मनोरञ्जनका लागि आइसक्रिमको बढ्दो प्रयोग

 आजभोलि जन्मदिन, विवाहको पार्टी अन्य विजयोत्सवका अवसरमा मनोरञ्जन गर्न वा खुशीयाली मनाउन आइसक्रिमको प्रयोग अधिक मात्रामा हुन थालेको छ । आकर्ष रंग, मीठो स्वाद र विभिन्न सजावटका साथ पाइने आइसक्रिमले हरेक उत्सवलाई नै रमाइलो बनाइदिन्छ । अन्य खानेकुरा खानुअघि वा पछि जुनसुकै बेला पनि साथीभाइ वा पाहुनाहरुलाई आइसक्रिम र्सव गरी स्वागत गर्नाले पार्टी मजा नै अर्कै हुन जान्छ । कुनै-कुनै बेला त आइसक्रिम मात्र खाएर पनि मनोरञ्जन लिन सकिन्छ । विशेषगरी बच्चाहरु त यसको सेवनले झनै प्रफुल्ल हुन्छन् ।

 

अहिलेको व्यस्त जीवनमा व्यक्ति, परिवार र समाजले सजिलो एवम् उच्च गुणस्तरको मनोरञ्जन चाहेका हुन्छन् । व्यस्तताका कारण गृहिणीले किचनमा थोरै समय दिन सक्छन् । यस्तो व्यस्त समयको लागि आइसक्रिमलाई धेरै सजिलो, राम्रो र मीठो भोजनका रुपमा लिई खुशीयाली मनाउन सकिन्छ । छुट्टीको बेला र फर्ुसदको समयमा त यो झनै मिष्ठान्न र उत्साहवर्द्धक पदार्थ हुने गरकोे छ । त्यसैले अहिलेको समाजमा यसको प्रयोग बढ्दो छ ।

अहिले थप नयाँ सस र टपिङहरु राखेर नौलो र अनुपम स्वादहरुमा तयार पारिएका आइसक्रिमहरु बजारमा उपलब्ध हुने गरेका छन् । त्यसैले बालबालिकालगायत ठूला व्यक्तिहरुसमेत आइसक्रिम भनेपछि झन् हुरुक्कै हुने गरेको पाइन्छ ।

बनाना पार्फे डेजर्ट

आवश्यक सामग्रीः

क्यारमेल सस- डेढ कप

रम- २ टेबल चम्चा

पिँधेको दालचिन - चौथाइ चम्चा

पाकेको तर नगलेको केरा - ४ वटा

भेनिला वा बटर पिकान आइसक्रिम- चाहे जति

-रमको सट्टा भेनिला आधा चम्चा अथवा डेढ चम्चा पानी प्रयोग गर्न सकिन्छ ।)

विधिः  एउटा ठूलो पाइङ प्यानमा क्यारमेल सस, रम वा भेनिला र दालचिनी मध्यम आँचमा तताउने । स-साना टुक्रा गरी काटेको केरा यस क्यारमेलको मिश्रणमा राखी तताउने । तातिसकेको यो मिश्रण डर्ेजर्ट डिसमा राख्ने । त्यसमाथि केही स्कुप आइसक्रिम र त्यसमाथि थप क्यारमेल-रम सस राखी र्सव गर्ने ।

पिनट बटर पार्फे

आवश्यक सामग्रीः

ब्राउन सुगर - १ कप

दूध - ३ चौथाइ कपर्

कर्न सिरप - चौथाइ कप

बटर वा मार्जरिन  - १ टेबल चम्चा

पिनट बटर - चौथाइ कप

भेनिला आइसक्रिम - आधा लिटर

टुक्रा पारेको बदाम - चाहेअनुसार

विधिः एउटा पाइङ प्यानमा ब्राउन सुगर, दूध, कर्न सिरप र बटर हाली थोरै आँचमा तताउने । यसलाई तबसम्म चलाइराख्ने जबसम्म चिनी बटरमा पग्लिंंदैन । त्यसपछि आगोबाट प|mाइङ प्यान निकाली त्यसमा पिनट बटर राखेर राम्रोसँग चलाउने । यसरी मिश्रण गर्नको लागि मिक्सरको प्रयोग गर्दा पनि हुन्छ । यसलाई केही समय बाहिरै सेलाइराख्ने । र्सव गर्ने समयमा जुन भाँडोमा राख्ने हो त्यस भाँडोमा पहिले आइसक्रिम राख्ने र त्यमाथि सेलाएको पिनट बटर सस राख्ने । यो क्रम भाँडो नभरिएसम्म गर्नुपर्छ । याद राख्नुहोस् कि भाँडोको तल र माथिल्लो तहमा आइसक्रिम रहोस् । अन्त्यमा आइसक्रिमको माथि मसिनो टुक्रा पारेको बदाम राखी र्सव गर्ने ।

जुलाईः अमेरिकाको राष्ट्रिय आइसक्रिम दिवस

सबैभन्दा बढी आइसक्रिमको प्रयोग गर्ने देशमध्ये अमेरिका पनि एक हो । सन् २००६ मा अमेरिकाले लगभग १ अर्ब ५५ करोड ग्यालेन आइसक्रिमलगायत पोजन डेजर्टहरु उत्पादन गरेको थियो ।

यसभन्दा अघि पनि आइसक्रिम उत्पादन र यसका प्रयोगकर्ताको अत्यधिक वृद्धि भएकाले सन् १९८४ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले जुलाई महिनालाई नेसनल आइसक्रिम मन्थ’ घोषणा गरेका थिए । यसअनुरुप जुलाईमा पर्ने तेस्रो आइतबारलाई राष्ट्रिय आइसक्रिम दिवसको रुपमा मनाइने परम्परा अहिले पनि कायम छ । रेगनले आइसक्रिमलाई एउटा रोचक र पौष्टिक खाद्यवस्तुको रुपमा लिने गर्थे । अमेरिकाका झन्डै ९० प्रतिशत व्यक्तिले अझै यसको प्रयोग गर्ने गरेको पाइन्छ ।

 

प्रस्तुतिः बिनी


                     


 © Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.