हेल्थ टिप्स

 

उच्च रक्तचापको लक्षण नदेखिन सक्छ

तपाईंले आफ्नो रक्तचाप कहिल्यै नाप्नुभएको छ - कुनै लक्षण तथा चिह्नविना नै उक्त रक्तचापको समस्या भइरहेको हुन सक्छ । विनालक्षण बढिरहेको उच्च रक्तचाप स्वास्थ्यका लागि झन् जोखिमपर्ूण्ा हुन्छ । विनालक्षण एक्कासि हृदयघात, पक्षघातलगायत विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ ।

सामान्यतया ४० वर्षो उमेरपछि रक्तचाप बढ्ने सम्भावना वृद्धि हुँदै जान्छ । ५५ वर्षो उमेरमा कसैलाई उच्च रक्तचाप भएको छैन भने यो राम्रो कुरा हो तर उच्च रक्तचाप हुने सम्भावना ९० प्रतिशत हुने कुरा अमेरिकी हर्ट, लङ तथा ब्लड इन्स्िटच्युटले जानकारी दिएको छ ।उच्च रक्तचाप सजिलै पत्ता लगाउन सकिन्छ । रक्तचाप उच्च भएमा उपचारबाट नियन्त्रण गर्न सकिन्छ । त्यसकारण बेला-बेलामा रक्तचाप परीक्षण गर्न आवश्यक छ । धेरैजसो अवस्थामा उच्च रक्तचाप निकै पुरानो भएपछि मात्र टाउको दुख्नेलगायतका लक्षणहरु देखिने गर्छ । त्यस बेला पनि कुनै उपचार गरिएन भने यसले जीवन नै जोखिममा पार्न सक्छ ।

पुरुषमा सामान्यतया ४०-४५ वर्षछि र महिलामा रजोनोवृत्तिपछि उच्च रक्तचापको समस्या देखिने गर्छ । यो वंशाणुगत पनि हुन्छ । बाबु, आमा, बाजे, बज्यै कसैलाई छ भने सन्तानलाई पनि हुन सक्छ । निष्त्रिmय जीवन जिउने, शरीरको तौल बढी भएका, धूमपान गर्ने, बढी मदिरापान गर्ने, तनावमा रहने मानिसलाई उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । यसका साथै उच्च कोलेस्टेरोल भएका, डायबिटिज भएका, मिर्गौलाको रोग भएकालाई उच्च रक्तचाप हुने सम्भावना निकै हुने भएकाले बेला-बेलामा परीक्षण गरी उच्च रक्तचाप देखिएमा नियन्त्रणको प्रयास गर्नुपर्छ

मदिराबाट भू्रणलाई हानि

गर्भावस्थामा मदिरा सेवन गर्नु गर्भको भ्रूणका लागि खतरनाक हुने कुरालाई नयाँ अनुसन्धानले थप पुष्टि गरेको छ । हालै बृटिश मेडिकल जर्नलमा प्रकाशित समाचारअनुसार मदिराको न्यूनतम मात्राले पनि गर्भे शिशुको विकासमा असर पार्छ । करिब ५ सय महिलामा गरिएको र्सर्वेक्षणबाट उक्त कुराको थप पुष्टि भएको जर्नलमा उल्लेख छ ।

यो अध्ययनअनुसार गर्भावस्थाको तीन महिनाभित्र मदिरा सेवन गरे पनि भू्रणको विकासमा बाधा पुग्छ । त्यसैले गर्भावस्थामा मदिराको सेवन गर्दै नगर्न अनुसन्धानकर्ताले सुझाव दिएका छन् ।  -इन्टरनेट

 

विद्यालयमा यौनशिक्षा

मलेसिया सरकारले स्कुल तहमा पनि यौनशिक्षा दिने भएको छ । स्कुल शिक्षा पूरा गरेका किशोर-किशोरीहरु एचआईभी, यौनरोगहरु र प्रजनन स्वास्थ्यसम्बन्धी जोखिममा नपरुन् भनेर यस किसिमको शिक्षा दिने निर्णय गरेको हो । हाइस्कुल पूरा गरेका किशोर-किशोरीलाई यौनबारे ज्ञान नदिइनु चिन्ताजनक कुरा भएको मलेसिया सरकारले उल्लेख गरेको छ । सरकारी अधिकारीहरुका अनुसार यौनशिक्षा नदिँदा किशोर-किशोरीहरु अस्वस्थ यौनगतिविधिमा लाग्ने बढी सम्भावना हुन्छ ।

मलेसिया मुस्लिमहरुको बाहुल्यता भएको राष्ट्र हो । यहाँ अविवाहितहरुले र्सार्वजनिक स्थानहरुमा चुम्बन गरेको, अंकमाल गरेको पाइएमा जरिबाना गरिन्छ । यस्तो कडा कानुन भएर पनि अहिले मलेसिया सरकारले युवायुवतीहरु यौनस्वास्थ्यका दृष्टिले निकै जोखिममा भएको महसुस गरेको छ ।

यसै कारण सरकारले दुइ वर्षघि नै हाइस्कुल यौनशिक्षा निर्देशिका बनाई लागू गर्ने निर्णयगरेको थियो, तर लागू हुन नसकेकोले अब यसको कार्यान्वयन गर्ने निधो भएको छ । यसअनुसार यौनसम्बन्धी रोगहरु र प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा स्कुल तहबाटै दिइनेछ । यौनजन्य खतराबाट बचाउनका लागि स्कुल तहमा यौनसम्बन्धी शिक्षा दिनु उपयुक्त हुने उनीहरुको निष्कर्षछ ।


                     


 © Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.