![]() |
हेल्थ न्युज त्रिवि शिक्षण अस्पतालको वाषिर्कोत्सव त्रिवि शिक्षण अस्पताल महाराजगन्जको २६ औं वाषिर्कोत्सव असार ३१ गते सम्पन्न भयो । उक्त कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. माधवप्रसाद शर्माले त्रिवि शिक्षण अस्पतालले एसियामै उत्कृष्ट छवि बनाएको बताउनुभयो । सो कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. अरुण सायमी नेपालका लागि जापानका राजदूत तात्सुओ मिजुनो, अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. महेश खकुरेललगायतले अस्पतालले पुर्याइरहेको योगदानबारे चर्चा गर्नुभएको थियो । सो अवसरमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सो अस्पताललाई ५ करोड रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निःसन्तान केन्द्रको १५औं वाषिर्कोत्सव निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्तिमा सहयोग पुर्याउँदै आएको काठमाडौंको निःसन्तान केन्द्रले असार २१ गते आफ्नो १५औं वाषिर्कोत्सव मनायो । सन्तानविहीन दम्पतीहरुको पीडालाई महसुस गर्दै उनीहरुको उपचारमा अत्याधुनिक प्रविधिको समेत प्रयोग गर्ने उद्देश्यले डा. उमा श्रीवास्तवको सक्रियतामा २०५० सालमा स्थापित सो संस्थाले नेपालमा र्सवप्रथम टेस्टट्युब बेबी प्रविधिबाट सन्तान जन्माउन सफलता -सन् २००३) प्राप्त गरेको थियो । १५ वर्षो अवधिमा सो संस्थाले ८ हजार निःसन्तान दम्पतीको उपचार गरेकोमा ३ हजार बालबालिकाको जन्म भएको सो अवसरमा जानकारी गराइयो । प्रा.डा कान्ति गिरीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा डा. मिना आचार्य, डा. दिव्यश्वरी मल्ल, डा. सानुमैया दली, हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायतले सो संस्थाले समाजमा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो । निःसन्तान केन्द्रकी निर्देशक डा. उमा श्रीवास्तवले सो संस्था स्थापना र हाल उपचारमा अपनाइएको प्रविधिबारे जानकारी गराउनुभएको थियो । उक्त अवसरमा विष्णु गुरुङले सो संस्थालाई ५० हजार नगद सहयोग प्रदान गर्नुभयो । दक्षिण एसियाली मञ्चको बैठक सम्पन्न दक्षिण एसियाली मुलुकहरुबीच स्वास्थ्य अनुसन्धान प्रणाली मजबुत पार्ने उपायहरुको खोज गर्ने र मातृ मृत्युदर मापन गर्ने नयाँ खोज र अनुभवका विधिहरु आदानप्रदान गर्ने उद्देश्यले आयोजित स्वास्थ्य अनुसन्धानका लागि दक्षिण एसियाली मञ्च (SAFHR) को दोस्रो बैठक हालै काठमाडौंमा सम्पन्न भयो । गत असार २३ र २४ गते भएको उक्त बैठकले मातृ शिशु स्वास्थ्य, क्षयरोग, एड्स, औलो, कुपोषण, वातावरणीय स्वास्थ्य, नर्सर्ने खालका रोगहरुका विषयमा संयुक्तरुपमा अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त मञ्चको बैठक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको थियो । एड्सविरुद्ध तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न एड्सविरुद्ध तेस्रो राष्ट्रिय सम्मेलन विभिन्न घोषणाहरु जारी गर्दै सम्पन्न भयो । असार २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा आयोजित उक्त सम्मेलनको समापन समारोहमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शशि श्रेष्ठले सम्मेलनले दिएको सुझावलाई सरकारले नीति तथा कार्यक्रम बनाउँदा प्राथमिकता दिने बताउनुभयो । उक्त सम्मेलन आयोजक समितिका संयोजक तथा राष्ट्रिय एड्सरोग नियन्त्रण विकास समितिका उपाध्यक्ष डा. शरदराज वन्तले सम्मेलनबाट आएका उपलब्धिहरु अत्यन्तै महत्त्वपूर्ण् रहेकाले यसको कार्यान्वयनका लागि प्रयत्नशील रहने बताउनुभयो । सो कार्यक्रममा तत्कालीन स्वास्थ्य सचिव डा. विष्णुप्रसाद पण्डित, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. पदमबहादुर चन्दलगायतले सम्मेलनबाट प्राप्त सुझाव नेपालमा एड्स नियन्त्रणका लागि मार्गदर्शक हुने बताउनुभयो । सरकारी, गैरसरकारी, दातृ निकायलगायत विभिन्न सरोकारवाला संस्थाका करिब १५ सयको सहभागिता रहेको उक्त सम्मेलनले रोकथाम, नियन्त्रण तथा उपचारमा अधिकारमुखी पद्धति, स्रोत व्यवस्थापन सुशासन एवम् राष्ट्रिय स्वामित्व र सरोकार पक्षमा घोषणापत्र जारी गरेको छ । |
|
|
|
|
|
© Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |