, भन्छिन्- छवि ढिलो आउँछ, एक्लै खान अल्छी लाग्छ । ऊ चाँडै आइपुग्यो भने उसलाई साथ दिनका लागि खाइदिन्छु । नत्र भने जूस खायो, सुत्यो ।’ रेखा कहिलेकाहीँ वाइन पिउन रुचाउँछिन् । उनी भन्छिन्- ‘हवीस्की पिउन्नँ, बियर मन पर्छ, तर माइग्रेनको समस्या भएकाले बियर पिउँदिनँ । वाइन दुइ गिलासले मलाई काम पुग्छ ।’ रेखालाई चुरोटको स्वाद पनि राम्रैसँग थाहा छ तर लत छैन । भन्छिन्- ँसुटिङका लागि खाने हो, अरु बेला खान्नँ ।’

रेखाको दैनिकीलाई नै नियाल्ने हो भने उनी स्व्ास्थ्यप्रति धेरै सचेत देखिन्नन् । खाने, पिउने, सुत्ने कुरामा टाइम टेबुल छैन । कहिलेकाहीँ होलनाइट सेड्युलको काम पनि गर्छिन् । रातभर सुटिङ गरे पनि दुइ घण्टा आँखालाई आराम दिएकै भरमा फेरि सुटिङका लागि तयार भइदिन्छिन् । लगातारको कामले शरीरलाई मात्र होइन, मस्तिष्कलाई पनि थकित बनाउँछ । यस्तो बेला आराम वा हल्का व्यायाम, योगाभ्यास, ध्यानको जरुरत पर्छ । तर हिँडडुलसमेत कम गर्ने आफैं कार चलाएर सुविधाजनक यात्रा ओहोरदोहोर गर्ने रेखा भने त्यस्तो केही गर्दिनन् ।

उनका मोटा मिस्टर हस्बेन्ड छविले ट्रेडमिल, साइक्लिङ मेसिन, स्कीन प्रोजस्ता व्यायामका साधन घरमै ल्याएर राखेका छन् । तर रेखा भने व्यायामसम्म गर्दिनन् । ँसुटिङमै यत्ति हार्डवर्क हुन्छ कि त्यतिखेर बग्ने पसिनाले व्यायामको सबै काम गर्छ’, रेखाको आप\mनै विश्लेषण छ । मानसिक थकावट हुँदा भने टेलिभिजन हेेरेर, साथीभाइसँग फोनमा लामो समयसम्म कुरा गरेर आफूलाई ताजा महसुस गर्छिन् उनी ।

आप\mनै स्वास्थ्यप्रति लापरबाही गरे पनि नेपाली महिलाको स्वास्थ्यसमस्याको चाहिँ उनी जानकार छिन् । भन्छिन्- ँबच्चा पाएर होला, विवाहिता महिलाले सबैभन्दा बढी झेल्नुपर्ने समस्या भनेको पाठेघरको हो, अनि अविवाहित  ५० प्रतिशत महिलाचाहिँ मिन्स, स्तनको समस्यामा छन् भन्ने लाग्छ ।’ उनी सुत्केरी महिलालाई आप\mनो सन्तानलाई स्तनपान गराउन सुझाव दिन्छिन् । ँस्तनपान गर्दा स्तन झोलिने, नराम्रो देखिने, सुन्दरतामा ह्रास आउने सोचाइ महिलामा हुने गर्छ तर स्तनपानले त सुन्दरतामा अझ बढी निखार ल्याउँछ, बच्चा अनि आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ । बच्चा भएपछि म पनि स्तनपान गाउँछु ।

नुहाउने कुरामा भने रेखा सौखिन छिन् । पानीमा चलिरहन मन लाग्छ उनलाई । त्यसैले हरेक बिहान धेरैबेरसम्म बाथरुममा रम्छिन् । कपाल नुहाउनचाहिँ तीन दिन बित्नुपर्छ । कपाल नुहाउने बेलामा बाहेक अरु दिन तातो पानी नभई हुन्न । स्वास्थ्यप्रति धेरै सजग नभए पनि सौर्न्दर्यको कुरामा भने रेखा सजग र सचेत छिन् । तातो पानीले नुहायो भने कपाल बिग्रिन्छ भन्ने उनको धारणा छ । सुटिङकै लागि पनि हेभी मेकअप गर्दिनन् । पेन स्टिक पाउडरले काम चलाउँछिन् । मेकअपको साधनले अनुहार ब्रि्रन्छ भन्ने ठूलो डर छ उनलाई । अरु बेलाचाहिँ रेखा हल्का पाउडर  लिपलाइनरमा मात्र विश्वास राख्छिन् । ँम मेकअपले पिम्पल्स बढोस् भन्ने चाहन्नँ’, सौर्न्दर्य स्वास्थ्यको ख्याल छ रेखामा ।

चार वर्षगाडिसम्म लामा-लामा हिल लगाउने उनी अहिले प\mल्याट  स्पोर्टस् सुजमा कुद्छिन् । ँहिल जुत्ता लगाउँदा क्षणिकरुपमा राम्रो देखिए पनि हिलका कारण पेट उठेर ढाडमा जोड पर्ने भएकाले ढाड दुख्ने समस्या हुन्छ । ँपहिले-पहिले राजेश हमाल अंकलसँग हाइट मिलाउन हिल लगाउनुपथ्र्यो तर अहिलेका हिरोसँग हाइट मिल्ने भएकाले पर्दैन’ -उनी भन्छिन् । उनको वजन ५३ केजी र उचाइ ५ फिट ३ इन्च छ । उचाइका आधारमा उनको तौल दुइ केजी कम नै छ ।  खाना बढी खाँदा तौल बढ्ने अनुभव उनको छ । ‘वेट बढेको/घटेको दुवै राम्रो होइन, ब्यालेन्समा हुनर्ुपर्छ । तौल बढ्न नदिन चिल्लो, कार्बोहाइड्रेटयुक्त खाना कम गर्नुपर्छ’ -उनको धारणा छ । ‘मेरो स्लीमको राज डाइटिङ नै हो’ -रेखा भन्छिन् ।

चलचित्रको पर्दामा छोटा, खुला कपडामा छाउँदै आएकी रेखा सभा-समारोह  र अन्य बेलामा सजिलो एवम् आरामदायी कपडा खोज्छिन् । राम्रो नभए पनि फरक पर्दैन उनलाई । नेपालको स्वास्थ्य सेवासँग चाहिँ रेखाको चित्त बुझाइ छैन । भन्छिन्- सरकारी होस् या निजी, दुवै स्वास्थ्य सेवामा पैसा हुनेलाई प्राथमिकता दिइन्छ । गाउँमा त झन् खराब स्थिति छ ।’ उनको सुझाव छ- ँस्वास्थ्य सेवा शहर केन्द्रित छ । यसलाई सुधार गरेर गाउँमा विस्तार गर्नुपर्छ । चिकित्साकर्मीले हेलचेक्रयाइँ गर्न छोड्नुपर्छ ।’


                     


 © Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.