होमियोपेथिक अध्ययनमा बढ्दो आकर्षा

 अनन्तराज न्यौपाने

विराटनगर उपमहानगरपालिका-१६ की रम्यताले नाक-कान-घाँटीका एलोपेथिक शल्यचिकित्सककहाँ महिनौं धाएपछि अन्ततः कानको अप्रेसन नै गर्नुपर्ने ठहरियो । आफ्नो सौर्न्दर्यप्रति अत्यन्त सचेत उनी अप्रेसनका पक्षमा पटक्कै थिइनन् ।

 साथै अनुमानित खर्चको विवरण सुनेर उनको सातोपुत्लो उडेको थियो ।उनी दुइ वर्षेखि दुवै कान दुख्ने र कहिलेकाहीँ पाक्नेसमेत समस्याले पीडित थिइन् । कोही मद्रास जाने सल्लाह दिन्थे भने कोही नयाँ दिल्ली वा भेलोर । धेरै साथी, आफन्त र अग्रजहरूसितको छलफलपछि उनी विराटनगर-१३ मा सञ्चालित होमियोपेथिक अस्पतालमा पुगिन् । पहिले त उनलाई विश्वासै भएन । उनी भन्छिन्- ँडाक्टरले साबुदानाका गेडाजस्ता ओखती दिए र हप्ताको एक दिन दुइ गोली बिहान खाली पेटमा खानू भने ।

मलाई लाग्यो- जसलाई पनि त्यही गेडा दिन्छन्, के बिसेक होला - यस्तो पनि ओखती हुन्छ र १’ हरेक रात उनी रुँदै सुत्थिन् । ब्यूँझँदा चिन्ताले मन कुटुकुटु खाइरहेको हुन्थ्यो । कानको दुर्गन्धले साथीसितको हेलमेल पनि प्रायः बन्द भइसकेको थियो । पीडा र हीनताबोध सँगसँगै हुर्किरहेको थियो । तर दुइ हप्तापछि नै पानी बगिरहने दाहिने कान बिस्तारै हल्का भएको अनुभव भयो । देब्रे कानको दुखाइ पनि अलि कम भयो । ओखती खान थालेको तेस्रो महिनामा उनको सम्पूर्ण रोग निर्मूल भइसकेको थियो । करिब १५० रुपियाँको खर्चमै सम्पूर्ण उपचार पूरा भयो ।

अब त जे-जस्तो बिरामी परे पनि म होमियोपेथिक उपचार पद्धति नै अपनाउँछु भन्ने संकल्प गरिसकेकी छु’, हातखुट्टाभरि मुसा निस्केको सानो भाइ लिएर होमियो अस्पताल पुगेकी उनको भनाइ थियो ।

ँहामी आधुनिक चिकित्सा विज्ञानमा आधारित भनेर प्रचार गरिएको एलोपेथीलाई चुनौती दिंदैनौं’, विराटनगरस्थित नेपाल होमियोपेथिक मेडिकल कलेजका प्रिन्सिपल डा. तरुण हाजरा भन्नुहुन्छ- ँतर होमियोपेथी एउटा पर्ूण्ा चिकित्सा पद्धति हो भनेरचाहिँ जहाँ पनि छाती ठोकेर भन्न सक्छौं । नेपालमा होमियोपेथिक चिकित्सा शिशु अवस्थामा नै छ । तर यस पद्धतिका बारेमा सहरी क्षेत्रको ठूलो जनसमुदाय अनभिज्ञ भने छैन ।’

डा. हाजराका अनुसार यो चिकित्सा प्रणाली पूर्ण् र वैज्ञानिक छ । रोगको लक्षणका आधारमा उपचार गरिने पद्धति भएकाले यसबाट उपचार गरिएका रोगको पुनरगमनको अवस्था नगण्य छ । न्यून खर्चमा उपचार हुने यस प्रणालीको अर्को विशेषता साइड इफेक्ट नहुनु पनि हो । त्यसैले यो पद्धति ल्याटिन अमेरिकादेखि एसियासम्म फैलिएको हो ।

कम खर्चिलो, प्रभावकारी, सजिलो सेवनविधि भएको र ठूलो जनसमुदाय लाभान्वित हुने देखेर नै विराटनगरमा आफूले होमियोपेथिक मेडिकल कलेज खोलेको बताउनुहुन्छ कलेजका सञ्चालक तरुण सञ्चेती । उहाँका अनुसार यसप्रतिको आकर्षा दिनानुदिन बढिरहेको छ । कैयौं जटिल रोगहरू पनि ५ सय रुपियाँकै हाराहारीमा निर्मूल भएको पाइएको छ । उहाँ भन्नुहुन्छ- ँहाम्रोजस्तो अल्पविकसित र प्रतिव्यक्ति आय कम भएको देशमा सबैका लागि स्वास्थ्य भन्ने सरकारी चाहनाको परिप्ूर्ति यही पद्धतिबाट सम्भव छ भन्नेमा विश्वस्त हुन सकिन्छ ।’

सात वर्षअघि स्थापित विराटनगरस्थित होमियोपेथिक मेडिकल कलेजको शैक्षिक वातावरण भारतका कुनै पनि स्तरीय कलेजभन्दा कम छैन भन्ने दाबी गर्नुहुन्छ प्रिन्सिपल डा. हाजरा । उहाँको कथन छ- ँएउटा मेडिकल कलेजका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत र पूर्वाधारहरू यहाँ उपलब्ध छन् । यहाँ फार्मेसी, प्रयोगशाला र पुस्तकालयको व्यवस्था अत्याधुनिक र उच्चस्तरको छ ।’

पर्ूवाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर स्वीकृत पाठ्यक्रमअनुसार अध्यापन गराइरहेको यस कलेजले एक वर्षो इर्न्र्टनसिपसहित साढे पाँच वर्षा होमियोपेथिक डाक्टर उत्पादन गर्छ । अहिले ११ जना डाक्टरहरू इर्न्र्टनसिप गरिरहेका छन् । हाल छैटौं ब्याचका विद्यार्थीहरू अध्ययन गरिरहेको उक्त कलेजको शैक्षिक कार्यक्रम नेपाल स्वास्थ्य व्यवसायी परिषद् र शिक्षा मन्त्रालयबाट मान्यताप्राप्त छ । आगामी मंसिरदेखि सातौं ब्याचका विद्यार्थी अध्ययनका लागि प्रवेश गर्नेछन् ।

इर्न्र्टनसिप पूरा गरेपछि कलेजले बीएचएमएसको उपाधि प्रदान गर्छ । उक्त उपाधिलाई नेपाल सरकारले एमबीबीएस सरहको मान्यता दिइसकेको छ । साथै होमियोपेथीमा एमडी गर्ने सुविधा पनि रहेको छ । जीव विज्ञान विषय लिएर आईएस्सी वा बाह्र कक्षा उत्तीण गरेको विद्यार्थी होमियोपेथिक मेडिकल कलेजमा भर्ना हुन सक्छ तर न्यूनतम ४५ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्छ । सञ्चालक सञ्चेतीका अनुसार देशकै प्रथम र एकमात्र यस मेडिकल कलेजको शैक्षिक कार्यक्रमलाई भारतको नयाँ दिल्लीस्थित होमियोपेथिक सेन्ट्रल काउन्सिलले मान्यता प्रदान गर्न प्रक्रिया अगाडि बढाइसकेको छ ।

कलेजद्वारा सञ्चालित अस्पतालले गतवर्षेखि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङसित मिलेर मोरङका विभिन्न गाविसमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको छ । होमियोपेथिक उपचारका लागि बिरामीको घुइँचो लाग्ने गर्छ । आर्थिक वर्ष२०६४/६५मा मोरङका सात गाविसमा उपचारका लागि आएका कुल ४ हजार ३ सय बिरामीमध्ये १ हजार ४ सय बिरामी होमियोपेथिक शिविरमा गएका थिए ।

यसैबीच दक्षिण एसियाली र्सार्कस्तरमा छुट्टै विश्वविद्यालय अनुदान आयोगको स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । नेपालका त्रिभुवन विश्वविद्यालय, पर्ूवाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय गरी ६ वटा विश्वविद्यालय उक्त आयोगमा सम्बद्ध हुनेछन् । यसपछि यस कलेजबाट उत्पादित सबै चिकित्सकहरूलाई र्सार्क क्षेत्रका सबै मुलुकले मान्यता दिनेछन् ।

डा. हजाराको भनाइ थियो- ँहोमियोपेथी चिकित्साको अध्ययन गर्न विद्यार्थीहरू अत्यन्त रुचिका साथ आकषिर्त छन् । नेपालजस्तो गरिबीले व्याप्त मुलुकमा यसको भविष्य पनि छ । किनकि एलोपेथीतर्फएमबीबीएस उत्तर्ीण्ा गर्न कम्तीमा २० लाख रुपियाँ खर्च गर्नुपर्ने अवस्था छ । हामी साढे चार लाखमा नै सो सरहको बीएचएमएसको कोर्स पूरा गराउँछौं ।’

नेपालमा सरकारी तवरमा एकमात्र होमियोपेथिक अस्पताल काठमाडौंको हरिहर भवनमा सञ्चालित छ । उक्त अस्पताल राणा प्रधानमन्त्री चन्द्र शमशेरले स्थापना गरेका हुन् । त्यसताका हैजाको प्रकोप ज्यादै बढेपछि यस पद्धतिबाट उपचार गराउँदा छिटो लाभ पुग्ने र र्सवसाधारणलाई सहुलियत हुने उद्देश्यले यस अस्पतालको स्थापना गरिएको भनाइ रहेको छ ।

ँअब सरकारले हरेक अञ्चलस्तरीय अस्पतालमा होमियोपेथिकको दुइ जना डाक्टरको दरबन्दी सृजना गर्नुपर्छ,’ उहाँको आग्रह थियो ।’ यसका लागि छुट्टै खर्च र व्यवस्था गरिरहनुपर्ने आवश्यकता छैन । भैरहेका र चलिरहेका अस्पतालमै एक कोठा उपलब्ध गराउने हो भने पर्याप्त हुन्छ । भारतमा पनि हरेक सरकारी अस्पताल र ग्रामीण स्वास्थ्य चौकीहरूमा यसै गरिएको छ ।

त्यसैगरी निजीस्तरमा सञ्चालित संस्थागत होमियो अस्पताल र स्वास्थ्य केन्द्रलाई सरकारले वाषिर्क अनुदान दिनुपर्ने, बीएचएमएसको अध्ययन स्वदेशमै गर्न चाहने विद्यार्थीलाई सरकारले छात्रवृत्ति दिएर प्रोत्साहन गर्नुपर्ने तथा सहुलियत दरमा विनाधितो ऋण प्रदान गर्ने व्यवस्था हुनुपर्ने र स्वदेशका कलेजबाट बीएचएमएस उपाधि हासिल गरेका चिकित्सकलाई कम्तीमा ५ वर्षआयकर छुट हुनुपर्ने राय सञ्चालक सञ्चेतीको छ ।        

                     


 © Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.