![]() |
इसापूर्व ७१५ ताकाको रोमन कानुन ँलेक्स सिजेरिया’बाट यो शल्यक्रियाको नामकरण गरिएको अनुमान छ । बच्चा बच्ने आशमा मर्न लागिरहेकी गर्भवती महिलाको पेट चिरेर बच्चा निकाल्ने वा गर्भवती महिलाको मृत्युपछि छुट्टाछुट्टै तरिकाले गाड्न यो कानुन बनाइएको थियोे । पहिलो पटक रिपोर्ट गरिएको सिजेरियनचाहिँ सन् १६६८ मा पान्सिस माउरिसिउले गरेको सिजेरियन थियो । सन् १८८२ मै केहररले प्रतिपादित पाठेघरको तल्लो भागमा तेर्र्सो घाउ बनाई गरिने सिजेरियन शल्यक्रियालाई सन् १९११ मा आएर मुनरो करले ख्याति गराए । अन्य प्रकारको सिजेरियन शल्यक्रियाभन्दा बढी सुरक्षित यस खालको सिजेरियन त्यति बेलादेखि हालसम्म प्रायः प्रसूति रोग विशेषज्ञहरुले स्वीकारेका छन् ।
विकसित मात्र नभई विकासोन्मुख देशहरुमा पनि सिजेरियनको दर बढी नै छ । बंगलादेशमा २१ प्रतिशत, भारतमा ९ देखि २४ प्रतिशत (चेर्न्नईमा करिब ३६ प्रतिशत) तथा सिंगापुरमा १७ प्रतिशत छ । यसैगरी जायरेमा ५ प्रतिशत तथा सेनेगलमा ११ प्रतिशत मात्र सिजेरियनको दर रहेबाट अप्रिmकी मुलुकहरुमा तुलनात्मक रुपमा निकै कम देखिन्छ । वास्तवमा आधारभूत प्रसूति हेरचाहको अभाव, संप्रेषण सेवाको नाजुकपना, स्वास्थ्य संस्था टाढा हुनाले सिजेरियनको दर कम भएको हो । यसको ठीक विपरीत मातृ मृत्यु तथा नवजात शिशुको मृत्यु दर कम भएर पनि स्वीडेन, डेनमार्क, नेदरल्यान्डलगायतका युरोपेली मुलुकहरुमा सिजेरियन हुने दर करिब १० प्रतिशत मात्र छ । किन बढ्दै छ सिजेरियन ? अहिले विभिन्न कारणले गर्दा सिजेरियनको संख्या बढ्दै गएको छ । पुनः दोहोर्याएर गर्नुपर्ने सिजेरियन, सुत्केरी बेथाका बेला बच्चाको मुटुको धड्कन अनुगमन गर्न सकिने सुविधा, बच्चाको बसाइ उल्टो भएको हर्ेन सकिने सुविधा, बेथा सुरु गर्नको लागि औषधिको प्रयोग, आधुनिक प्रसूति रोग विज्ञानमा औजारको प्रयोगभन्दा सिजेरियन बढी सुरक्षित हुन्छ भन्ने धारणा आदि कारणले अहिले सिजेरियनको संख्या बढिरहेको छ । यस्तै अल्ट्रासाउन्डबाट गर्भेशिशुको तौल अनुमान गर्न सक्ने सुविधा, बेथापर्ूव रक्तश्राव हुने तथा गर्भावस्थामा उच्च रक्तचाप तथा कम्पन छुट्ने समस्या हुँदा पनि सिजेरियन गरिन्छ । चिकित्सक वा स्वास्थ्यसंस्थाको बढ्ता आम्दानीको लोभले गर्दा पनि सिजेरियनको सिफारिस गरिन्छ । गर्भवती महिला तथा चिकित्सकमा धर्ैयताको कमी, महिला अधिकार -प्रस्रव पीडाबाट बच्न, सुत्केरी बेथाका कारण योनिद्वारमा पुग्ने नकारात्मक असर कम गर्न) का कारणले पनि हालैको दशकमा सिजेरियन शल्यक्रियामा अत्यधिक वृद्धि भएको छ । सामान्य प्रसूतिमा केवल १२ घण्टा प्रस्रव बेथा सहे पुग्नेमा शल्यक्रियापश्चात् लामो समयसम्म थप पीडा खप्न बाध्य हुनुपर्छ । सामान्य प्रस्रव बेथामा भन्दा सिजेरियनको कारण गर्भवती महिलाको मर्ने दर ३ देखि १० गुणा बढी छ । त्यसमाथि गर्भवती महिलाको अनुरोधमा गरिने सिजेरियन खर्चिलो र हानिकारक पनि हुन्छ । निजी अस्पतालमा सिजेरियन बढी काठमाडौं मोडेल अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. गणेश दंगालका अनुसार मोटामोटी सिजेरियन गर्नुपर्नेको संख्या करिब ३५ देखि ४० प्रतिशत छ, जुन सरकारी अस्पतालको दाँजोमा अलि बढी हो । सिजेरियन गर्नुपर्नाको मुख्य कारणहरुमा पुठ्ठाको हड्डी (बच्चा आउने बाटो) साँगुरो हुनु, गर्भेशिशुको मुटुको चाल तल-माथि हुनु, पहिले पनि सिजेरियन गरिसकेको कारण, बच्चाको बसाइ उल्टो हुनु तथा बच्चा जन्मिनुअघि नै साल पाठेघरबाट छुट्टनिु आदि हुन् । त्रि.वि. शिक्षण अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका सह-प्राध्यापक डा. अर्चना अमात्य भन्नुहुन्छ- ँसरकारी अस्पतालहरुमा पनि प्रायः उल्लिखित कारणहरुले गर्दा नै सिजेरियन गरिन्छ । तर विकसित देश, सहरतिरका नर्सिङहोम तथा निजी अस्पतालहरुमा चाहिँ गर्भवती महिला तथा उनका परिवारजनको अनुरोधमा पनि सिजेरियन गर्ने चलन बढ्दै गएको छ उहाँका अनुसार सुत्केरी बेथाको निरन्तर अनुगमन गर्ने व्यवस्था, बेहोस गर्ने व्यवस्था, रगत आपूर्ति र परिआएको खण्डमा तुरुन्तै अप्रेसन गर्ने व्यवस्था भएको खण्डमा साधारण प्रक्रियाबाट बच्चा पाउने कोशिश गर्न सकिन्छ । कतिपय छनोट प्रक्रियाहरु पूरा भएको खण्डमा पहिले अप्रेसन गरेर बच्चा पाएको भए पनि पछि योनिद्वारबाट बच्चा पाउनका लागि कोशिश गर्न सकिन्छ । यसबाट सिजेरियनको संख्या घट्न सक्छ । प्रसूति गृहकी डा. लता वज्राचार्यका अनुसार विभिन्न कारणहरुले गर्दा सिजेरियन गर्नुपर्ने बाध्यता पर्छ र सिजेरियन गराउनुपर्ने हुन्छ । साथै प्रसूति गृहमा प्रसूतिसम्बन्धी समस्या भई मुलुकभरबाट नै बिरामी सिफारिस भएर आउँछन् । त्यसो भए तापनि प्रसूति गृहमा सिजेरियन संख्या २० प्रतिशत जति मात्र छ । यो संख्या धेरै होइन । सिजेरियन र गर्भजाँच नियमित गर्भजाँचको बेलामै सिजेरियन गर्नुपर्ने कारणहरु विचार गरी कतिपय महिलालाई भर्ना गरेरै नियोजित तवरमा सिजेरियन गर्नुपर्छ । यसरी गरिने सिजेरियन कम जोखिमपूर्ण् हुन्छ । साथै शल्यक्रिया गर्नुपरूव नै बच्चाको स्वास्थ्य जाँच गरिन्छ र बच्चाको फोक्सो राम्ररी विकसित भई बाह्य वातावरणमा बाँच्न सक्छ भन्ने निश्चित गरिन्छ । तर कतिपय अकल्पनीय अवस्थाहरु सुत्केरी बेथा लागेपछि मात्र सिर्जना हुने हुनाले आकस्मिक रुपमा सिजेरियन गर्नुपर्ने हुन्छ । यस्तो बेला गर्भवती महिलाको स्वास्थ्यस्थितिलाई बढी प्राथमिकता दिइन्छ । यसैले नियमित गर्भवती जाँच गराउनुपर्छ । र्सवसाधारण, गर्भवती महिला तथा सम्बन्धित चिकित्सकलाई उचित जानकारी दिन सकेको खण्डमा सिजेरियनको संख्या घटाउन सकिने यससम्बन्धी प्रतिवेदनमा उल्लेख छ । यसैगरी आधिकारिक निर्देशिकाको अक्षरशः पालना, सम्बन्धित विशेषज्ञहरुबीच नियमित छलफल गर्ने र एक पटक सिजेरियन गरिसकेपछि पनि दोस्रो वा तेस्रो पटक सामान्य प्रसूतिबाट बच्चा पाउने कार्यलाई आर्थिक रुपमा प्रोत्साहन गरेको खण्डमा सिजेरियनको उच्च दर घटाउन सकिने सो अध्ययन प्रतिवेदनमा उल्लेख छ । सिजेरियनपछि साधारण प्रसूति पहिला एक पटक सिजेरियन गरी बच्चा निकालेपछि पछिका गर्भमा पनि अप्रेसन गरेर नै बच्चा निकाल्नुपर्ने बाध्यता थियो । तर बेहोस गर्ने प्रविधिको विकास, रगतको आपर्ूर्ति, शल्यक्रियाको चुस्तता एवम् एन्टिबायोटिक औषधिको उपलब्धताले कतिपय गर्भवती महिलालाई पहिले अप्रेसन गरी बच्चा जन्माएको भए पनि अप्रेसन दोहोर्याउन नपर्ने स्थिति पनि हुन्छ । यसरी अप्रेसनपश्चात् योनिद्वारबाट बच्चा पाउने सम्भावना ६० देखि ८० प्रतिशतसम्म हुन्छ । सिजेरियनपश्चात् योनिद्वारबाट बच्चा पाउनका लागि कतिपय छनोट प्रक्रियाहरुचाहिँ पूरा भएको हुनर्ुपर्छ । पहिले अप्रेसन गरी बच्चा पाएका गर्भवती महिलालाई औषधिको प्रयोगपछि भन्दा आपै+m बेथा लागेको खण्डमा सामान्य प्रसूति गराउन सकिने सम्भावना बढी हुन्छ । सिजेरियन गरी बच्चा जन्माउनुपर्ने अवस्था
साल पाठेघरको तल रही बच्चा आउने बाटो पूर्ण् रुपमा ढाकेमा । पुठ्ठाको हड्डी (बच्चा आउने बाटो) साँगुरो भएमा र्-गर्भवती महिलाको उचाइ १४० सेन्टिमिटरभन्दा कम भएमा बढ्ता सम्भावना हुन्छ ।) पिहिलो सिजेरियन गर्दा पाठेघरको माथिल्लोपट्ट घाउ बनाएको भएमा । पिहिला दुइ पटक सिजेरियन गरिसकेको भएमा । सुत्केरी बेथा लाग्दै गर्दा बच्चालाई सकस भएका चिह्नहरु - पाठेघरको मुख राम्ररी नखुल्दै पेटभित्रको बच्चाको मुटुको धड्कन निकै बढी वा कम भएमा, निस्सासिएमा वा पानीको थैलो फुट्दा खैरो, हरियो पानी देखा परेमा । बिच्चा जन्मिनुअघि नै साल पाठेघरबाट छुट्टएमा । बिच्चा उल्टो वा तेर्र्सो बसेमा । सिुत्केरी बेथा लामो भएमा वा बेथाको क्रममा आशातीत रुपमा पाठेघरको मुख नखुलेमा । गिर्भवती महिलालाई अनियन्त्रित उच्च रक्तचाप भएमा, कम्पन छुटेमा । गिर्भवती महिलालाई मधुमेह (अनियन्त्रित), मुटुको समस्या भएमा, पाठेघरको तल्लो भागमा मासु बढ्ने रोग भएमा । पाठेघरको मुखमा क्यान्सर भएमा एवम् योनिद्वारवरिपरि नसा फुलेमा । पानीको थैलो फुटेको २४ घण्टासम्म पनि बेथा नलागेमा । |
|
|
|
|
|
© Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |