![]() |
नेपालमा विभिन्न भेगमा गरिएको परीक्षणको नतिजाअनुसार महिलाहरुको पाठेघरसम्बन्धी विभिन्न किसिमका संक्रमण, आङ खस्ने र पाठेघरको मुखमा क्यान्सर भएको बढी पाइएको छ । सानै उमेरमा विवाह हुनु, सानै उमेरमा यौनसर्म्पर्क राख्नु, धेरै जनासँग यौनसर्म्पर्क राख्नु, सानै उमेरमा धेरै बच्चा जन्माउनु, गुप्ता·को सरसफाइमा ध्यान नदिनु, यौनरोग तथा गुप्ता·सम्बन्धी दर्ीघरोगहरुको उचित उपचार नगर्नु, धूमपान-मद्यपानको सेवन गर्नु, गर्भाशयमा सूक्ष्म जीवाणु (Human Papiloma Virus) ले संक्रमण गर्नु आदि कारणले पाठेघरको क्यान्सर हुने गर्छ । यो क्यान्सरबाट बच्ने मुख्य उपायहरुमा क्यान्सरका कारक तत्त्वहरुबाट अलग रहने, सानै उमेरमा यौनसर्म्पर्क नराख्ने, जन्मान्तरलाई ध्यानमा राखी कम बच्चा जन्माउने, धूमपान र मद्यपानको सेवन नगर्ने, यौनजीवनमा प्रवेश हुनुभन्दा पहिले वा किशोरी अवस्थामामै पाठेघर क्यान्सरविरुद्ध खोप लगाउने र विवाहपछि नियमित अवस्थामा प्रारम्भिक परीक्षण गराउने आदि मुख्य हुन् । पाठेघर क्यान्सरविरुद्ध खोप गर्दासिल (Gardasil) िनेपालमा प्रथम पटक ८ मार्च २००८ मा भित्र्याइएको हो । यो खोप ल्याइएपछि ९ मार्चमा नेपालस्थित अस्ट्रेलियन राजदूतावासमा ४ जना नेपाली किशोरीहरुलाई क्यान्सरविरुद्धको खोप लगाई नेपालमा पहिलो पल्ट क्यान्सरविरुद्धको खोप कार्यक्रम सुरु गरिएको हो । हालसम्म ३२ जनाभन्दा बढी किशोरीहरुले यो खोप लगाइसकेका छन् । यो खोप ६ महिनामा ३ पल्ट लगाएपछि कोर्स पूरा हुन्छ । यो ँगर्दासिल’ ६, ११, १६ र १८ का एचपीभी (Human Papiloma Virus) क्यान्सरको सूक्ष्म जीवाणुको संक्रमणसँग लड्न सक्ने क्षमता भएको खोप हो । विश्वका ७० भन्दा बढी विकसित मुलुकले यस खोपको अनुमति प्राप्त गरी राष्ट्रिय खोप कार्यक्रमको रुपमा सञ्चालन गर्दै आएका छन् । यो खोपको मूल्य विश्वबजारमा एकदम महँगो भएको कारण नेपालजस्तो अविकसित मुलुकमा सहजै उपलब्ध हुन सकेको छैन । नेपालमा पहिलो पल्ट यो खोप भित्रिएको हुँदा यस खोपसम्बन्धी जनसमुदायमा शंका तथा जिज्ञासा हुनु स्वाभाविक हो । यो खोप नेपालमा कुनै परीक्षण तथा अनुसन्धानका लागि भित्रिएको खोप होइन । मानिसको शरीरको कुनै पनि अंग वा भागमा अस्वाभाविक तरिकाले जीवकोषहरु बढ्नु, गाँठो हुनु, निको नहुने घाउ हुनु, छिटोछिटो अन्य भागमा फैलनु नै क्यान्सरको मूल लक्षण हो । जीवकोषहरु बढ्नु एउटा नियमित प्रक्रिया हो तर अस्वाभाविक तरिकाले बढ्नु जोखिमपूर्ण् हुन्छ । महिलाहरुको पाठेघरमा अस्वाभाविक तरिकाले जीवकोषहरु बढ्नुको मूल कारण एचपीभी नाउँको सूक्ष्म जीवाणु नै हो । एचपीभी सूक्ष्म जीवाणु सयौं किसिमका हुन्छन् । यी जीवाणुको उपचार अहिलेसम्म उपलब्ध छैन तर यसबाट हुन सक्ने संक्रमणको उपचार हुन सक्छ । सामान्यतया किशोरी अवस्थामा यी सूक्ष्म जीवाणु उच्च दरमा रहने हुन्छ र विशेषगरी यौनसर्म्पर्कबाट यी जीवाणुको संक्रमण वृद्धि हुन्छ । यौनसर्म्पर्कबाट महिला र पुरुषमा यी जीवाणुहरु एक-अर्कामा र्सछन् । संसारमा ७९ प्रतिशत महिलामा एक न एक समय यसबाट संक्रमण हुने अनुमान गरिएको छ । यी जीवाणु एक-अर्काको त्वचाको सर्म्पर्कबाट र्सर्ने भएकोले कन्डमको प्रयोगबाट पनि यी सूक्ष्म जीवाणुबाट सुरक्षित रहन सकिन्न । एचपीभीबाट पाठेघरमा हुने संक्रमणको कुनै खास लक्षण हुँदैन र सामान्यतया महिलाहरुले आफूमा एचपीभी संक्रमण रहेको कुनै चाल पाउँदैनन् । यससम्बन्धी एउटा राम्रो पक्ष के छ भने अधिकांश महिलाहरुमा हुने यी संक्रमण १-२ वर्षभत्र आफैं साम्य भएर जाने हुन्छन् । तर ३-१० प्रतिशत महिलामा जीवाणुले पाठेघरको जीवकोषमा प्रभाव पार्न सक्छ र संक्रमण आफैं साम्य नभई रहिरहन सक्छ । यसरी यी जीवाणुले पाठेघरको जीवकोषहरुमा प्रभाव जमाई अस्वाभाविक परिवर्तन ल्याउन सक्छन् । यसको सही निदान गरी समयमै उपचार नगरेमा अन्त्यमा क्यान्सरमा रुपान्तरण हुन सक्छ । खोपले के गर्छ ? हालसम्म संसारमा दुइ वटा कम्पनीले क्यान्सरविरुद्ध लड्न सक्ने क्षमता भएको खोप उत्पादन गरेका छन् । मर्क (Merck) ले गर्दासिल (Gardasil) र ग्ल्याक्सो (Glaxo) ले र्सभारिक्स उत्पादन गरेका छन् । नेपालमा हाल एनएनसीटीआर नेपालले गर्दासिल नामक खोप प्रयोग गर्दै छ । गर्दासिल खोपबाट ६, ११, १६ र १८ का एचपीभी सूक्ष्म जीवाणुबाट उत्पन्न हुने संक्रमणबाट सुरक्षा प्रदान गर्न सफलता मिलेको पाइएको छ । पाठेघरको क्यान्सरमध्ये ७० प्रतिशत क्यान्सर एचपीभी १६ र १८ को संक्रमणबाट भएको अनुमान गरिएको छ । नेपालमा यो प्रतिशत ८० भन्दा बढी रहेको अनुमान गरिएको छ । यसमा गर्दासिलको खोपबाट शतप्रतिशत सुरक्षित रहने पूर्वअध्ययनबाट प्रमाणित भएको छ । एचपीभी १६ र १८ बाट हुने पाठेघरको क्यान्सरबाट सुरक्षित रहनको लागि हाल अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार २५ हजार रुपियाँ पर्ने हुन्छ । यो खोप धेरै महँगो भएकोले हालसम्म गरिब देशका जनताको पहुँचबाहिरजस्तै रहेको छ । पाठेघर क्यान्सरको संक्रमणबाट शतप्रतिशत सुरक्षित रहनको लागि साथै अन्य एचपीभी स्टे्रन Strain)बाट हुन सक्ने संक्रमणबाट पनि सुरक्षित रहन खोप लिएर पनि पाठेघरको प्रारम्भिक परीक्षण (Screening) गर्न आवश्यक पर्छ । नेपालमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण ३० वर्षपुगेका महिलालाई गर्ने गरिएको छ । ३० देखि ६० वर्षम्मका महिलाले यो परीक्षण आवधिकरुपमा गर्नु उपयुक्त हुन्छ । ३० वर्षम्म एचपीभीबाट हुने संक्रमण आफैं साम्य हुन सक्ने सम्भावना हुन्छ । तर ३० वर्षछि सो सम्भावना कम हुने भएकोले प्रारम्भिक परीक्षण (Screening) गर्न अत्यन्त महत्त्वपूर्ण् हुन्छ । बेलायतजस्ता विकसित देशमा महिलाहरुलाई २५ वर्षपुगेपछि अनिवार्यरुपमा प्रारम्भिक परीक्षण गरिन्छ । यो खोप ६ महिनाभित्र तीन पटक गरी पूरा गर्नुपर्ने हुन्छ । पूरा कोर्स खोप नलगाएमा पूरा सुरक्षित हुन सकिंदैन । पहिलो खोप लगाएको ठीक २ महिनापछि दोस्रो खोप लगाउनुपर्छ र दोस्रो खोपको ४ महिनापछि तेस्रो लगाएपछि पूरा हुन्छ । खोप प्रत्येक पल्ट पाखुराको मांसपेसीमा र्सुइमार्फत दिइन्छ । बाक्लो ढुसी (yeast) बाट एलर्जी हुने महिलाहरुले खोप लगाउन उपयुक्त हुँदैन । बाक्लो ढुसीको अलावा खोपको उत्पादनमा प्रयोग गरिएका अन्य पदार्थहरुबाट एलर्जी हुनेहरुले पनि खोप लगाउनु उपयुक्त हुँदैन र पहिलो खोप लगाउँदा एलर्जी भएमा पछिको लगाउनु हुँदैन । खोप लगाइसकेपछि सामान्य असरहरु (side effects) जस्तै- खोप लगाएको ठाउँको छाला रातो हुने, दुख्ने, सामान्य ज्वरो आउने, खोप लिएको ठाउँमा सुन्निने आदि हुन सक्छ । यसको लागि पारासिटामोल सेवन गर्ने तथा भिजेको चिसो सफा कपडाले खोप लगाएको ठाउँमा सेक्ने गरेमा ठीक हुन्छ । कसै-कसैलाई त्यति गर्दा पनि ठीक नभएमा डाक्टरसित सल्लाह लिनुपर्ने हुन्छ । खोप लगाउने उमेर यौनक्रियामा लाग्नुअघिका किशोरीले खोप लगाएमा पर्ूण्ारुपमा लाभदायी हुन्छ । १२ देखि १४ वर्षम्मका विद्यालय जाने उमेरका छात्राहरुलाई लक्षित समूहमा तोकिएको छ । यसबाहेक माथिका कुराहरुलाई ध्यानमा राखी केही वर्षबढी र घटी भएका महिलाले पनि खोप लगाउन सकिन्छ । तर ९ वर्षन्दा कम उमेरका र २६ वर्षन्दा बढी उमेर भएका महिलाले खोप लगाउन उपयुक्त हुँदैन । खोप लगाउनुपहिले नै यौनक्रियामा लागिसकेका महिलाले पनि खोप लगाउन सकिन्छ तर खोप लगाउनुपर्ूव नै एचपीभी १६, १८ का जीवाणुहरु सरेर संक्रमण भइसकेको भए खोपबाट सुरक्षा प्राप्त हुँदैन । त्यसकारण यौनजीवनमा प्रवेश गर्नुपहिले नै खोप लिनु उपयुक्त समय हो । गर्भवती महिलाले खोप लगाउनु उपयुक्त हुँदैन तर बच्चा जन्माएपछि लगाउन सकिन्छ । अहिलेको अन्तर्राष्ट्रिय चलनचल्तीको मूल्यअनुसार एउटा कोर्स ँगर्दासिल’ खोपको -एक जनालाई) मूल्य ने.रु. २५ हजार पर्ने भए तापनि यसलाई हाल नेपालमा सहुलियत दरमा उपलब्ध गराइएको छ । यो खोप कार्यक्रमको लागि एसीसीएफ अस्ट्रेलियाबाट प्राप्त औषधि दातृ निकायहरु तथा दाताहरुबाट रकम संकलन गरी खरिद गरेर उपलब्ध गराइएको हो । खोप सहुलियत दरमा उपलब्ध गराए तापनि स्थानीय सहभागिता (Local Contribution) अनिवार्यरुपमा हुनुपर्ने दाताहरुको एउटा र्सत रहेको छ । त्यसैले स्थानीय सहभागिताको रुपमा उपभोक्ताहरुबाट करिब ४ प्रतिशत सेवाशुल्क निर्धारण गरिएको छ । यसअनुसार एक जनालाई लगाउने पूरा खोपको प्रतिखोपको ३ सय रुपियाँ तीन पल्ट र दर्ता शुल्क ७५ रुपियाँ गरी जम्मा ९ सय ७५ रुपियाँ पर्छ । यो सेवाशुल्क बजारमूल्यभन्दा अधिकतम रुपमा सस्तो पर्ने भएकाले उपभोक्तालाई लाभ पुग्ने अपेक्षा गरिएको छ । (डा. श्रेष्ठ (पीएचडी) एनएनसीटीआरका अध्यक्ष हुनुहुन्छ ।) |
|
|
|
|
|
© Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |