![]() |
विकासोन्मुख देशका खासगरी ग्रामीण क्षेत्रमा सन्तुलित भोजनको अभावले बालबच्चा कम तौल, कुपोषण हुने एउटा ठूलो समस्या बनिरहेको छ । तर यसले अहिले त्यति धेरै चर्चा पाएको छैन जति धेरै चर्चा धनी देशका मोटे बच्चाहरुको हुने गर्छ । अमेरिकी केटाकेटीको मोटोपन अहिले स्वास्थ्य क्षेत्रको र्सवाधिक चर्चा र चिन्ताको विषय बनेको छ । अमेरिकी मोटे बच्चाहरुको विषय निकट भविष्यमा त्यहाँ हुने राष्ट्रपतिको चुनावका लागि पनि ठूलो बहसको विषय बनेको छ । राष्ट्रपतिका उम्मेदवारहरुले त्यहाँका केटाकेटीको मोटोपन नियन्त्रणका लागि चाल्ने कदमबारे आफ्नो प्रतिबद्धता नै जाहेर गरिसकेका छन् । भोलिको अमेरिकाको भविष्य बनाउने बालबालिकाको स्वास्थ्यप्रतिको उनीहरुको धारणाले मतदानमा खस्ने मतलाई पनि प्रभावित गर्ने अनुमान गरिएको छ । केटाकेटीको मोटोपनप्रति चिन्तित बाबुआमाको भावना समेट्दै प्रसिद्ध अमेरिकी पत्रिका वासिङ्टन पोस्टले राष्ट्रपतिका उम्मेदवारसँग मोटोपन नियन्त्रणसम्बन्धी बहस नै चलाएको छ ।
खाद्यवस्तुहरुको विज्ञापनसम्बन्धमा उनको धारणा छ- न्यूनतम पोषण भएका खाद्यवस्तुको विज्ञापनमा केटाकेटीको प्रयोग नगर्न खाद्यउत्पादकलाई सुझाव दिइनेछ । पेयपदार्थ तथा खाद्यवस्तुहरुको विज्ञापन तथा बजार पर््रवर्द्धन गर्ने निर्देशिकाहरु बनाई लागू गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तैगरी रिपब्लिकन पार्टी तर्फाट राष्ट्रपतिको उम्मेदवार बनेका म्याक्केनको विचारमा केटाकेटीको मोटोपन नियन्त्रण गर्नु भनेको उनीहरुलाई जीवनमा दीघरोगबाट मुक्त पार्ने प्रयास गर्नु हो । त्यसैले मोटोपनको नियन्त्रणका लागि केटाकेटी र उनीहरुका बाबुआमालाई बालस्वास्थ्य, पोषण र एक्सरसाइजका बारेमा प्रशिक्षित गर्न सकिन्छ । म्याक्केनले हरेक स्कुलहरुले पोषण, स्वास्थ्य शिक्षा र एक्सरसाइजको बारेमा बढी जानकारी दिनुपर्ने धारणा अघि सारेका छन् । बाबुआमाले पनि केटाकेटीलाई स्वस्थ खाना उपलब्ध गराउन र एक्सरसाइजमा प्रोत्साहित गर्न जोड दिनुपर्ने धारणा अघि सारेका छन् । स्कुल र बाबु आमाले गर्ने यी प्रयत्नहरुमा संघीय सरकारले सहयोग गर्न सक्ने उनले बताएका छन् । स्कुल पोषण कार्यक्रमअर्न्तर्गत स्वस्थ खाना उपलब्ध गराउन अनुदान दिने बचनबद्धता पनि म्याक्केनले व्यक्त गरेका छन् । वास्तवमा केटाकेटीको बढी मोटोपन (Obesity) स्वास्थ्यका दृष्टिले राम्रो नभएकोले यसको नियन्त्रण विकसित देशहरुमा ठूलो बहसको विषय बनेको हो । नेपालजस्ता देशका सहरी क्षेत्रका बालबालिकामा पनि अहिले मोटोपन समस्याका रुपमा देखिन थालेको छ । गुलिया मिर्ठाईहरुको बढी प्रयोग, कोक, फान्टा आदि पेयपदार्थको बढी प्रयोग, फास्ट फूड तथा जंक फूडको बढ्दो प्रयोग, चिल्ला, तारेका, भुटेका खाना, मासुको बढी प्रयोगले केटाकेटीको तौल अनावश्यकरुपमा वृद्धि भइरहेको छ । स्कुले केटाकेटीहरुले एक्सरसाइज कम गर्ने, स्कुल जाँदा सवारीसाधन बढी प्रयोग गर्ने, स्कुलहरुमा स्थान अभावले इन्डोर गेममा समय बिताउने, घरमा कम्प्युटर, भिडियो गेम, टेलिभिजनअगाडि बढी समय बिताउने र खाँदै टेलिभिजन हेर्दै गर्नाले सहरिया केटाकेटीको तौल अनावश्यक रुपमा वृद्धि भएको पाइएको छ ।
शरीरमा आवश्यकता-भन्दा बढी जम्मा भएको बोसोले शरीरमा सानैदेखि नकारात्मक असर पार्न सुरु गर्छ र युवावस्थामा पुगेपछि दर्ीघकालीन असर सुरु गर्छ । अधिक मोटोपनका कारण शरीरका महत्त्वपूर्ण् अंगहरु मुटु, किड्नी, कलेजो, आँखा, कान आदि ठूलो जोखिममा पर्छन् । यी अंगहरुमा रोग लागेर क्षति भएपछि उपचारबाट निको पार्न सकिन्न, केवल बढ्नबाट केही हदसम्म रोक्न सकिन्छ । साथै उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, जोर्नीहरुको दुखाइजस्ता समस्याले युवावस्थामा नै पेल्न सुरु गर्छ । अहिले अमेरिकामा प्रत्येक तीन जना केटाकेटीमा एक जना अधिक तौल भएका छन् । यसले भविष्यमा उनीहरुको स्वास्थ्यमा प्रभाव पारी देशको उत्पादकत्वमा नै असर पुर्याउने विश्लेषण गरिएको छ । आगामी अमेरिकी पुस्ताको उत्पादकत्वमा ह्रास आई देशको अर्थतन्त्रमा समेत असर पार्न सक्ने भएकाले मोटोपन नियन्त्रणका लागि शीघ्र कदम चाल्न आवश्यक ठानिएको छ । अमेरिकामा भएको अध्ययनअनुसार किशोरावस्थामा बढी तौल भएका ८० प्रतिशतलाई वयष्क अवस्थामा अधिक मोटोपनले सताउँछ । सन् २००५ मा वैज्ञानिकहरुले गरेको विश्लेषणअनुसार यदि केटाकेटीको अधिक मोटोपन नियन्त्रणका लागि कदम नचाल्ने हो भने औसत आयुमा ३ देखि ५ वर्षम्म घट्न सक्ने निष्कर्षनिकालिएको छ । अमेरिका सम्भवतः संसारको र्सवाधिक धनी राष्ट्र हो र यसको भौतिक उन्नति पनि तीव्र गतिमा भइरहेको छ । साथै अहिले अमेरिकी नागरिकहरुमा बढिरहेको मोटोपनका कारण अमेरिका र्सवाधिक अस्वस्थ मानिसहरुको देश पनि बन्न लागिरहेको अमेरिकी स्वास्थ्य विज्ञहरुको विश्लेषण छ । संसारकै र्सवाधिक आर्थिक शक्ति भएको राष्ट्र अमेरिका पोषणको व्यावहारिक ज्ञानको दृष्टिले र्सवाधिक कमजोर राष्ट्रका रुपमा देखा पर्दै छ । वास्तवमा अमेरिकामा अहिले जसरी मोटोपन भएका मानिसको संख्या बढ्दै छ, त्यसले अमेरिकालाई भुँडेहरुको राष्ट्र बनाउँदै छ । अमेरिकी रोग नियन्त्रण केन्द्रका अनुसार विगत २० वर्षा वयष्कहरुमा अधिक मोटोपन ६० प्रतिशतले वृद्धि भएको छ र केटाकेटीहरुमा विगत ३० वर्षा अधिक मोटोपन तीन गुणाले वृद्धि भएको छ । अहिले ३३ प्रतिशत अमेरिकीहरुमा अधिक मोटोपन छ र मोटोपनका कारण वाषिर्क ३ लाख मानिसको मृत्यु हुने गरेको छ । मोटोपनका कारण हुने मानिसको मृत्युले सुर्तीजन्य कारणबाट हुने मृत्युलाई जितेर दोस्रोमा पारिदिएको छ । अमेरिकी पोषण विज्ञहरुको विश्लेषण छ- हाम्रा पितापुखा खेतबारीबाट ल्याएका खाद्यान्न तरकारी, फलफूल सोझै खान्थे । त्यसैले उनीहरुमा मोटोपनको खासै समस्या थिएन, बढी स्वस्थ थिए र कार्यक्षमता पनि बढी थियो । तर अहिले पाकेट बन्द गरिएका, मेसिनमा प्रशोधन गरिएका, बढी चिल्लो-गुलियो भएका, प्रिmजमा राखिएका, माइक्रोओभनमा पकाइएका खानाहरु खाइरहेका छौं, हाम्रो स्वास्थ्यलाई भन्दा स्वादलाई प्राथमिकता दिइरहेका छौं । स्वादका लागि खाइएका खानामा पोषण तत्त्व कम हुन्छ । विगतको अमेरिकी इतिहासमा यति धेरै चिल्लो खाना खाने र मोटोपनले यस्तो महामारीको रुप लिएको कहिल्यै पाइएको छैन । मोटोपन एउटा गम्भीर स्वास्थ्यसमस्या हो र केटाकेटीमा देखिएको मोटोपन भविष्यको गम्भीर स्वास्थ्यसमस्याको संकेत हो । मोटोपन खाना र एक्सरसाइजमा सन्तुलन गरी नियन्त्रण गर्न सकिन्छ । एक्सरसाइजमा बिहान एक घण्टा छिटो-छिटो हिँड्ने, दगुर्ने, उप्रिmने, पसिना आउने गरी खेल्ने आदि गर्न सकिन्छ । यसका साथै एक्सरसाइजका लागि ट्रेडमिल, साइक्लिङलगायत अन्य विभिन्न उपकरणहरु प्रयोग गर्न सकिन्छ । यस्ता आधुनिक उपकरणहरु तौल नियन्त्रण गर्न, फूर्तिलो हुन र शरीर गठिलो बनाउन निकै प्रभावकारी देखिएका छन् । प्रदूषण र सुरक्षाका कारणले मानिसमा यस्ता उपकरण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । जुनसुकै उपाय अपनाएर भए पनि शरीरमा अनावश्यक बोसोको मात्रा जम्मा हुन दिनुहुँदैन । अमेरिकालगायत पश्चिमी देशहरुका जीवनशैलीमा आएको परिवर्तनले त्यहाँ स्वास्थ्यसमस्या बढ्दै गएको छ । नेपालमा पनि पश्चमी जीवनशैलीको अनुकरण गर्ने र स्वादका लागि खाना खाने तथा बढी विलासी बन्ने प्रवृत्ति बढ्दै गएको छ । अमेरिकामा बढ्दै गएको स्वास्थ्यसमस्या हेरी हामीले बेलैमा र्सतर्कता अपनाउनु जरुरी छ । - हेल्थ नेट |
|
|
|
|
|
© Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |